माधव बहादुर एक ठूला खानदानी अफिसरका छोरा हुन् तर बाबु परलोक हुँदा केवल ११ वर्षका थिय । आमाको एउटा छोरा हुँदा र ४०/५० हजार सम्पत्ती हुँदा उस्तो पढनलाई जरुरत पनि आमाले संझिनन् तर देखादेखि वि–ए–बे, वि–आइ–वाइ भनी यक माष्टर आराममानै १८/१८ वर्षका भये खूबै पठ्ठभै माझमा राजमालो । पोसाक पैर्ही चिनिञा च्यांटामा सवारले नेपाल शहरको सफर गर्दथे, यस्ता सफरमा २/४ जना अन्तर फुलै नमाव मुसलमान र २/४ जना जेण्टलमेनको पनि सङ्गत भयाको थियो । यस सङ्गतमा माधव बहादुर साहेव धेरै खर्चभै सकीयाको थियो, नगद धन पनि चुरुट अत्तर लेव डन युक्रीजम आदिमा खर्चमै सकियाको थियो । भूलोकका अप्सरालाई पनि बहुतै भेटी चढाई जीवन सार्थक गरे भनेका थिए ।
एक दिन एकाएक बाबुसाहेवलाई आराम भएन, खानपिन पनि छाडे, निद्रा पनि परेन । ३/४ दिन् भित्रैमा मुख पनि सुक्यो । शरद चन्द्रको मुहार पनि कृष्ण पक्षका चर्तुदशी का चन्द्र समान भयो । आँखा पनि देख्न छाडे जुनसुकै बस्तुकी उपर नजर लागेता पनि रेखा गणितका पैला अध्यायको ३० औं क्षेत्रको अकल देख्दथे । डाक्टर बाबु अगे बैद्ये आये अनेक औषधी दिय, वेमारी पनि चिन्न
सकेनन् । कसैले क्यै भने कसैले क्यै आसिर्मा वेथा पनि कुट्याउन सेकनन् नीको गराउन पनि सकेनन्, १००/१५० फीसमात्र व्यर्थ गयो ।
बाबुसाहेवको बेमारीको इलाज गर्नलाई गरु अप्सरा आइन् आउनसाथ झट्ट बेमारीको कारण जानिन् ति गुरु अप्सराले निदान पनि बहुतै पढेकी हुन् । तर माधवको निदान तेहिं भयो । इलाजका निमिति मोरु १५०० पेश्कीलि तुरन्त बिदामै गयिन् ।
(२)
बेमारी अरु केहि होइन, इशक्कोही । शहरमा कोई मनुष सुन्दरीका दृष्टि दोषबाट उपजे को हो । तेसबाट बडा तक लिफ पायेका थिये । एक कविले भनेका छन् –
अभी हला हल मद भरे
श्वेत श्याम रत नार ।।
जियत मरत झुकी झुकी
पडत जयों थितबे इकबार ।।?।।
गुरु अप्सरा पनी आइन इलाजको बन्दोबस्त ठीक भयो । त्यो “ठीक” भयाको खबर सुन्नासाथ सूर्योदय हुँदा कमल फुले भैँ मुहार फुल्यो । दवादान गर्नालाई साँझ ७ बजे जानुछ चैत्रमैन्हाको व्याहान ६ बजेकोछ । १३ घण्टापछिलाई अहिलेदेखि नै पियर सोपको इस्तेमाल गरि सजिन लागेका थिया, सज धज भै कपडा जुत्तँ पहिरौ तयार भयका थिये । तर ऐना हेर्दा क्यै ४/५ लाइन लामु दार्ही र मसिना रौंले दिल वहलाउन तेस्ता बखतमा दिल बहलाउन नदिने दार्हीलाई सजाय दिनालाई मनमा फैसला गरि निर्मूल गर्नालाई पुरानु हजामलाई हतियार स्मेतलि आउनु भन्या अडर गो । हजाम पनि आडर हुँदा साथ तुरुन्त आई पुग्यो ।
हजाम – सलाम हजुर सलाम सलाम के कामलाई आज डाकी बक्सेको ?
माधव – आज मलाई भोजमा जानु परेको हुनाले तलाई बोलायेको ।
हजाम – बहुतै वेस मलाई भोजमा लगि बक्से मैना दीन नभरीयेको पेटभरी हजुरको जय मनाई खानेथिञे ।
माधव – भोजमा लैजान होइन दार्ही लामु भयो । बनाउना लाई बोलायेको पो त ।
- शब्दसाेपानकाे नयाँ खाेजमूलक अंक ‘साठी वर्ष अघिका कथाहरू’काे दोस्राेअंकमा ‘कथा सुकुलगुण्डाको कहानी’ प्रस्तुत गरेका छाैं । प्रस्तुत कथाकाे प्रकाशन मिती १९६९ थियो । हामीले उक्त कथा गोरखापत्रकाे १९६९ साल माघ ८ गते साेमबारकाे अंकबाट साभार गरेका छौं । प्रस्तुत कथा करिव एकसय आठ वर्ष पुरानाे भएकोले त्यस समयकाे लेखनकाे साैंदर्यलाई जस्ताकाे तस्तै प्रस्तुत गर्ने जमर्काे गरेका छाैं । आजकाे समयसंग भाषिक तथा व्याकरणकाे हिसावले केही फरक अवश्य रहेकाे छ । पाठक वर्गले यसलाई साेही अनुरुप बुझिदिनुहुन्छ भन्ने अपेक्षा गर्दछाैं ।
लेखक परिचय
प्रस्तुत कथा 'सुकुलगुण्डाको कहानी' हामीले गोरखापत्रको १९६९ साल माघ ८ गते सोमबारको अंकबाट साभार गरेका हौं । करिब एकसय आठ वर्ष पुरानो कथामा लेखक परिचय खुल्न नसकेको कारण यसलाई हामीले लेखक परिचयमा अज्ञात लेखक भनेर उल्लेख गरेका छौं ।