नेपाल आदिवासी जनजाति साहित्यकार महासंघको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया’ गठन गरिएको छ ।
फागुन ९ गते आइतबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारहरुको जुम भिडियो भेलाबाट पराजित पोमु संयोजक रहेको १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
साहित्यकार राजन मुकारुङले नेतृत्व गरेको नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ अनर्तगतको दक्षिण कोरीया समितिको सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर छन् भने सचिवमा शकुन आँशु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन छन् ।
सदस्यहरुमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुस्मा रानाहँछा, सुनिल दिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् ।
महासंघका केन्द्रीय संयोजक मुकारुङलगायत अतिथिहरु सहभागी जुम भेलाबाट उक्त समिति गठन गरिएको हो ।
आदिवासी जनजातिहरुको मौलिक सभ्यता निर्माण गर्न, आदिवासी सौन्दर्यमाथि दाबी गर्न साथै मौलिक दर्शन शास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले दक्षिण कोरियामा पनि महासंघको समिति गठन गरिएको संयोजक पराजित पोमु र सचिव शकुन आँशुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।