प्रेमको लालपुर्जा बजारमा
दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास प्रेमको लालपुर्जा सार्वजनिक गरिएको छ । हिजो आयोजित एक कार्यक्रमकाबिच नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपती गंगा प्रसाद उप्रेतीको उपस्थितिमा उक्त कृतिको बिमोचन गरिएको हो ।
ग्रामिण परिवेशको प्रेम तथा सामाजिक परिवेशलाई चित्रण गरेर तयार पारिएको लालपुर्जा एउटा सामाजिक उपन्यास भएको बतांईएको छ । उपन्यासबारे बोल्दै कूलपती उप्रेतीले दिलु सिप्तुङ्खा राई ग्रामिण क्षेत्र(इलाम)मा बसोबास गरेर पनि स्तरिय कृति पाठकमाझ ल्याउन सकेकोमा बधाई ज्ञापन गर्दै लालपुर्जा एक प्रगतीशिल उपन्यास भएको बताउनु भयो ।
कृति बारे साहित्यकारहरु डा. देवी क्षेत्री दुलाल, राधेश्याम लेकाली तथा राष्ट्रिय सभा सदस्य अगम प्रसाद बान्तवाले आ–आफ्ना धारणा राख्नुभएको थियो ।