फिन्निश आधुनिक कवि हेन्री पार्ल्याण्ड(सन्१९०८-१९३०) कवि, उपन्यासकार र निबन्धकार थिए । पार्ल्याण्डको Idealrealisation(सन्१९२९) नामक कविता सङ्ग्रह र Sönder नामक उपन्यास प्रकाशित छन् । उनले फिल्मका बारेमा पनि थुप्रै निबन्धहरू लेखेका छन् ।
म महान् देवता हूँ
र म २० सेन्टको एक ग्यालनको दरभा बेच्छु
र मानिस एक अर्कालाई मार्छन्
मेरै निम्ति।
भुक!
जब आगाले मलाई चुम्छ
र फलाम जीवन पाई थर्थराउँछ ! –
अनि
म बुझ्छु
पृथ्वीभित्र त्यतिकासम्म
म किन सपनामा हराएँ।