चार्ल्स बोदलेयर
सधैँ नशामा लट्ठ होऊ।
यही हो र यो आवश्यक पनि छ।
समयको भयावह चक्रले तिम्रो देहलाई
धुजाधुजा पारि धर्तिको कुनै निष्पट्ट
कालो ओडारमा कोचिदिँदाको पिडा
अनुभव नगर्न भएपनि तिमी उन्मक्त रह ।
के मा त?
ऐला, कविता, सत्कर्म अथवा केहि पनि ।
तर नशामा लट्ठ होऊ।
कुनै पनि समय तिमी कुनै दरबारको कौसी, घाँसे भङ्दालो
अथवा आफ्नै कोठाको अत्यासलाग्दो एकान्तमा ब्युँझन्छौ
र त्यो तिम्रो मात आफूबाट विलिन भएको पाउँछौ भने
सोध!
हावालाई, छाललाई, तारालाई, चराचुरुंगीलाई, घडीलाई,
सबै वस्तुहरूलाई सोध!
जो चलमलाउँछन्,
जो सुसाउँछन्,
र जो गुनगुनाउँछन्।
कि समय कति भो भनेर
ति सबै-सबै वस्तुहरूले एकै स्वरमा उत्तर
दिनेछन्: “यो नशामा लट्ठ हुने समय हो।”
समयको वफादार दास नबन।
सधैँ नशामा लट्ठ होऊ!
ऐलामा, कवितामा, सत्कर्ममा
अथवा कुनै पनि कुरामा ।
चार्ल्स बोदलेयर
फ्रान्सेली कवि चार्ल्स बोदलेयरद्वारा रचित कविता “Be Drunk”को भावानुवाद
लेखक परिचय
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अङ्ग्रेजी विभाग, कीर्तिपुरबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका गणेश राई अध्ययन र अध्यापनमा संलग्न छन् । साथै उनी निरन्तर रुपमा विभिन्न समसामयिक विषयहरुमा कलम चलाउने गर्दछन् ।