• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान हाँस्यव्यङ्ग

भैरव अर्याल – निबन्ध : पख्नोस्

■ भैरव अर्याल
चैत्र २३, २०७७
272 3
A A
भैरव अर्याल

भैरव अर्याल

167
SHARES
834
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

भैरव अर्याल                                                 “पख्नोस्, एउटा लेख दिउँला ।”
पख्नोस् — उही चिर-परिचित शब्द ! यही पत्यारलाग्दो आश्वासन !! उही झुलाएर फुलाउने बोक्रे बढत्व !!!
तपाईँको कन्सिरी तातेर आयो होला, होइन ? तर, डर नमान्नुहोस् कन्सिरी जतिसुकै ताते पनि तपाईँको जीउमा आगलागी भैहाल्नेछैन । भियतनामका बौद्धभिक्षुले झैँ तपाईँले ज्यूँदै डढेर मर्नुपर्ने छैन । किनभने नेपालमा रक्तकाली प्रकट भैसकेकी छिन् ।

जे होस् ल, आफ्नै कुरा गरूँ, धेरै पटक भैसक्यो, एउटा लेख तपाईँले मसित माग्नुभएको, तर पटकैपिच्छे मैले पख्नोस् भन्दै आएको छु, पर्खाएको छु । सम्पादकजस्तो मान्छेले पनि जमिनदारकहाँ ऋण माग्न गएको जैरे काहिँलो झैँ पटकैपिच्छे लुत्रे कान लगाएर फर्कनुपर्दा जङ चल्नु स्वभाविकै हो । जङ्गिँदा-जङ्गिँदा जङ्गबहादुरै बने पनि के लाग्छ र ! अर्काको हातबाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपाईँले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईँले धैर्य गर्नुपर्छ । अझ भनूँ भने झुल्नुपर्छ, धाउनुपर्छ, पर्खनुपर्छ । सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन्, थाङ्ने, माग्नेहरू खस्रा शब्द, फरक चाहिँ यत्ति हो । आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन् ।

भनूँ भने, मान्छेले राम्ररी जानेको क्रिया नै पर्खनु र पर्खाउनु हो । यो के बकन्याई छाँट्न लाग्यो भनी तपाईँ जिल्लिनुहोला, तर पख्नोस्, तपाईँ आफू मात्रै पर्खिरहेको नठान्नुहोस्, तपाईँं अहिले जुन बेला मसित लेख पर्खिरहनुभएको छ, यसै बेला यत्तिखेरै कहाँ कहाँ, को को, के के पर्खिरहेका होलान् त ! लौ मनमिटर घुमाउँदै जानोस् । भैरव अर्याल 
यसै बेला यत्तिखेरै कपुरीकान्त कार्की कान्लामाथि बसेर माइत गएकी कार्किनीलाई पर्खँदो हो । खस्याङखुसुङ खोलाका खबटानन्द खतिवडा खाटमाथि पल्टेर ख्वाङ-ख्वाङ खोक्दै डाक्टर खुकुरीराम खत्रीलाई पर्खँदो हो । गाना सुन्न गएकी गीतादेवी बेला नभैसकेकाले गजक्क परेर रेडियो भएनिर पर्खँदी हो । घटसिंह घले घट्टमा घैयाको पिठो बाँध्न गएको, पालो नपाएर उँघी-उँघी पर्खँदो हो । जङ्गबहादुर डोलेसित लहस्सिएकी सुश्री नाकथोप्ली मैयाँ भर्‍याङमुनि ङिच्च मुख लगाएर उसैलाई पर्खँदी हो । चम्रेल बाबु चाक्सी किन्न पठाएको चोर चतुरे चार घण्टा भैसक्यो आएन भनी पर्खँदा हुन् । छत्रजङ छाता नहुनाले छेत्रपाटीको छ्यापी-पसलमा पानी रहला र हिँडुँला भनी पर्खँदा हुन् । जरसाहेबकाँ जागिर माग्न गएको जगन्नाथ जैसीदेवलको छिँडीमा उनको बाटो कुरी पर्खँदो हो । झाडा लागेकी झसवीरेकी बुहारी, झट्पटसाथ टट्टी गएकी, भित्र अर्कै मानिस देखेर बाहिरैपट्टि पर्खँदी हो । गोरुसिङे ‘ञ’ जस्तो लट्ठक खेँचाको नाति सिद्रा बेच्न देउपाटन गएको वनकालीमा बाँदर देखेर फरक्क फर्की गौशालाको बस पर्खँदो हो । ल भन्नोस्, नाम, काम र ठामको पछि नलागेर जवाफ दिनोस् के यी सब सम्भाव्य पर्खाइ होइनन् ? नेपालको मात्र कुरा नलिऊँ भने मनमिटर अलि टाढा-टाढा नै पुर्‍याइदिनोस् ।  भैरव अर्याल  भैरव अर्याल 

यस बेला यत्तिखेरै तानाबाना भिरेर ताइपेहमा जम्मा भएका तोर्मे सिपाहीहरू विपक्षीको तालुमा तारो हान्न पर्खँदा हुन् । थाइल्यान्ड पुगेका थाक खोलाका थाक्सेहरू अमेरिकी सैनिकको अड्डामा थुनिएर रिहाइको आदेश पर्खँदा हुन् । दलाई लामाका दलालहरू दानापुरमा दाना सिद्धिएर देवताको नाम वा दाम कमाउन देश फर्कने दाउ हेर्दै देवाधिदेवको दैलामा दण्डवत् गरी गरी पर्खँदा हुन् । धक्कुबाजका धुरन्धर धम्मरधुसहरू पेरिसका धोके क्लबमा साफसित रक्सी धोकेर बाटबाटैमा ओछ्यान लाउन आ-आफ्ना जोडीको मन्जुरी पर्खँदा हुन् । भैरव अर्याल 

ल, अब कति भनूँ, नपुगेको भए फेरि मनमिटरलाई जता जता पर्छ, उतै उतै छोड्नोस्, – यस बेला यत्तिखेरै पोल्यान्ड जान लागेका पाँडेजी पालम एयरपोर्टमा पासपोर्ट जँचाएर ‘पाइप’ पिउँदै प्लेन पर्खँदा हुन् । फर्सीजन्ड सुब्बा फैजाबादको प्लेटफर्ममा फत्तेपुर जाने रेल पर्खँदा हुन् । बाटुली बराल्नी लाहुर गएको पोइ कहिले आइपुग्छ भनी पर्खँदी हो । भाटभटेनी बस्ने भुँडेकाजी भद्रकालीनीर आफ्नी रखौटी पर्खँदो हो । मस्कोका वैज्ञानिकहरू उडिरहेको स्पुतनिक मरुभूमिमा खस्ने भो भनी आँखा तानेर पर्खिरहेका होलान् । भैरव अर्याल  भैरव अर्याल भैरव अर्याल 

तपाईंलाई यो पनि मन पर्न सक्छ

कृष्ण प्रधान

‘मुन्ना’ बदनाम हो गइल्…..जालिम ‘पुरस्कार-के खातिर . . . – कृष्ण प्रधान

अशोज १९, २०७८
कोरोना

कोरोना पिस्तोल – कृष्ण प्रधान

जेष्ठ १३, २०७८
नाक

नाक (हास्यव्यङ्ग्य निबन्ध) – कृष्ण प्रधान

जेष्ठ ९, २०७८
भैरव अर्याल

भैरव अर्याल : नेता नम्बर एक सय एक

चैत्र २३, २०७७

ओहो !! अब त मेरो एकोहोरो फतफताइ अति नै भयो । तपाईँलाई कति झर्को लाग्यो होला हकि ? तर साह्रै नै झर्को लागेको भए त एक सर्को चुरोट तान्नोस् । अनि तपाईँ नै भन्नोस् को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिकहरू जति घोत्लिइरहुन्, वैज्ञानिकहरू जति घोट्टिइरहुन् मलाई त लाग्छ- बाँच्नुको पर्याय नै पर्खनु हो । सोझै कुरा गरूँ भने पनि हेर्नोस्, दसौँ महिना आमाको एक माने भुँडीमा गुडुल्किएर नपर्खी तपाईँंले पृथ्वी दर्शन पाउनुभएन । दसौँ दिन कुनामा गुटमुटिएर नपर्खी तपाईँले सूर्यदर्शनको साइत फेला पार्नुभएन । यसरी नजन्मेदेखि पर्खँदै आउनुभएको तपाईँले सायद किशोर भएपछि विद्यालयमा शिक्षकलाई कैयौँ दिन पर्खनुभयो होला । बैँस लागेपछि बाटाको छेडोमा, बारीको डीलमा या बिग्रेको पाटीमा प्रतिक्षाका गीत गुनगुनाई दिनको बाह्रौँ घण्टा पर्खनुपर्‍यो होला — आफ्ना केटी साथीहरूको गुलियो भाकामा । यसरी पर्खाइबाटै सुरु भएको तपाईँ-हाम्रो जिन्दगी यता र उता, यसलाई र उसलाई पर्खँदा आज कताबाट यहाँ आइपुगेको छ, तपाईँ पर्खने र म पर्खाउने हुनुपरिरहेको छ । मान्नोस्, मैले आज लेख दिएँ तर भोलिदेखि तपाईँको पत्रिका कहिले निस्कने हो भनी मैले पर्खनुपर्छ । एक महिने भनेको चार महिनामा निस्कने नेपाली पत्रिकाको बानी नजान्ने को छैन । भनूँ, एक न एक दिन तपाईँको पत्रिका निस्किहाल्यो, तर भोलिपल्टदेखि पुरस्कार लिन आज-आज भोलि-भोलि भन्दाभन्दै कैयौँ दिन तपाईँले झुलाउनुहुन्छ, पर्खाउनुहुन्छ ।

आफू जुम्राजस्तो जुम्सो छ, अनि कामको सट्टा कुराले टार्न खोज्छ भनी तपाईँ गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, म अचेल साह्रै जुम्सो भएको छु । बरु के तपाईँ पत्याउनुहुन्छ ? यो जुम्स्याइँको जन्मदाता पनि यस्तै जङचल्दा पर्खाइहरू हुन् । साँच्चै भनूँ भने मेरो दुनियाँ झन् लम्स्याङ-लुम्सुङको छ । मेरो जमाना झन् जम्स्याङ-जुम्सुङको छ । मैले थाहा पाएदेखि म पर्खँदो छु । काममा गएकी आमालाई, चाकरीमा गएका बाबुलाई, पाठ दिने गुरुलाई, प्यार दिने आइमाईलाई, जागिर पाउने आश्वासनलाई, तलब पाइने दिनलाई, ओखती गर्ने उपचारकलाई, बिदा दिने निर्देशकलाई, पैसा दिने मालिकलाई, लुगा सिउने दमाईँलाई ।

यी सबै पर्खाइका पछिल्तिर मेरा सयौँ सपनाहरू पर्खिरहेछन्, इच्छा र आकांक्षाहरू पर्खिरहेछन् । म केही गरूँ, केही बनूँ, केही दिऊँ भन्छु, तर यो असीमित इष्टसिद्धिका लागि यतै पर्खनुपर्छ, उतै पर्खनुपर्छ, यतै भुल्नुपर्छ, उतै धाउनुपर्छ — दोष कसलाई ? जब जमाना नै यस्तो जुम्सो छ कि जर्मन एकीकरणको प्रश्न कुराकुरैमा पर्खिरहेछ । पैँसट्ठी करोडको चीनलाई एउटा साधारण सदस्यताका लागि राष्ट्रसङ्घले पन्ध्रौँ वर्षदेखि पर्खाइरहेछ । धेर कुरा किन ? सुरुदेखि सत्य, समता र शान्ति पर्खँदै आएको मानिस आज झन् विषमताको विषले बौलाहिरहेछ, झन् अशान्त भइरहेछ । बुझ्नै सकिँदैन–आणविक हतियारमा प्रतिबन्ध लगाउने कुरोमा किन सबैको लस्याङ-लुसुङ हो, भौतिक उन्नति यति तीव्र भैसक्यो तैपनि दुई गज र दुई गाँसका निम्ति जिन्दगीभर पर्खनुपर्ने । यो कस्तो जम्स्याङ-जुम्सुङ हो ।

अब तपाईँ मात्रै पर्खनुपर्‍यो भनेर किन पट्टाउनुहुन्छ जब तपाईँलाई नपर्खी सुखै छैन । त्यसैले मान्नोस्- पर्खाइदेखि डराउने पलायनवादी हो, पामर र पानीमरुवा हो । जुन आदर्श आज म तपाईँका अगाडि छाँट्तै छु, भोलि तपाईँ मेरा अगाडि छाँट्नुहुन्छ । वास्तवमा तपाईँ पनि पर्खन चाहनुहुन्न, म पनि पर्खन चाह्न्नँ । हामी दुवै चाहन्छौँ एउटा त्यस्तो दुनियाँको सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् । झुल्याएर फुल्याउने, लर्काएर पर्खाउने यस्तो जालेमाले परम्परा नहोस् । तर समस्या त उही नै हो — जतिसुकै बलियोसँग चाहे पनि हाम्रो यो चाहना चाहनेबित्तिकै पूरा हुँदैन, पर्खनुपर्छ । त्यसैले त म लस्याङलुसुङ गरेर भए पनि घरी यता धाउँछु, घरी उता धाउँछु, घरी यता हुन्छु, घरी उता हुन्छु, जम्स्याङजुम्सुङ गरेर भए पनि पर्खिरहेछु र तपाईँलाई पनि भन्दै छु- पर्खनदेखि पट्टाउनु पलायनवादिता हो ।

मेरो पर्खाइ-पुराण त अहिल्यै के सकिन्थ्यो र ! तर अब कति बेर पर्खाऊँ, तपाईँकी श्रीमती (सम्पादकनी) ज्यू घरमा तपाईँलाई पर्खिरहेकी होलिन् । आउँदै गर्नुहोला, धाउँदै गर्नुहोला, पख्नोस् कुनै-न-कुनै दिन म पनि एउटा लेख लेख्ने प्रयास गरुँला, तपाईँको पत्रिकामा छाप्न दिउँला । लौ त नमस्ते ।

लेखक परिचय

भैरव अर्याल
भैरव अर्याल
+ पोस्टहरु

प्रसिद्ध साहित्यकार भैरव अर्याल (वि.स. १९९३-२०३३) नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रका महान् प्रतिभा हुन् । अर्यालका हास्यव्यङ्ग्य निबन्धहरूमा सामाजिक,आर्थिक,धार्मिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रका विसङ्गतिप्रति चोटिलो व्यङ्ग्य मात्र नभएर जीवनदर्शन समेत पाइन्छ । अर्यालका निबन्ध हसाउँने मात्र हुँदैनन्, विचारोत्तेजक पनि हुन्छन् । पेट मिचिमिची हसाउँने उनका निबन्धले उत्तिखेरै गम्भीर चिन्तन गर्न पनि बाध्य बनाई छाड्छन् । काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री, दस औतार आदि उनका प्रसिद्ध कृतिहरू हुन् । लेखनमा उखान टुक्का, अनुप्रास र अनुकरणात्मक शब्दको प्रयोग गर्ने अर्यालका निबन्धहरू रोचक साथै उत्तिकै बौद्धिक पनि छन् ।

  • भैरव अर्याल
    https://shabdasopan.com/author/bhairavaryal/
    भैरव अर्याल
    चैत्र २३, २०७७
    भैरव अर्याल : नेता नम्बर एक सय एक
Tags: विशेष
Share67Tweet42Share12Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

कृष्ण प्रधान

‘मुन्ना’ बदनाम हो गइल्…..जालिम ‘पुरस्कार-के खातिर . . . – कृष्ण प्रधान

अशोज १९, २०७८
कोरोना

कोरोना पिस्तोल – कृष्ण प्रधान

जेष्ठ १३, २०७८
नाक

नाक (हास्यव्यङ्ग्य निबन्ध) – कृष्ण प्रधान

जेष्ठ ९, २०७८
भैरव अर्याल

भैरव अर्याल : नेता नम्बर एक सय एक

चैत्र २३, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?