मूलत: ब्लायक माउन्टेन पोएट्सको सदस्य भनेर चिनिन्ने रबर्ट क्रीली(सन् १९२६-२००५) अमेरिकन कवि थिए । क्रीली संक्षिप्ततामा कविता लेख्थे । क्रीलीले आफ्नो जीवनकालमा साठीभन्दा बढी किताबका लेखका छन् ।
आफ्नो बानीअनुसार घोडा चढ्दै गएको
एउटा फाँटमा गाईको एक बथान रहेछ
घोडाले
लघार्यो
तिनलाई । म पनि साथसाथै
मन नलागी नलागी ।
एउटा चीनियाँ उखानमा भनेजस्तै :
एउटा फाँटमा तिमी पल्ट्यौ भने
र निदायौ भने
तिमी भेट्टाइनेछौ एउटा फाँटमा
निदाइरहेको।
(अनुवादक: चैतन्यकृष्ण उपाध्याय । साभार: केही आधुनिक कविता(यूरोप- अमेरिका), नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०३० )