‘कर्णालीका रङहरू’ कार्यक्रम कर्णाली आर्ट सेन्टर’को आयोजनामा काठमाडैंमा सम्पन्न भएको छ । काठमाडैंको पाटनढोकामा रहेको यालामाया ढोकैमा क्याफेमा सम्पन्न भएको उक्त कार्यक्रममा गायिका झुमा लिम्बू, गायक लोचन रिजाल र कवि तथा लेखक बुद्धि सागरले आफ्नो प्रस्तुति दिएका थिए ।
गायिका झुमा लिम्बूले पूर्व-पश्चिमकै संस्कृति झल्काउने गीत सुनाइन् । उनले देउडाबाट सुरु गरेर पूर्वमा सुनिने लिम्बू भाषाको गीतसम्म गुनगुनाइन् ।
यस्तै, गायक लोचन रिजालले आफ्ना दुई गीत सुनाए । उनले पहिला प्रदर्शनका लागि बाँकी रहेको फिल्मका लागि भनेर तयार गरेको गीत सुनाए ।
‘समाजबाट केही कसिङ्गर हट्दैमा समाज सफा हुने भए मानवले ओडारमा गृहस्थी बसाउँथे होला…’ । गीतबाट लोचनले समाजको वास्तविकता सुनाए ।
त्यस्तै, कवि बुद्धि सागरले आफू काठमाडौं छिरेर संघर्ष गर्नुपूर्व लेखेको एक कविता सुनाए ।
बुद्धि सागरले कर्णालीको दुर्गम ठाउँमा पहिलो पटक ट्याक्टर पुग्दा एउटा कविता लेखेका थिए । जुन कवितालाई पनि बुद्धिले त्यहाँ वाचन गरे ।
कर्णालीमा रङहरू कार्यक्रम ‘कर्णाली आर्ट्स सेन्टर’ले सञ्चालन गरेको ‘स्कुल टु स्कुल’का लागि सहयोग संकलन गर्न आयोजना गरिएको थियो ।