नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानकाे आयाेजनामा कवि
डम्बर पहाडी ‘एलाक’द्वारा सिर्जित काव्यमा नयाँ प्रयाेग एलाक(एकलाइने कविता)
तथा एलाक घाेषणापत्र विमाेचन भएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीकाे प्रमुख
आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरूङ, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत उपाध्याय’प्रेक्षित’, प्रा.डा.जीवेन्द्र
देव गिरी, काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पाैडेलले एलाक सङ्ग्रह
र एलाक घाेषणापत्र माथि विशेष चर्चा गर्नु भएकाे थियाे । दलित साहित्य
प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीकाे अध्यक्षतामा भएकाे कार्यक्रमा प्राज्ञ लक्ष्मी माली,प्राज्ञ गाेपेन्द्र,प्राज्ञ सभा सदस्य नन्दु उप्रेती,
गायक साहित्यकार गणेश रसिक, गायक सूर्य थुलुङ, जीवन श्रेष्ठ र
पत्रकार राजकुमार रेग्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।