• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ बाल साहित्य

निलिमाको नयाँ स्कुल

■ माधव सयपत्री
माघ १८, २०७७
105 1
A A
64
SHARES
321
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

तपाईंलाई यो पनि मन पर्न सक्छ

बाबुको चिठी (कविता) – शेरबहादुर साउद

जेष्ठ २४, २०७८
बालकथा

बालकथा : त्यसपछि उनीहरू आएनन्-हरिप्रसाद भण्डारी

चैत्र १५, २०७७
बालकथा

बालकथा : बिचरो कौवा

चैत्र १४, २०७७

अशेष मल्ल – बालनाटक : पर्दाभित्र

चैत्र १२, २०७७

निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो । गाउँमा ६ कक्षा पास गरेपछि लिमालाई बाबाले सहर लैजानुभयो । आमा पनि सँगै जानुभयो । बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो ।

नयाँ स्कुलमा पिङ थियो । स्विमिङ्ग पुल थियो । चिप्लेटी खेल्ने ठाउँ थियो । सुन्दर बगैँचा थियो । खेल्नका लागि प्रशस्त साम्रगी थिए । सिँगारपटार पारिएको कक्षा थियो । सरमिसले इन्टरनेटबाट खोजीखोजी, प्रोजेक्टरबाट देखाईदेखाई सिकाउनुहुन्थ्यो । नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा पढाइ हुन्थ्यो । अभफ् ‘इङ्लिस स्पिकिङ्ग जोन’ मा अङ्ग्रेजी मात्रै बोल्न पाइन्थ्यो ।

निलिमाका मिजासिला साथीहरू थिए । माया गर्ने सरमिसहरू हुनुहुन्थ्यो । तर खै के थिएन, के थिएन ! निलिमाको मन स्कुलमा रमाउन सकेको थिएन । गाउँमा साथीसँग खुलेर बोल्थिन् । स्कुलमै अनुशासित विद्यार्थी भनेर उनलाई स्कुलले पुरस्कार समेत दिएको थियो । भर्ना भएको ६ महिनासम्म पनि निलिमा सहरको स्कुलमा रत्तिइन सकिनन् । उनी कसैसँग पनि खुलेर बोल्न सकिनन् ।

निलिमाको स्कुलमा स्कुल स्थापना दिवस मनाउने तयारी भइरहेको थियो । साथीहरू नृत्य, गायन, कविता वाचन, वाद्यवादनमा अभ्यास गरिरहेका थिए । आफ्नाे कला र सिप देखाउन सबै साथी हौसिएका थिए ।

निलिमाले कुनै पनि कार्यक्रममा भाग लिइनन् । तृप्तिले सोधिन्, ‘निलिमा, तिमीले किन भाग नलिएको ? आफ्नाे क्षमता देखाउने मौका आइरहँदैन । तिमीले केही न केहीमा भाग लिनैपर्छ ।’ निलिमाले भनिन्, ‘मलाई केही आउँदैन । लाज लाग्छ । तिमीहरूले देखाएको हेर्छु नि !’ हेमाले थपिन्, ‘तिमी भफ्न् गाउँबाट आएकी । गाउँकै ठेट भाकामा गीत गाइदेउफ् न । कति रमाइलो मान्छन् ! पुरस्कार पनि पाउन सक्छ्यौ ।’

साथीहरूको जिद्दी निलिमालाई मन परेको थिएन । उनले भनिन्, ‘मलाई केहीमा पनि पुरस्कार लिनुछैन । तिमीहरू राम्रो गर्नु, पुरस्कार लिनु । म बाहिर बसेर ताली पड्काउँछु नि !’ (विद्यालयमा नेपालीमा कुरा गर्न नपाइने भएकोले उनीहरूले बिस्तारै कुराकानी गरेका गिए ।)

विद्यालयको वार्षिक उत्सवको दिन सबैलाई दुईघण्टा छिटो स्कुल बोलाइएको थियो । निलिमालाई स्कुल जान मन लागेन । बाबाआमालाई पनि निम्तो थियो । आमाले सोध्नुभयो, ‘निलिमा, आज तिम्रो स्कुलको वार्षिक उत्सव होइन ? तिमी किन नगएकी ? हामीलाई त नौ बजे नै बोलाइएको छ ।’ निलिमाले भनिन्, ‘आमा मलाई टाउको दुखिराछ । म स्कुल जान्न, कक्षा शिक्षकलाई भनिदिनु है !’ बाबाले भन्नुभयो, ‘बाटोमा मेडिकल छ, त्यहाँ जाँचेर औषधि खाने अनि स्कुल जाने । तिमी नगए हामी पनि जाँदैनौँ नि !’

टाउको दुखाइ त स्कुल नजाने बहाना मात्रै थियो । निलिमालाई स्कुल नगई सुख्खै भएन । बाबाआमासँगै निलिमा स्कुल गइन् । स्कुल पुग्दा सबै साथी आइसकेका थिए । रजनीले सोधिन्, ‘निलिमा, तिमी किन ढिलो आएकी ? केहीन केहीमा त भाग लिनुपर्छ भनेको, तिमीले टेर्दै टेरिनौ । तिमीले भाग नलिँदा हामीलाई खल्लो लागेको छ । दुई लाइन गीत मात्रै गाए पनि हुन्छ । कविता भने पनि हुन्छ । हामी तिम्रो नाम लेखाइदिन्छौँ है !’ निलिमाले भनिन्, ‘पर्दैन पर्दैन । मलाई केहीमा पनि भाग लिन मन छैन ।’

राजु सरसँग बाबाआमाको भेट गेटैमा भयो । उहाँ निलिमाको कक्षा शिक्षक पनि हुनुहुन्थ्यो । राजु सरले बाबाआमासँग गुनासो गरिहाल्नुभयो, ‘केही काममा पनि निलिमाको जाँगर छैन । राम्रोसित कुरा पनि गर्दिनन् । स्कुलको आजको कार्यक्रममा पनि भाग लिएकी छैनन् क्यारे !’ राजु सरको कुराले निलिमालाई बेस्सरी घोच्यो । बाबाले भन्नुभयो, ‘मैले त भाग लिन भनेको थिएँ ।’

बाबाले निलिमालाई त्यही बोलाउनुभयो । अलि भर्फ्केर भन्नुभयो, ‘अवसर आउँदा पनि तिमी केही गर्दिनौ भने यति राम्रो स्कुलमा भर्ना गरेको के काम लाग्यो ? सरले भनेको खुरुक्क मान ।’

निलिमाको मनमा अर्कै अर्कै कुरा खेल्न थाल्यो– ‘राम्रो स्कुल ! कसरी राम्रो ? राम्रो भए म किन रमाउन सकिनँ ! योभन्दा त गाउँकै स्कुल राम्रो । त्यहाँ म रमाउँथे । मेरो मन रमाउँथ्यो । मन नरमाउने स्कुल के राम्रो !’

निलिमा बोलिनन् । घोसेमुन्टो लगाएर बसिरहिन् । साथीहरू आए । निलिमालाई तान्न लागे । उनी साथीसँगै भिडतिर गइन् । साथीले अत्यन्तै कर गरेपछि निलिमाले कक्षाको तपफर््बाट ‘दुई शब्द’ राख्ने भइन् ।

कार्यक्रमस्थल भव्यसित सिँगारिएको थियो । नाच्ने–गाउने स्टेजको सजावटले मनै तान्थ्यो । त्यो भव्यता र सजावटले निलिमालाई तान्न सकेको थिएन । किन तान्न सकेन, निलिमाले कसैलाई भनेकी थिइनन् ।

कार्यक्रम सुरु भयो । कार्यक्रम सञ्चालक राजु सर हुनुहुँदो रहेछ । शिक्षा मन्त्री प्रमुख अतिथि रहेछन् । स्कुल अध्यक्ष कार्यक्रमका अध्यक्ष थिए । प्रिन्सिपल सरले स्वागत मन्तव्य राख्दै भन्नुभयो, ‘त्यागी अभिभावक र मेहनती विद्यार्थीको कारणले हाम्रो स्कुलले यो प्रगति गरेको हो । अङ्ग्रजी भाषा माध्यमको पढाइले राम्रा भनिएका स्कुललाई पनि उछिन्दै छौ । भर्ना दर ह्वात्तै बढेको छ । यसरी नै यहाँहरूले सहयोग र समर्थन गर्नुभयो भने हाम्रो स्कुल सहरमै एक नम्बरको हुनेछ ।………।’ पटटअ…. ताली बज्यो । अँहँ, निलिमाले ताली बजाइनन् । उनलाई प्रिन्सिपल सरका कुरा मन परेन ।

साथीहरूले नृत्य देखाए । कतिले कविता वाचन गरे । राजु सरले निलिमालाई बोलाइहाल्नुभयो । ताली बज्यो । निलिमा मञ्चमा गइन् । उनले सबैलाई सम्बोधन गरिन् । अनि भनिन्, ‘हाम्रो स्कुल राम्रो छ । पढाइ पनि राम्रो छ । सरमिस असल हुनुहुन्छ । साथीहरू असल छन् । तर…तर मलाई एउटा कुरा मन पर्दैन । यहाँ मैले मेरो भाषा बोल्न पाउँदिन । ‘इङ्लिस स्पिकिङ्ग जोन’ भित्र अरू भाषामा कुरा गर्‍यो भने विद्यार्थीले जरिवाना तिर्नुपर्छ । अब त्यसो हैन, अङ्ग्रजी विषयको कक्षामा मात्र अङ्ग्रेजी बोलौँ । अर्काको भाषा नखोसौँ । स्कुलले मेरो भाषा खोस्दा मलाई मेरी आमा खोसेजस्तै लाग्छ । आफ्नाे भाषामा कुरा गर्दा मनको कुरा भन्न सकिन्छ । अर्काको भाषामा सकिँदैन । सक्नुहुन्छ भने, मलाई मेरो मातृभाषा नेपालीमा बोल्न दिनुस् । तामाङलाई तामाङसँग तामाङ भाषामा कुरा गर्न दिनुस् । नेवारलाई नेवारीमा । तराईका साथीले मैथिली, भोजपुरी, अवधी, थारु वा आफ्नाे भाषामा कुरा गरुन् । अनि हामी सबैलाई हाम्रो स्कुल राम्रो लाग्छ । स्कुलको माया लाग्छ । हाम्रो स्कुल पूफ्लबारीजस्तै हुन्छ ।’

उनी मञ्चबाट बिदा भइन् । एक मिनेटसम्म ताली बजिरह्यो । निलिमाका कुरा सुनेर सबैजना अचम्ममा परे । मन्त्रीज्यूले जिब्रो भिफ्के । अध्यक्ष दङ्गै परे । निलिमा बेखुसी हुनुको कारण बाबाआमाले बुभ्फ्नुभयो । उनी स्कुलमा नरत्तिएको कारण साथीहरूले थाह पाए । निलिमालाई साथीहरूले बधाई दिए । दिप्तिले भनिन्, ‘निलिमा, तिमीले हामी सबैको मनको कुरा राख्यौ, धन्यवाद है !’ निलिमाको अनुहार उज्ज्यालो भएर आयो ।

लेखक परिचय

माधव सयपत्री
+ पोस्टहरु

साहित्यका विभिन्न विद्यारुमा कलम चलाउने सयपत्री पछिल्लो समयमा धेरै पढिने साहित्यकारका रुपमा चिनिन्छन् । उनका मखमलीका राजाहरु, सत्ताकवच, बादशाहको अटोग्राफ लगायतका कृतिहरु प्रकाशित छन् भने विभिन्न राष्ट्रिय दैनिकहरुमा दर्शन, विचार तथा समसामयीक लेखहरु प्रकाशित भएका छन् ।

  • माधव सयपत्री
    https://shabdasopan.com/author/madhavs/
    फाल्गुन २, २०७७
    दोधार
  • माधव सयपत्री
    https://shabdasopan.com/author/madhavs/
    फाल्गुन ११, २०७७
    अनुसूया
Tags: विशेष
Share26Tweet16Share4Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

बाबुको चिठी (कविता) – शेरबहादुर साउद

जेष्ठ २४, २०७८
बालकथा

बालकथा : त्यसपछि उनीहरू आएनन्-हरिप्रसाद भण्डारी

चैत्र १५, २०७७
बालकथा

बालकथा : बिचरो कौवा

चैत्र १४, २०७७

अशेष मल्ल – बालनाटक : पर्दाभित्र

चैत्र १२, २०७७

आर्थिक समृद्धी नै गणतन्त्रको आधार

माघ २३, २०७७

खुशी छर्दै हिँड्नु तिमी

माघ २२, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?