“किनकि चित्तलाई एकाग्र गर्नका लागि एक प्रतीक चाहिन्छ। त्यसैकारण म मूर्ति-पूजाको तरफदारी गर्छु।” एउटा धर्मले अरू दुई धर्म भन्दा आफ्नो विशिष्टता सिद्ध गर्ने उद्देश्यले भन्यो।
“म मूर्ति-पूजाको विपक्षमा उभीन्छु, तर म पितृ-पूजाको तरफदारी गर्छु, त्यसैले म सर्वोत्कृष्ट हुँ।” अर्को धर्मले भन्यो।
“म त मूर्तिपूजाको कट्टर विरोधी हुँ, तर म एकै ठाउँमा बसेर, कुनै एक चित्र विशेषको पूजा, उसको प्रार्थना अनि आराधनाको तरफदारी गर्छु, त्यसैले म तिमीहरू दुवै भन्दा उत्कृष्ट छु।” तेश्रो धर्मले भन्यो।
उत्कृष्टता सिद्ध गर्ने होडमा उनीहरू तीनै जना एक धर्म निरपेक्ष व्यक्ति सम्मुख निर्णयका लागि पुगे, अनि उसको सामुन्ने आ-आफ्नो दलीलहरू पेस गरे।
त्यो व्यक्ति यो सोचेर मुस्कुरायो कि प्रतिकको पूजा त तीनै धर्ममा प्रचलित छ, अनि बडो समझदारीपूर्वक उत्तर दियो – कुनै पनि ठाउँमा जुन धर्मको पालना गर्ने व्यक्तिहरू ज्यादा छन, त्यहाँ त्यही धर्म श्रेष्ठ हुन्छ। अर्थात हजुरहरूको श्रेष्ठता हजुरको सिद्धान्तमा हैन, बरू बहुमतमा छ।
लेखक परिचय
भारतीय कथाकार आलोक कुमार सातपुतेले हिन्दी, उर्दु र मराठी भाषामा थुप्रै लघु कथा लेखेका छन् । उनका हिन्दीमा ५, उर्दुमा १ र मराठीमा १ गरी सात पुस्तक प्रकाशित भएका छन् । भारत र पाकिस्तानका विभिन्न प्रगतिशील पत्रिका र म्यागजिनमा आलोकका लघु कथा प्रकाशित भएका छन् । भारतका प्रतिष्ठित प्रगतिशील साहित्य पत्रिका हंस, कथादेश, नयाँ ज्ञानोदय, वर्तमान साहित्य तथा पाकिस्तानको डन–उर्दु, लालटेन, मुकाल्मा, हमसब, संगतलगायत पत्रिकामा आलोकका कथा प्रकाशित भएका छन् । त्यस्तै, आलोकका कथा नेपाली र बंगालीमा पनि अनुवाद भएका छन् ।