फाल्गुन उनान्तीस गते हातेमालो कलेक्टिभले अनलाईन
सांगितीक र कला महोत्सव गर्ने भएको छ। महोत्सवको मुख्य उदेश्य “संसारभरी रहेका दलित र आदिवासी नेपाली कलाकारहरूसँग जोडिनु, दलित बहुजन मुद्दा बारे जागरूकता फैलाउनु र चन्दा संकलन गरी त्यस्ता परिवारहरूलाई मदत गर्नु जसले जातको कारणले विभिन्न अन्याय र आफ्ना नजिकको सदस्यहरू गुमाउनु परेको छ ।” सुवास थेबे लिम्बुले बताएका छन् । अनलाइन आयोजना हुन गइरहेको यो महोत्सवको मुख्य आकर्षणमा संगीत, अभिनय, र कविता वाचन रहेका छन् । जसमा इन्दु थारु, अमाझुमी, वायोमी, जेरुसा, चान्देस्वर दास, अभया एण्ड द स्टीम इन्जिन्स, फिरोज स्याङ्देन, हीरा नेपाली, आर्यन रजक, एलीना गुरुङ, गंगा थापा, क्लेटोस, निद्रा माया, गुरु सरन सदा, अस्विनी राज दर्नाल, राज किशोर रजक, श्रेया राई, सुम्निमा सुब्बा, अनुदीप देवान, उज्ज्वला महर्जन, रविन कुमार चेपाङ, झुमा लिम्बु लगायतका कलाकारहरूको प्रस्तुती रहनेछ । यसका साथै विभिन्न प्राज्ञिक व्यक्तित्व र अनुसन्धानकर्ताहरूले दलित र आदिवासीका मुद्दाहरूमा छलफल र बहस गर्ने कार्यक्रम रहेको छ । ‘हातेमालो महोत्सव’ फाल्गुण २९, साँझको सात बजे देखि युटुबमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।