लोक-सांगीतिक ब्याण्ड नाइटका फ्रन्टम्यान जेसन कुँवरको
उपन्यास रमिते फागुन १ गते विमोचन हुने भएको छ। कल्पनामा
आधारित रमिते सभ्यता, समाज र मानविय प्रवृत्तिको विषयमा
लेखिएको उपन्यास हो। रेड पाण्डा बुक्सले आफ्नो पहिलो
प्रकाशनका रूपमा बजारमा ल्याउने उपन्यास रमिते बृहत
मल्टिमिडिया प्रोजेक्टको एक अंश रहेको छ।
विभिन्न संगितकार, कलाकार, फोटोग्राफर, सचित्रकार र चलचित्र
निर्माताहरूसँग सहकार्य गर्ने भनिएको उक्त प्रोजेक्टले जेसन
कुँवरको आख्यान रमितेको कथा, उपन्यास, संगित, लाइभ
प्रस्तुति तथा कला र दृश्य जस्ता माध्यमहरूमार्फत प्रस्तुत गर्नेछ।
सो प्रोजेक्टको पहिलो खण्डको रूपमा फागुन १ गते कुँवरको
उपन्यास रमिते पाटन संग्रहालयमा विमोचन गरिने भएको छ। सो
विमोचन समारोहमा नाइट बयाण्डको सांगीतिक प्रस्तुति पनि
रहनेछ।