ऊ शारीरिक संसर्गसँग अनभिज्ञ एक युवक थियो । उसका मित्रजनहरू उसलाई संसर्गबाट प्राप्त हुने स्वर्गीय आनन्दको अनुभूतिका बखान गरिरहन्थे । उसको पुरूषत्व अहम् उसलाई धिक्कार्थ्यो भने, त्यहीँ उसको संस्कार उसलाई यो अनैतिक कार्य गर्नबाट रोक्ने गर्थ्यो । यस बीच सधैँ उसको पुरूषत्व र संस्कारको बीच घमासान मच्चिइरहन्थ्यो । एक पटक आफ्नो यहि अहमबाट प्रेरित भएर ऊ एक वेश्यालय पुग्यो । त्यहाँ आफ्नो पुरूषत्व सिद्ध गर्न चाहन्थ्यो तर ठीक बेलामा उसको संस्कारले उसलाई राक्यो। संस्कारी थियो त्यसैले ऊ त्यहाँबाट आफ्नो पुरूषत्व सिद्ध नगरिकन फर्किन उद्यत भयो। उसले एक नयाँ उपाधि पायो – “साला हिजडा”।
बाहिर आएपछि उसका साथीहरूले उसको अनुभव सोधे – उसले रत्तीभर नढाँटीकन सबै साँचो साँचो बतायो। यसो गर्दा उसका साथीहरूले पनि उसलाई त्यही उपाधि दिए – “साला हिजडा”।
यति हुँदा पनि ऊ आज सन्तुष्ट छ, अनि सोच्ने गर्छ – “हिजडा नै सही ऊ त एक संस्कारी हिजडा हो।”
लेखक परिचय
भारतीय कथाकार आलोक कुमार सातपुतेले हिन्दी, उर्दु र मराठी भाषामा थुप्रै लघु कथा लेखेका छन् । उनका हिन्दीमा ५, उर्दुमा १ र मराठीमा १ गरी सात पुस्तक प्रकाशित भएका छन् । भारत र पाकिस्तानका विभिन्न प्रगतिशील पत्रिका र म्यागजिनमा आलोकका लघु कथा प्रकाशित भएका छन् । भारतका प्रतिष्ठित प्रगतिशील साहित्य पत्रिका हंस, कथादेश, नयाँ ज्ञानोदय, वर्तमान साहित्य तथा पाकिस्तानको डन–उर्दु, लालटेन, मुकाल्मा, हमसब, संगतलगायत पत्रिकामा आलोकका कथा प्रकाशित भएका छन् । त्यस्तै, आलोकका कथा नेपाली र बंगालीमा पनि अनुवाद भएका छन् ।