तामाङ लोककथा
धेरै पहिले तामाङ पुर्खा दोङ छेन्पो थिए । उनका पाँच वटी स्वास्नीहरू थिए । यिनै स्वास्नीहरूबाट उनका अठार जना छोराहरू भए । यिनै छोराहरू विभिन्न दिशामा छरिएर बसे । केही कालपछि उनले आफ्ना मान्छेहरू छोराहरूलाई भेट्न पठाए । भेटेपछि “बुबाले तपाईँलाई के थर दिनुभएको थियो” भनी सोधे । यसरी भेट्दा कसैले पनि आफ्नो थर, नाम बताउन सकेनन् । त्यसपछि उनीहरू बुबा दोङ छेन्पो समक्ष उपस्थित भएर आ-आफ्नो थर सोधे ।
उनले केहि बताएनन् । तर भर्खरै जङ्गलबाट मारेर ल्याई काटिएको याकको अङ्गप्रत्यङ्गमध्ये कुनै एक समाउन लगाए र भने – “आजदेखि तिमीहरूले मृतक याकको जुन अङ्गप्रत्यङ्ग समाउने छौ, त्यही थर दिनेछु ।”
यसरी सिङ समाउनेहरू रफा, घोक्रो समाउनेहरू ङेसुर, नाक समाउनेहरू नारफा, जिब्रो समाउनेहरू चेफा, फोक्सो समाउनेहरू ब्लोफ, कलेजो समाउनेहरू फिन्बा, रगत समाउनेहरू मार्पा , छाला समाउनेहरू ग्यापा, पूच्छर यमाउनेहरू ङारदाङ, भुँडी समाउनेहरू थिङ र खुसा समाउनेहरू गेसिङ थरका भए ।
यसै घटनाका आधारमा रसुवामा उत्पति भएका माथिका तामाङ जातिका थरहरूलाई अठार जात पनि भन्ने गरिन्छ । तामाङ लोककथा
(सङ्कलक: रविन्द्र तामाङ र सोनी तामाङ )
I think this is wrong information…
For instance, my gishing dude once explained that his origin of tar, gishing…like origin from some ward from tree and all…
Please do more research la