इलाम वकिास समाज काठमाडौंले आयोजना गरेको इलामको साहित्यिक इतिहास पुस्तक माथिको अन्तरक्रिया कार्यक्रममा सोही पुस्तकका लेखक साहित्यकार डा. देवी क्षेत्री दुलाललाई सम्मान गरिएको छ ।
इलामको साहित्यिक इतिहासको खोजी गरी त्यसलाई पुस्तकको रुपमा प्रकाशन गर्ने महत्वपूर्ण काम भएको र त्यसले इलामको मात्र नभएर समग्र नेपाली साहित्यमा महत्वपूर्ण योग्दान पुर्याएको ठहर गर्दै समाजले सम्मान गरेको बताईएको छ ।
सम्मान कार्यक्रममा साहित्यकार डम्बर पहाडी, इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली, पत्रकार महासंघका पूर्व अध्ययक्ष विष्णु निष्ठुरी राष्ट्रिय सभाका सांसद अगम प्रसाद बान्तबा लगायतले पुस्तक बारे आफ्ना धारणा राख्दै नेपाली साहित्यमा डा. दुलाले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
साहित्यकार दुलाल शब्दसोपान डट कमका सल्लाहकार का साथै चार खोल साप्ताहिक, इलाम (२०५४), अपरेसन साप्ताहिक, पाँचथर (२०५६) , आँखा साप्ताहिक, इलाम (२०५९ देखि २०६४ सम्म), आँखा द्वैमासिकको सम्पादकको रुपमा काम गरिसकेका छन् । नेपाल विद्याभूषण, नेपाल सरकार (क) २०६७ क्षेत्रीय प्रतिभा पुरस्कार, नेपाल सरकार (२०७२), बुद्धि घिमिरे वाङ्मय पुरस्कार (२०७३), यमुनादेवी वैजनाथ भट्टराई पत्रकारिता पुरस्कार (२०७४) लगायतका पुरस्कारबाट संम्मानित दुलालका साहस, नाटक (२०५१) , सेतो परेवा, एकाङ्की संग्रह (२०५५) , रङ्गधोजी, उपन्यास (२०६०), विकासको जरा इलाम (२०६६), नेपाली छापामा राजनीतिक प्रभाव (२०६७) लगायत दजनौ कृतिहरु प्रकाशन भइसकेका छन् ।