खुट्टा तान्ने धेरै भेटिन्छन्
बाटो देखाउने बन्नु तिमी
रुवाउने धेरै भेटिन्छन्
दुख मेट्ने बन्नु तिमी
ज्ञान छर्दै हिँड्नु तिमी
खुशी छर्दै हिँड्नु तिमी
सत्ताका लोभी भ्रष्टाचारी जन्मेका छन्
राष्ट्रवादी बन्नु तिमी
नेता खराब सबैले भन्छन्
देश बनाउने बन्नु तिमी
खुशी छर्दै हिँड्नु तिमी
गल्तिमा औँला ठड्याउने धेरै हुन्छन्
हारेकालाई उठाउने बन्नु तिमी
लडाउने धेरै छन्
मुस्कुराउँदै उठ्नु तिमी
खुशी छर्दै हिँड्नु तिमी
बहाना बनाई रोकिने धेरै छन्
मेहनत गरि अघि बढ्नु तिमी
बदमाश र फटाहा त धेरै छन्
आफ्नो इमान सधैँ साथ राख्नु तिमी
देश छोडी धेरै गए
देश निर्माण गर्ने बन्नु तिमी
नेपाली बनी सधैँ बाँच्नु तिमी
नेपाल आमाको मुस्कान बन्नु तिमी
खुशी छर्दै हिँड्नु तिमी
लेखक परिचय
नेशनल इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नाेलाेजी कक्षा ११मा अध्ययनरत पाण्डे कथा, कविता लेखनमा रुचि राख्छिन्।
Wow😍😍