राजनीतिशास्त्रमा गणतन्त्र भनेको नागरिकको शासन हो, यस्तो शासन ब्यवस्था हो जसमा नागरिकद्वारा चुनिएर गएका ब्यक्तिहरूले प्रत्यक्ष शासन गर्न पाउँछन्। जुन शासन पद्धतिमा नागरिकले प्रत्यक्ष शासन गर्न पाउँछन् त्यसलाई गणतन्त्र भनिन्थ्यो इतिहासमा। खासगरी प्राचीन ग्रिस र इटलिमा एकबेला त्यस्तो ब्यवस्था थियो जसमा सबै मानिस एकै ठाँउ, एकै समयमा जम्मा हुन्थे र सार्वजनिक मामिलाको निर्णय लिन्थे। अधिकार र कर्तव्यका विषयमा छलफल गर्थे र साझा निर्णय लिन्थे। त्यो नागरिक शासन थियो, गणतन्त्र थियो। कुनै राजा थिएन, जमिनदार थिएन, आफैँले जम्मा भएर सामुहिक निर्णय लिने चलन थियो। यिनै इतिहासका उदाहरणहरूलाई आधार मानेर नेपालमा पनि लोकतान्त्रिक ब्यवस्थाको लहर चल्यो।
यसै लहर अनुरूप, २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको बैठकले राजतन्त्र अन्त्य गरि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गर्यो। यो गणतन्त्रको पछिल्लो स्वरुप हो। गणतन्त्रात्मक ब्यवस्थामा कोहि ठुलो वा सानो हुँदैन भन्ने मान्यता स्थापित छ। लोकतान्त्रिक आन्दोलनको ईतिहास बारे कुरा गर्दा लोकतान्त्रिक आन्दोलनले गणतन्त्रमार्फत पूर्णता पाउँछ भन्ने भनाइ छ। जनताले आफ्नो शासन आफैं गरेको प्रत्याभूत गर्ने र लोकतान्त्रिक मागहरू पूरा गरिने ब्यवस्था हो गणतन्त्र। लोकतान्त्रिक ब्यवस्थामा हरेक व्यक्ति स्वतन्त्रता पूर्वक बाँच्न पाउँछन् भने देश समृद्धिको बाटोमा अघि बढ्दछ।
राजनीतिको लामो आरोह अवरोह पार गर्दै हाम्रो मुलुक यो अवस्थामा आइपुगेको छ। राजनीतिक प्रणाली र शासकीय स्वरुप मुलुकको परिवर्तन, बिकास र समृद्धिको एउटा पाटो हो। मुलुकले लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अंगालिसके पछि हरेक वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरूलाई समान अवसर प्रदान गरिएको छ। यसै राजनीतिक परिपाटीसँग अब जनताको आर्थिक अधिकार पनि जोडिनु पर्छ। राजनीति र शासन प्रणालीको समयानुकूल र जनअपेक्षा अनुरूप परिवर्तन र परिमार्जन अत्यन्तै जरुरी देखिन्छ। जनतालाई सुखी र खुशी बनाउने हो भने आर्थिक बिकास र समृद्धि नै पहिलो विकल्प हो। जनताको आर्थिक समृद्धि मुलुकको बिकाससँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। जनताको जिवनस्तर माथी उठाएर जनतालाई रोग र भोकबाट मुक्त गराएमा मात्र गणतन्त्रको औचित्य पुष्टि हुन्छ। अब सबैको साझा लक्ष्य भनेको जनताको आर्थिक समृद्धि र परिवर्तित जिवनस्तर हुनुपर्छ। राजनीतिक लडाइँ र अस्थिरताको अन्त्य गरि गणतन्त्र स्थापनाको मर्मलाई आत्मसात गर्दै आर्थिक समृद्धिको बाटोमा लम्कनु आजको प्रमुख आवश्यकता हो।
लेखक परिचय
National School of Science and Technology मा कक्षा एघारमा अध्ययनरत सेढाईंं कथा, कविता र निबन्ध लेखनमा रुचि राख्छिन्।