• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
बुध, जेष्ठ १७, २०८०
Wed, May 31, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान हाँस्यव्यङ्ग

‘मुन्ना’ बदनाम हो गइल्…..जालिम ‘पुरस्कार-के खातिर . . . – कृष्ण प्रधान

■ कृष्ण प्रधान
अशोज १९, २०७८
111 1
A A
कृष्ण प्रधान
68
SHARES
340
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

को’नि किन हो.,…गत पन्ध्र दिनदेखि निकै चर्चित हिन्दी आइटम सङ्ग पटक-पटक दोहोऱ्याइ-तेहेऱ्याइ गुन्गुनाउन मन लागेकोले सोही गीत पुनः गुन्‌गुनाइ रहेछु –

”मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये

मुन्ना के  गाल गुलाबी

नैन शराबी, चाल नवाबी रे

मै झण्डु बाम हुई

तपाईंलाई यो पनि मन पर्न सक्छ

कोरोना

कोरोना पिस्तोल – कृष्ण प्रधान

जेष्ठ १३, २०७८
नाक

नाक (हास्यव्यङ्ग्य निबन्ध) – कृष्ण प्रधान

जेष्ठ ९, २०७८
भैरव अर्याल

भैरव अर्याल : नेता नम्बर एक सय एक

चैत्र २३, २०७७
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

डार्लिङ तेरे लिये…….”

उपरोक्त आइटम सङ्ग यति धेर गुन्गुनाउँन थालेछु पछि मेरो कण्ठबाट आफै अनुवाद भई  त्यो आइटम सङ्ग आफै अनुवाद भएर यसरी पो गुन्गुनाउने भएछु – 

”पुरस्कार बदनाम हो गई

जालिम मुन्ना के  लिये…..

‘मुन्ना’ बदनाम हो गइल्…..

जालिम ‘पुरस्कार’- के खातिर…

मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये

पुरस्कार बदनाम यहाँ 

जालिम मुन्ना ट्याक्टिक्सले

मुन्नाको चाल खतरा 

मुन्नाको ढाल खतरा

पुरस्कार झण्डु बाम हुई

मुन्ना तेरे लिये ।

पुरस्कार बदनाम भयो 

जालिम मुन्नाको ह्याँकुला मिचाइले

‘मुन्ना’ बदनाम हो गइल्…..

जालिम ‘पुरस्कार’- के खातिर…”

मुम्बई फिल्म संसारमा ‘मुन्ना’ (मुन्ना भाई एम बी बी एस) र ‘मुन्नी’ (मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये)-ले हुँड़ीबिड़ी मच्चाएको कुरा संसारभरिकालाई थाहा हुनु मात्र होइन यो गीत सबैको ओँठमा झुण्डिएको पाइन्छ । मरौबाहेक बिहे-बटुल, बर्थ डे, शहर-बजारतिर ”मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये…”-ले रड़ाको मच्चाइरहेको देखिन्छ । साँच्चै यो गीत प्रसिद्ध छ ।

हाम्रो यतातिर ‘मुन्नी बहन’ नदेखिए पनि केही वर्षदेखि यता ‘मुन्ना भैया’-को जगजगी र ढलीमली गजब देखिन्छ । झन् हाम्रो यतातिर ‘मुन्ना भाइ ‘एमबीबीएस’- नदेखिए पनि हामीमाझ   ‘मुन्ना भैया पीबीबीएस’ देखिन थालेको छ । ‘एमबीबीएस’-को पूर्ण रुप ‘बेचलर अफ मेडिसिन एण्ड बेचलर अफ सर्जरी’ भएजस्तै ‘पीबीबीएस’-को पूर्ण रुप हुन्छ, ‘पुरस्कार बाँड़बुँड़ सिङसाँढ़े’ । हाम्रा मुन्ना भाइ ‘पीबीबएस’ चितायो कि बितायो गर्ने खाल्का सिङसाँढ़े व्यक्तित्वका धनी हुन् । मुन्ना भैया पुरस्कारका ब्रह्म हुन् । यिनी पुरस्कारका अलि बाबा हुन् । यिनले ‘खुल जा सम् सम्’ भन्नासाथै जस्तै ऐरे-गैरे-नत्थुखैरे साहित्यकारको खप्परमा पुरस्कार नजुरी धर छैन । यस्ता लबरपाँडेहरूको खप्परमा पुरस्कार जुड़े पछि इन्द्रेको बाबु चन्द्रे आए पनि केही लछारपाटो लाउन सक्ने होइन । यिनैको सही सही यिनैको बिसही बिसही । हाम्रा मुन्ना भैया पुरस्कारका ठेकेदार मात्र होइनन् यिनको नाक र मुख नहुँदो हो ता यिनी पक्कै चिनियाँकै देवता भइसक्थे । धन्य चिनियाँका देवता भएका छैनन् । चिनियाँका देवता नभई ता मुन्ना भैया यस्ता छन्…  कथङ्कल यिनी चिनियाँका देवता भएका भए यिनको हातमात्र होइन तल पाउदेखि घूँड़ा, घूँड़ादेखि फिलासम्मै, अर्कोतिर चाक, नाक-मुख आँखा सबैनै पुरस्कारको घिउमा डुबिसक्थे । त्यति मात्र होइन तपाईँ-हामीजस्ता लुइँतामे, झोले, धूपौरे, पुच्छरे साहित्यकारको मुखभित्र कुभिण्डो हालिसक्थे । रुपियाँमा बाह्र आनाको मुखभित्र कुभिण्डो घुसार्दै निकाल्दै-घुसार्दै निकाल्दै गरेको देखिन्छ । सबै मौन छन्…आय्या आत्था केही छैन । मुन्ना भैयाले जस्तो तालमा मादल बजाउँछन् उस्तै तालमा नाच्नेहरूको सूची नै मसित छ । त्यस सूचीभित्र तपाईँ र मेरो नाम पनि परेको छ भन्न सकिन्न । 

त्यतिमात्र होइन, हाम्रा मुन्ना भैया साहित्यको फाँटमा बदनाम भए पनि यिनलाई लुतो कनाइ केही देखिन्न । यिनी धेर बोल्दैनन्….नबोलेरै यिनलाई मननपर्नेलाई थला पार्छन् । तर यिनी भित्र-भित्रै थला परिसकेको यिनलाई र यिनका कूल देवताबाहेक एउटै खाटमा अँगालो मारेर सुत्ने स्वास्नीसमेतलाई थाहा छैन । यिनी आफूलाई पुरस्कार विधाता ठान्छन् । र ता  यिनको वरदान पाएपछि खप्परमा पुरस्कार नजुरी धर छैन । विधाताको हातमा भाग्य लेख्ने मसी हुन्छ, यिनको हातमा पुरस्कार लेख्ने ल्याप-टप छ । भावी (विधाता)ले सुनको कलम लिएर सुनकै मसीले पुरस्कार लेख्न आए पनि कुनै लछारपाटो लाउन सक्ने होइन तपाईँ र मेरो पुरस्कारको भाग्य लेखिदिने भालू बाँसको कलम यिनै मुन्ना भैयाको हातमा छ । उहिले हामी गाउँथ्यौँ –

“लेख लाई भावी मेट लाई को

आफ्नो आफ्नै लहना हो

बुझ है जीवन यस्तै हो….(जितेन्द्र बरदेवा)

वर्तमान पुरस्कारको  बजारमा यसै गीतलाई यसरी गाउनुपर्ने समय आएको छ –

“मुन्ना भैया बिना पुरस्कार कहाँ 

विधाता भावी फ्लप यहाँ…

बुझ है मुन्ना भैया अल इन अल यहाँ…..

हिन्दू वेद, पुराण अनि अऩ्य स्मृति ग्रन्थमा देवताहरूले साधारण मानिस, दानव, दैत्य या राक्षसहरूलाई वरदान दिएका उल्लेख पाइऩ्छ । कहीँ-कहीँ ता देवता आफैले देवताहरूलाई दिएका वरदानको समेत उल्लेख पाइन्छ । यो कलियुगमा देवताहरूले दिने वरदान ओझेलमा परेको देखिए पनि हाम्रो यतातिर पुरस्कार वरदानले निकै  बजार पाएको देखिन्छ । यो पुरस्कार वरदान प्रदान गर्ने टेण़्डर हिजोआज मुन्ना भैयाको मुट्ठीभित्र बन्दी छ । मुन्ना भैयाले चिताए कि बिताए । गत ३६५० दिनदेखि यी हाम्रा मुन्ना भैया अविराम ह्याम्लिनको बाँसुरी फुकेर काखी चेपाइ र पुरस्कारको भाका फलाक्दै राँटो लाइरहेका नदेख्ने विरलाकोटि पाइएलान् । 

बीसौं शताब्दीमा फ्रान्सका सर्वप्रमुख दार्शनिकको पगरी गुँथ्ने अनि अस्तित्ववादका जन्मदाता जो-पाल सार्त्रे (२१ जून १९०५, प्यारिश, फ्रान्स – १५ अप्रेल १९८०, प्यारिश, फ्रान्स)-को भाग्यमा नोबेल पुरस्कार (१९६४) जुरे पनि  ज्याँ-पाल सार्त्रे (Jean-Paul Sartre)-ले साहित्यमा नोबेल पुरस्कार वरदान फिर्ता गरे । नोबेल पुरस्कारजस्तो उच्च दर्जाको पुरस्कार फिर्ता दिँदै उनले भनेका थिए – “यस्तो खाले सम्मानले व्यक्तिहरूमाझ असमानता सिद्ध हुन्छ ।” साहित्यमा नोबेल पुरस्कार उनको निम्ति थोत्रे पुरस्कार हो भन्ने स्पष्ट हुन्छ । 

दार्शनिक सार्त्रे पुरस्कारको लोभी थिएनन् । साहित्यमा नोबेलजस्तो उच्चकोटिको पुरस्कार पाउनको निम्ति उनले कहिल्यै कसैसित जदौ हजूर गरेनन् । कसैको झोला बोकेनन् ।  पुरस्कार वरदानको निम्ति कसैको पूच्छरे भएनन्, कसैको धूपौरे भएनन् न ता कसैलाई लोलोपोतो नै गरे । किनभने ढीट, स्वाभिमानी सार्त्रेको रगतमा हाम्रा यताका पुरस्कार लोभी साहित्यकार (सबै होइनन्)को जस्तो  खुसामदी रगत पटक्कै थिएन । साहित्यजस्तो पवित्र शास्त्रसमूहलाई खेलाँची ठानी पुरस्कारको निम्ति दौड़को चलखेल संसारभरिकै साहित्यमा व्यापक मात्रामा नदेखिएको होइन । सार्त्रे नोबेल पुरस्कारको दौड़धूप गरेका इतिहास अाजसम्म मैले पढ़ेको छैन । तपाईँ-हामी साहित्यकारहरू चाहिँ पुरस्कारको दौड़धूपमा हाँप् कि झाँप् गरेरदौड़ मात्रै किन दौड़ सँगसँगै धूप लाउने वा बाल्ने ताकमा प्रायः जसो साहित्यकार हाँप र झाँप गरेको देखिन्छ । अचेल ता पुरस्कारको राशि पनि मोटो न मोटो डस्नाजस्तो भएकाले मोटो डसनामा लड़ीबड़ी गर्ने जल्पना-कल्पनामा साहित्यकार महोदयले मुन्ना भाइको चरण स्पर्श गरेको पनि देखिन्छ ।  

तर हाम्रो यतातिरका एक-दुईजनाको खुसमादी रगतले  पुरस्कारजस्तो बहूमूल्य अनि पवित्रीय सम्मानलाई अपवित्र बनाएको कुरा कतै लुकेको छैन । तीनै खुसमादी रगतहुनेको रगतले मातिएर मुन्ना भैया पनि धृतराष्ट्रको पगरी गुँथेर उनकै पूच्छरे, धूपौरेलाई पुरस्कार वरदान दिन चुकेका छैनन् । पूच्छरे, धूपौरेहरूको जदौ, हजूरनिम्ति खिन्छ ।  वरदानको निम्ति मुन्ना भैयालाई खुशी पार्न किसिम रणनीति अपनाउँछन् । कुल देवता बिग्रियोस् लुतो कनाइ केही छैन मुन्ना भैया खुश पुरस्कार कन्फर्म्ड । पुरस्कार दिने र लिनेहरूको सिकसिकाउँदो गति र मति देखेर सार्त्रेले प्याच्चै भनेका छन् – “पुरस्कार भनेको आलुको बोरा हो…म आलुको बोरा  बोक्न चाहन्नँ ।”

पुरस्कार छनौटको क्रममा भूइँसूचीमा नाम नपेर पनि मुन्ना भाइका दलालहरू आफ्नै खेमाका बन्धुको नाम भूइँसूचीमा राखी सही गराउन घ-घरमा पुग्ने देशान हाम्रो यतातिर पनि आएको देखिन्छ । चर्चित पुरस्कार दिने चलनमा पनि साम्यवादको नङ्गा फैलिएको देखिँदोछ । यसैले विश्वका बग्रेल्तै प्रसिद्ध पुरस्कारलाई सिस्नु पानी लाउँदै अदिल जुस्सावालाले पुरस्कार चयन समितिका सिङ्साँढ़े चयनकर्तालाई A failure judgement भन्नु मात्र होइन नोबेल पुरस्कार दिने चलखेललाई Making, Judging and Faking को आख्या दिएको पाइन्छ । जुस्सावालको सिर्कनु खोसेर हाम्रा यताको चर्चित पुरस्कार चयनकर्तालाई पनि सोड़क्याउने समय आएको छ । भूइँसूचीमा नाम नपरे पनि पुरस्कारको भागीदार हुनु नौलो कुरो होइनजस्तो लाग्छ ।   हाम्रो यतातिर आलुको बोराजस्तो पुरस्कार बोक्न तम्सिने साहित्यकार नहोलान् भन्न सकिन्न । विश्वका धेरै चर्चित पुरस्कारलाई व्यंग्य गर्दै आफ्नो एक लेखमा पुरस्कार समितिहरूलाई ‘अ फैलियर अफ जज्मेन्ट’ भनेका छन् भने उनले नोबेल पुरस्कार दिने चलनलाई समेत मेकिङ, जजिङ र फेकिङ भनेका छन्। वर्तमान पुरस्कार पाउने होड़मा दौ़ड़धूप गर्नेको भाग्यमा आफ्नो नाम भूइँसूचीमा नपरे पनि पुरस्कारको लेबल टाँसेर हात्तीजस्तै लमक-लमक हिँड़ेर छेउछाउमा भएका स-साना रुखका हाँगा भाँचेर हिँड़्दा हामी बिलखबन्द पर्ने कामै छैन । यी पुरस्कार प्यासीले भूइँ सूचीमा नामै नभएर पुरस्कारको भागीदार भएजस्तै गोपालप्रसाद रिमालले सन् १९६२ (वि. सं. २०१९)- मा ‘आमाको सपना’-कविता सङ्ग्रहको पाण्डुलिपि मात्रै बुझाएर मदन पुरस्कार हत्याएका थिए । थाहा लागेनुसार, ‘आमाको सपना’-को पाण्डुलिपिमा गोपालप्रसाद रिमालको अनुमति लिएरै मदन पुरस्कारको निम्ति शङ्कर लामिछाने र तारानाथ शर्मा (ताना शर्मा)-ले गोपालप्रसाद रिमालको कीर्ते सही गरी पाण्डुलिपि सम्बन्धित विभागमा सुपुर्द गरेका थिए । फरक के रह्यो र यता र उताको पुरस्कारको कुरा । नेपालतिर पाण्डुलिपिले मात्रै पनि पुरस्कार हत्याउँदारहेछ अनि यता हाम्रो भारतमा भने पुस्कारको भूइँसूचीमा नामै नपर्नेको पनि भाग्यमा पुरस्कार जुर्न थालेको देखिन्छ । मदन पुरस्कारको निम्ति गोपालप्रसाद रिमालका लामिछाने र ताना शर्माको सिंहभाग भूमिका थियो भने यता भूइँसूची (ground list)-मा नामै नपरेकालाई पुरस्कारको लेबल टँसाउनमा हाम्रा जेठा मुन्ना भैया मात्र होइन माइँला मुन्ना भैया, साइँला मुन्ना भैया, काइँला मुन्ना भैया. ठाहिँला मुन्ना भैया, अन्तरे मुन्ना भैया, जन्तरे मुन्ना भैया, लखन्तरे मुन्ना भैया र पानीमन्तरे मुन्ना भैया आदिको भूमिका रहेको सुइँको लागेको छ ।

पुरस्कार जालिम छ । यसले चोरलाई साधु अनि साधुलाई चोर बनाउँछ । सबै पुरस्कार हत्याउने दाउमा हुन्छन् । यसैले पुरस्कार भन्ने कुरो नै नेपोटिज्म, ग्रुपिज्मको दलदलमा जाँकिएको देखिन्छ । हिन्दी फिल्म जगत्‌का लब्धप्रतिष्ठित अभिनेता श्रृषि कपूरले ५० वर्षअघि ३० हजार रुपियाँ दिएर फिल्म  फेयर एवार्ड किनेका थिए भन्ने कुरो यिनैद्वारा लिखित  आत्मजीवनी ‘खुल्लम खुल्लाः श्रृषि कपूर अनसेन्सर्ड’ नामक आत्मजीवनीमा हाकाहाकी उल्लेख गरेको पाइऩ्छ ।

पुरस्कारको लागि एकजना स्रष्टा, सर्जक कतिसम्म तल झर्न सक्दोरहेछ भन्ने कुरा नाङ्गोझार भइसकेको छ । श्रृषि कपूरहरूलेजस्तै अरुले पनि पैसा दिएर पुरस्कार किने पनि हाम्रो यतातिर पैसा दिएर पुरस्कार किन्ने देशान चलेको छैन भन्ने मेरो दाबी छ । तर हाम्राहरूलाई पुरस्कार किन्ने देशान नलागे पनि मुन्ना भैयालाई खुसी पार्न तिनको झोला बोकिदिने, हावाजहाजको टिकट काटिदिने, फूल-अछेता चढ़ाउने र मुन्ना भैयाहरूमात्र होइन तर तिनका परिवारसमेतलाई आफ्नै खर्चमा राजकीय होटलमा राखी, राजकीय भ्रमण गराई पुस्कारको लेबल टाँस्नेहरू पनि नदेखिएको होइन । जे होस्, श्रृषि कपूर आज पनि बाँचेका हुँदा हुन् ता कस्सम श्रृषि कपूरलाई भेटी पैसा दिएर पुरस्कार हत्याउने ट्याक्टिक्स सिकेर म पनि मुन्ना भैयालाई मोटो रकम तिनको चरणमै राखेर पुरस्कार नलिई छोड़्ने थिइऩँ । लुखास्त पुरस्कार पाएँ पाएँ नि…कसले के गर्छ…हाम्राहरू केही बोल्न सक्ने होइनन्…भित्रभित्रै गनगन् गऱ्यो…त्यसपछि चूप ।

पुरस्कार भनेको योगदानलाई कदर गरिनु हो । तर यहाँ योगदान होइन मुख हेरेर पुरस्कार दिने चलन शुरु गरेका छन् मुन्ना भैयाहरूले । यसैकारण ता योगदानलाई कदर नगरी निकै अबेर गरेर पद्मश्री प्रदान गर्दा डा. हरिवंश राय बच्चनले पद्मश्री ग्रहण गर्न अस्वीकार गरेका ज्वलन्त उदाहरण हामीसित छ । 

पुरस्कार वा सम्मान भनेको ता स्रष्टा वा सर्जकको सही मूल्याङ्कन गरिनु हो । तर हरदर साहित्यकारको जदौ-हजूरी, खुसामदी रगत प्रयोग, छलबल, साम-दाम-दण्डभेद प्रयोग गरी मुन्ना भैयाजस्ता पुरस्कारका ठेकेदारको चाकरी गर्ने दस्तूरले हिजोआज प्रदान गरिने पुरस्कार पगली आइमाई धोतीजस्तो देखिन थालेको छ । 

जे भन्नोस्, सही मूल्याङ्कन नगरी पुरस्कार दिइनुमा मुन्ना भैयाकै सिंहभाग हात रहेको स्पष्ट देखिन थालेको छ । यिनै मुन्ना भैयाकै कारण हाम्रो यतातिरको पुरस्कार बदनाम छ । तरै पनि मुन्ना भैयालाई यो बदनामबारे लुतो कनाइ केही देखिँदैन । यस्ता मुन्ना भैयालाई तुरुन्तै साहित्यिक बहिष्कार गर्नुपर्ने समय आएको छ । नत्र यिनले औंलो दिँदा डुड़ुल्नो मात्र होइन कुहिनासमेत निल्न बेर लाउँदैनन् ।

मुन्ना भैयाको सदबुद्धि पलाउऩ् । फेरि उनै मुन्ना भैयालाई सम्झेर निम्न गीत भट्याउन मनलाग्यो –

”मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये

मुन्ना के  गाल गुलाबी

नैन शराबी, चाल नवाबी रे

मै झण्डु बाम हुई

डार्लिङ तेरे लिये…….”

”पुरस्कार बदनाम हो गई

जालिम मुन्ना के  लिये…..

‘मुन्ना’ बदनाम हो गइल्…..

जालिम ‘पुरस्कार’- के खातिर…

मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये

पुरस्कार बदनाम यहाँ 

जालिम मुन्ना ट्याक्टिक्सले

मुन्नाको चाल खतरा 

मुन्नाको ढाल खतरा

पुरस्कार झण्डु बाम हुई

मुन्ना तेरे लिये ।

पुरस्कार बदनाम भयो 

जालिम मुन्नाको ह्याँकुला मिचाइले

‘मुन्ना’ बदनाम हो गइल्…..

जालिम ‘पुरस्कार’- के खातिर…”

लेखक परिचय

कृष्ण प्रधान
कृष्ण प्रधान
+ पोस्टहरु

भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com

  • कृष्ण प्रधान
    https://shabdasopan.com/author/krishnapradhan/
    तिप्लिङ्गी
    जेष्ठ ७, २०७८
    महाकवि देवकोटाको 'तिप्लिङ्गी' खण्डकाव्यः जातीय जागरणको शङ्खघोष
  • कृष्ण प्रधान
    https://shabdasopan.com/author/krishnapradhan/
    नाक
    जेष्ठ ९, २०७८
    नाक (हास्यव्यङ्ग्य निबन्ध) - कृष्ण प्रधान
  • कृष्ण प्रधान
    https://shabdasopan.com/author/krishnapradhan/
    कोरोना
    जेष्ठ १३, २०७८
    कोरोना पिस्तोल - कृष्ण प्रधान
  • कृष्ण प्रधान
    https://shabdasopan.com/author/krishnapradhan/
    महाराणा प्रताप
    जेष्ठ १९, २०७८
    महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप
Share27Tweet17Share5Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

कोरोना

कोरोना पिस्तोल – कृष्ण प्रधान

जेष्ठ १३, २०७८
नाक

नाक (हास्यव्यङ्ग्य निबन्ध) – कृष्ण प्रधान

जेष्ठ ९, २०७८
भैरव अर्याल

भैरव अर्याल : नेता नम्बर एक सय एक

चैत्र २३, २०७७
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातकाे कविता – एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता

फाल्गुन २४, २०७७
नवराज जोशी

बृहत् अर्थशास्त्र विश्लेषण : विधि समीक्षा – नवराज जोशी

असार ४, २०७८

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?