लेखक / साहित्यकार खगेन्द्र संग्रौलालाई काठमाडौँ अनामनगरस्थित मण्डला नाटकघरमा एक कार्यक्रम आयोजना गरी पहिचान सम्मान–२०२० पुरस्कार प्रदान गरिएको छ । पहिचान पुरस्कार कोशले मंगलबार एक विज्ञप्ति जारी गर्दै ४ लाख २ हजार २ रुपैयाँ राशीको सम्मान संग्रौलालाई दिने घोषणा गरेको थियो ।
कोष स्थापनापछि पहिचान पुरस्कार पाउने साहित्यकार संग्रौला पहिलो व्यक्ति हुन् । सन् २०१५ मा स्थापित कोशले पहिचान स्थापनामा योगदान पुर्याएका व्यक्तिलाई हरेक पाँच वर्षमा एकपटक ‘पहिचान सम्मान’ प्रदान गर्ने जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले अडियो रेकर्डद्वारा बधाई दिएका थिए । वक्ताहरू राजन मुकारुङ, रामकुमारी झाँक्री थिए भने पहिचान कोषका संस्थापक अध्यक्ष नरेश काङमाङ राईले अध्यक्षता गर्नुभएको थियो ।
यसअघि २०१६ मा फेरिँदो सौन्दर्य निबन्ध संग्रहका लागि राजन मुकारुङलाई २०१७मा, गोयाङको सुगन्ध कविता संग्रहका लागि मृत्युपर्यन्त अर्जुन खालिङलाई २०१८ मा, ‘भुइँया’ ननफिक्सनका लागि यज्ञशलाई २०१९ मा, ‘नथिया’ उपन्यासका लागि सरस्वती प्रतीक्षा र ‘आफर’ संयुक्त कविता संग्रहका लागि उन्मुक्त पुस्तालाई २ लाख २ हजार २ रुपैयाँको पुरस्कार प्रदान गरिसकिएको छ ।