इतर आवाज साहित्य समाज दक्षिण कोरियाद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । काठमाडौँ कोटेश्वरस्थित होटल रत्नज्योतीको सभाहलमा एक कार्यक्रम आयोजना गरी दक्षिण कोरिया समाजले आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको मिति २०७७/१२/७,८ गते सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान तथा बधाई दिएको छ ।
इतर आवाज साहित्य समाज राज्यबाट सिमान्तकृत, आदिवासी जनजाति तथा पिछडिएको वर्ग समुदायहरूको सौन्दर्य, संस्कृति र दबाइएका आवाजहरूलाई मौलिक आवाजमार्फत बुलन्द गर्दै लैजाने हेतुले स्थापना भएको हो । यसले आदिवासी सौन्दर्य, संस्कृति सजिव पात्र निर्माण प्रति जिकिर राख्छ । वि.स. २०१६मा स्थापना भएको इतर आवाज साहित्य समाजको मुल नारा ‘आदिवासी सौन्दर्य र पहिचानको आवाज, इतर आवाज’ रहेको छ । सम्पूर्ण आदिवासीहरूको सौन्दर्य र संस्कृति पाटोलाई सँगसँगै सराहना गर्दै लैजाने यसको मुख्य ध्येय रहेको इतर अभियन्ता दिपा मेवाहाङ राईले बताइन् ।
कार्यक्रममा श्याम शाह, बिमला तुम्खेवा, स्वप्निल स्मृति, चन्द्रबिर तुम्बापो, प्रकाश आङदेम्बे लगायत अतिथिहरूको उपस्थिति थियो । इतर आवाजका अभियन्ता खोम गुरुङले कार्यक्रमको अध्यक्षता गरेका थिए भने मात्री हाङ नेम्वाङले कार्यक्रम सञ्चालन गरेका थिए ।