विन्द्या सुब्बा २०७७ सालको गुरू प्रसाद मैनाली कथा पुरस्कार साहित्यिक पत्रकार संघले दार्जिलिङका कथाकार विन्द्या सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय संघका महासचिव पुष्पा खनालद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको हो।
दर्जनौं कृतिहरू प्रकाशित गरिसकेका सुब्बाका कथाक्रम १९८४), हस्पिस (२००३), शीतलहर (२०१३) केही चर्चित कृतिहरू हुन् । यस अघि सुब्बा अगमसिंह गिरी, सहित्य अकादमीलगायत अनेकौं पुरस्कार र सम्मानहरबाट विभूषित भइसक्नु भएको छ।
नगद रू. एक लाख एक हजार राशीसहितको मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथाको प्रवर्तक
मैनालीको नाममा उहाँका सुपुत्रहरू डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सक्रियतामा कथाकारहरूको योगदानको कदर गर्न र प्रोत्साहित गर्ने उद्देश्यले वि. स. २०३८ सालमा स्थापना भएको हो ।
यस अघि मैनाली कथा पुरस्कारबाट कथाकारहरू विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र सङग्रौला, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, भाउपन्थी, पद्मावती सिहं, भागिरथी श्रेष्ठ, राजव, किशोर पहाडी, सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी, इन्दिरा प्रसाई, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, नारायण ढकाल, माधव भँडारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, इस्माली , अविनाश श्रेष्ठ, नयनराज पाण्डे, राजेन्द्र विमललगायत पुरस्कृत भइसक्नु भएको छ । विन्द्या सुब्बा