साहित्यकार कृष्ण बजगाईंको पछिल्लो लघुकथा कृति‘संवैधानिक पत्नी’ सार्वजनिक भएको छ । फागुन ९ गते आइतबार सम्पन्न कार्यक्रममा उपस्थित स्रष्टाहरूले एकसाथ उक्त लघुकथासंग्रह सार्वजनिक गरेका थिए ।
कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमले धेरै लेखकहरू मुलुकबाहिर गएपछि लेखनमा निष्कृय हुने गरेको चर्चा गर्दै थोरै लेखकमा मात्रै साहित्यमा सक्रियता रहेको उल्लेख गर्दै बजगाईं अत्यन्त सक्रिय लेखक रहेको बताए।उनले बजगाईंको लघुकथासंग्रह ‘संवैधानिक पत्नी’को समीक्षा गर्दै लघुकथामा राजनीति, परिवार र सिंगो समाज समेटिएको बताए।लघुकथाको शिल्प विधानलाई अँगालेर लेख्ने उत्कृष्ट लघुकथाकार भएको बताए ।
कार्यक्रममा साहित्यकारहरू प्रमोद प्रधान, डा.लेख निरौला, डा.विदुर चालिसे, श्रीओम श्रेष्ठ, तुलसीहरि कोइराला लगायतले पुस्तकबारे आ-आफ्नो धारणा राखेका थिए ।