आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको प्रथम राष्ट्रिय भेला चैत्र ७ गते काठमाडौंमा हुने भएको छ । आदिवासी जनजाति साहित्यकार महासंघ नेपाल केन्द्रीय तदर्थ समितिले आयोजना गर्ने उक्त भेला चैत ७ र ८ गते ललितपुरस्थित यलाखिमको महालक्ष्मीस्थानमा २ दिने भेला हुने भएको छ । “साहित्यमा आदिवासी सौन्दर्य लेखौँ-अग्रगमनको यात्रामा अघि बढौँ भन्ने मुल नाराका आदिवासी जनजाति साहित्यकारहरूको यो पहिलो ऐतिहासिक राष्ट्रिय भेला हुने भएको हो । भेलामा आदिवासी भित्रको सौन्दर्यशास्त्र, जीवनशैली र महत्त्वको आवश्यकता बारेमा चर्चा हुने भएको छ । आदिवासी जनजातिमा महिलाहरूको सवालमा र नेपालमा मातृभाषाहरूको सवालको बारेमा चर्चा परिचर्चा हुने बताइएको छ । कार्यक्रमहरू १. उदघाटन :अदिवासी जनजाति महिलाको सवाल – कैलाश राई २. बन्द सत्र – क) कार्यपत्र प्रस्तुत ख) आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्कता डा. तारालाल श्रेष्ठ ग) नेपालमा मातृभाषाको सवाल अमृत योञ्जन घ) विधान प्रस्तुत ङ) प्राज्ञिक परिषद् गठन ३. घोषणा पत्र जारी र समापन रहने बताईएको छ ।