• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शुक्र, अशोज ५, २०८०
Fri, September 22, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान जीवनी

जी छिरीङ: धेरै लेखे, कमैले सम्झिए

■ शरद प्रधान
साउन ९, २०७८
178 2
A A
109
SHARES
546
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

नेपाली साहित्यको वर्तमान गर्विलो इतिहास बनाउनका निम्ति कैयन् साहित्यकारहरूको योगदानलाई नकार्न सकिँदैन तर केही सीमित व्यक्तिहरू मात्र चर्चा हुनु आफैँमा एउटा ठूलो विडम्बना हो । यो हुनुमा साहित्यको गहन अन्वेषण गर्नेदेखि साधारण पाठक समान रूपमा दोषी छन् भन्दा अतिशयोक्ति नहोला । समालोचकहरूले सीमित घेरामा मात्रै बसेर साहित्य विमर्श गरिएको देखिएको छ जसले गर्दा साधारण पाठकले उनीहरूको विषयमा जान्ने कुनै अवसर पाएन । ठेलीका ठेली समालोचनाको पुस्तकहरूमा केवल सयजना जतिको साहित्यकारहरूको मात्र चर्चा हुनु कुनै अनौठो कुरा होइन । प्राज्ञिक थलोदेखि विश्वविद्यालयसम्ममा विस्मृतमा परेका साहित्यकारहरू चर्चा नहुनुले यो पुष्टि हुन्छ । चिनजान, शक्ति र स्रोतको भरमा निस्केको पुस्तकहरूले चर्चा पाउनु अस्वाभाविक मान्न सकिन्न चाँहे ती नेपालबाट प्रकाशित भएको होस या प्रवासबाट । यस्तै एक विर्सिएको कथाकार एंव कवि हुन जी छिरीङ । सानैमा उनको कथाहरू पढेको तर उनी कुनै पुराना पुस्ताको लेखक जस्तो अनुभूत हुन्थ्यो । कारण उनको जीवनी र कृतिको बारेमा कमै चर्चा हुने गरेको देखिन्छ । कमैलाई मात्र उनको अस्तित्वको बोध हुन्थ्यो ।

लेप्चा समुहको प्रतिनिधित्व गर्ने जी छिरीङको मातृभाषा लेप्चा भए पनि सन्त रोबर्ट्स विद्यालय पढ्दा उनका गुरु कर्म लामाको प्रेरणाले उनी नेपाली साहित्य प्रवेश गर्छन् । सन्त रोबर्ट्स विद्यालय १९४१ मा म्याट्रिक पास गर्नु एक वर्ष पहिले नै खोजी पत्रिकामा उनको एउटा लेख “स्मरण रहोस्“ प्रकाशमा आउँछ । विद्यालयमा सहपाठी थिए बिर्सिएको संस्कृति पुस्तक लेखेर साहित्य अकादमी पुरस्कार पाउने लोकवार्ताकार, कथाकार एवं नेपाली लोक साहित्यका प्रसिद्ध लेखक एम. एम. गुरुड । जी छिरीङ नेपाली साहित्यमा प्रवेश गर्दा रूपनारायण सिंह, लैनसिंह बाडदेल, शिवकुमार राई, इन्द्र सुन्दास, परशुराम रोका, अच्छा राई रसिक आदिले कथा साहित्यलाई धनी बनाइरहेको थिए भने कवि वीरेन्द्र, दान खालिङ, सावित्री सुन्दास, अगमसिंह गिरी, नरेन्द्रप्रसाद कुमाई, कवि ध्रुवले भर्खरै प्रवेश गरेका थिए कविता लेखनमा । उनका समकालिनमा गनुसिंह गुरुङ, हरिप्रसाद ‘गोर्खा’ राई, देवकुमारी सिंहा, नीलम प्रधान, भाइचन्द प्रधान, हरिश बमजन, एम. एम. गुरुङ, देवप्रकाश राई, प्रकाश कोविद, अगमसिंह गिरी, अच्छा राई ‘रसिक’ आदि पर्दथे ।

जी. छिरीङले लेखेका अनेकौँ कथा, कविता, निबन्धहरू त्यसबेलाका निकै प्रसिद्धि कमाएको साहित्यिक पत्रिकाहरू जस्तै गोर्खा, उदय, साथी, भारती, हिमाल किशोर, सैनिक समाचार, प्रतिध्वनि, दियालो, दीयो र बिन्दुमा प्रकाशित भएको पाउँछौँ । उनको प्रथम चरणको सृजनशीलतामा कवितालाई नै बढि जोड दिएको पाउँछौँ । वनारसबाट काशीबहादुर श्रेष्ठको सम्पादकत्वमा प्रकाशित हुने उदय-ले सन् १९३७ देखि १९६६ सम्म सयौँ साहित्यकारहरू जन्माए नेपाल र भारतमा । त्यो पत्रिकामा जी छिरीङको पनि प्राथमिककालका कविताहरू प्रकाशित भएको छ । “अधिकार“ कविता उदय-को वर्ष ८, किरण ८-१०, २००२ जेष्ठ-श्रावण, जुन-अगस्त १९४५ अंकमा प्रकाशित भयो भने ‘गीत’ कविता उदय-को वर्ष ८, किरण ११-१२, २००२ भाद्र-आश्विन, सितम्बर-अक्टोबर १९४५ अंकमा प्रकाशित भएको छ । यसैगरी “श्रावनको बादल“ नामक कविता उदय-को वर्ष ११, किरण १०-१२, २००५ श्रावन-आश्विन, अगस्त-अक्टोबर१९४८-मा छापिन्छ भने “सरयू“ कविता उदय-को  वर्ष १२, किरण ७-८, २००६ वैशाख-जेष्ठ, मई-जुन १९४९  निस्केको पाउँछौँ ।  भारती-को  वर्ष ७ जनवरी १९५६(पुस २०१२)मा उनको कथा “मानिस“ प्रकाशित भएको छ । यसैगरी उनको “भुइँचालो“ कथा –को  वर्ष ७ अप्रिल-मई १९५६(चैत-वैशाख २०१२-२०१३)मा छापिएको थियो । उनको मृत्यु भएको ९ वर्ष पछि प्रकाशित हुन्छ उनको कविता संग्रह “सतरञ्ज“ बिन्दु प्रकाशन(आसाम) बाट सम्पादक के.बी. नेपालीको पहलमा । यो पुस्तकको समीक्षा गर्दै प्रसिद्ध साहित्यकार शरद छेत्री बैंशालु-को जी० छिरीङ स्मृति विशेषांक (वर्ष २२ अंक २ पूर्णाङ्क ६७ सितम्बर १९९६) मा लेख्छन्,” कविता संकलन “सतरञ्ज“ भित्रका अन्य तीव्र व्यङ्ग्ययुक्त  कविताहरूमध्येमा ‘शंकर-स्तुति‘ (बिन्दुमा पूर्वप्रकाशित) र ‘संघर्ष‘ (‘दियालो’-मा पूर्व प्रकाशिन) पनि  चर्चित कविताहरू हुन् । तर व्यङ्ग्यचित्र कोर्नमा मात्र स्व० जी० छिरीङको सम्पुर्ण परिचय सीमित छैन । गद्यलेखनमा झैँ पद्यलेखनमा पनि सरल र सहज शब्दहरू लिएर समाजका कुरीति र विषमतालाई सक्दो आलोचना तिनीबाट भाको छ । समाजको निम्नस्तर तहका मानिसहरूको सुखदुःखका क्षणहरू कतै चित्रित छन् भने कतै-कतै तत्कालीन प्रचलित स्वच्छन्दतावादी धारामा प्रभावित कविताहरू पनि  लेखिएका छन् । यसप्रकार आफ्नो चालीस वर्ष लामो साहित्यको सिर्जना-यात्रामा स्व जी छिरीङ अनेकौं स्टेशनहरूमा अनेकौं रंग र तरंग स्पर्श गर्न पुग्नुभएका छन् । तरै पनि निचोडमा भने सुकोमल प्रकृति र मिलनसार स्वभावका स्व० जी० छिरीङ शान्तिका पक्षधर बुझिन्छन् । युद्धप्रति तिनको तीब्र घृणा थियो जुन भाव ‘सतरञ्ज ‘शीर्षकको कवितामा प्रष्ट देखिन्छ । “

गद्य साहित्यमा उनको राम्रो दखल थियो जसको दृष्टान्त सन् १९६० मा गुमानसिंह चामलिंगद्वारा सम्पादित साहित्य संगम-को प्रथम अंकमा  प्रकाशित रचना ‘व्यक्तित्व निर्माणमा माताको हात‘  र  चन्द्र शर्माद्वारा सम्पादित ‘हाम्रो अस्तित्व‘-को सन् १९८५ को पूणोड ३३ मा प्रकाशित ‘युवा शक्ति’ पाउन सक्छौँ ।  ‘प्रक्रिया’ पत्रिकाको वर्ष ८, अंक १३ ( वि.स. २०५१) मा के बी नेपाली ‘कवि जी छिरीङ: एक देन‘-मा लेख्छन्,” महारथी विद्यावारिधि पारसमणिज्युको संसर्गमा रहेर मणि प्रिन्टिङ प्रेसमा कार्यरत रहेर दिन जीवन काट्दै साहित्यमा कलम चलाइरहेको फलस्वरूप उहाँले पुस्तक आकारमा सानीमा (नाटक, सन् १९६२) स्वामी प्रबुद्धानन्द जीवन चरित्र, नव- साहित्यकार जीवनी, कलाकार (कथासंग्रह), युद्ध र शान्ति (उपन्यास, सन् १९६८), वीर पुजा (कविता संग्रह), सतरञ्ज कविता संग्रह दिनु भएको छ नेपाली साहित्यको ढिकुटी भन !”  उनको उपन्यास यात्राको परिधिभित्र उनको मृत्युपछि सन् १९८३-मा छापिएको थियो । उनको नाटक  रक्तसिन्दुर सन् १९६४-मा नै प्रकाशित भइसकेको थियो ।”

भारती पत्रिकामा कुल १०८ अङ्कका प्रकाशनकालमा श्री जी० छिरीग- का ३८ रचनालगायत तिनका समसामयिक पत्र-पत्रिकाहरूमा आफ्ना रचनाहरू प्रकाशित भएको छ । भारती बाहेक उनको कथाहरू  कथा-भारती ( जेठो भाग ),  हाम्रो संसार, साहित्य-संगम, प्रतिध्वनि, नेपाली अकादमी पत्रिका, कमल, संवेग, हाम्रो अस्तित्व, पूल्ठो, दियालो र गोर्खामा प्रकाशित भएको पाउँछौँ ।

तपाईंलाई यो पनि मन पर्न सक्छ

कमला सांकृतायायन

कमला सांकृत्यायन: साधारण जीवन, असाधारण विदुषी

साउन २९, २०७८
लू शुन

क्रान्ति र जागरणका सर्जक: लू शुन – ईश्वर बुढाथोकी

साउन १०, २०७८
देउमान आङदेम्बे

देउमान आङदेम्बे: पहिलो लिम्बू मन्त्री – मधुराज केरुङ

साउन २, २०७८
देउमान आङदेम्बे

 देउमान आङदेम्बे: पहिलो लिम्बू मन्त्री -­ मधुराज केरुङ

साउन २, २०७८

पारसमणि प्रधानको नजिक रहेर होला जी छिरीङका कथाहरू भारती-को शुरुवाति कालमा प्रकाशित भएको पाइएका छन् । उनको कथाहरूमा ‘विवेचना’ –भारती वर्ष २ अंक ८,( सन् १९५०), ‘चुँडेल’- भारती वर्ष ३, अंक ३ ( सन् १९५१), ‘पर्दापछि’ –भारती वर्ष ४ अंक १ ( सन् १९५२), ‘किन?’ –भारती वर्ष ४, अंक २, (सन् १९५३), ‘सानीमा’- भारती वर्ष ४ अंक ३ ( सन् १९५३, ‘कविताको भूत’- भारती वर्ष ४, अंक ५ ( सन् १९५३), ‘सिन्दुर’- भारती वर्ष ४ अंक ३( सन् १९५३) मा प्रकाशित भएको इतिहास छ । पारसमणि प्रधानको मणि प्रिन्टिङ प्रेसमा लामो समय काम गर्नु भएको जी छिरीङ माथि नगेन्द्रमणि प्रधानले ‘बैशालु’-को जी छिरीङ विशेषाङ्कमा लेख्नु भएको संस्मरणात्मक  लेख “कतै बिर्सिएलाः साहित्यकार स्व. जी. छिरीङ” निकै मनन योग्य छ । त्यस लेखमा जी छिरीङको मणि प्रिन्टिङ प्रेसमा प्रवेश देखि भारती–मा कथा लेखनसम्म उल्लेख गरिएको छ । उनी लेख्छन्, “भारती– नेपाली मासिक पत्रिकाको प्रवेशांक निर्धारित समयमा प्रकाशित भयो। अब सम्पादक महोदयले ग्ये छिरीङ भाइलाई आगामी अङ्कहरूका निम्ति एक-दुइ लेख ( कुनै विधामा ) लेख्न लाउनुभयो । आदेश अनुसार भाइले पनि एउटा पत्रात्मक लेख शीर्षक “भाइको पत्र“ लेखी सम्पादक महोदयका हातमा टक्रयाए । अघि भाइलाई आफ्नो छेउमा राखी प्रेषित लेख पढ़दै यसमा भएका त्रुटिहरू औंल्याउँदै अनि शिक्षकले विद्यार्थीहरूलाई पाठ बुझाए झैँ बुझाउँदै लेख संशोधन गरिसकेपछि ग्ये छिरीङ भाइलाई ‘श्यावास !’ भन्नुभयो अनि मलाई भाइको यो लेख भारती-मा छापिदिनू भन्ने आदेश दिनुभयो । यसरी नै सिकारु युवा लेखक श्री ग्ये छिरीङ लेप्चा ( पछि “जी० छिरीङ’-ले नेपाली साहित्य संसारमा चिर परिचित हुन्छन् ) लाई भारती का सम्पादक महोदयले लेख, कथा आदि लेख्ने प्रेरणा र प्रोत्साहन दिनुभयो धेरैपछि सम्म । यतिमात्र होइन उहाँले जी० छिरीङ भाइलाई कथा, निबन्ध, नाटक आदि विधामा लेख तयार गर्न आफ्ना पुस्तकालयबाट विशेष पुस्तकहरू पढ्न दिनुहुन्थ्यो । उहाँले पहिलो भेटमा ‘छन्द’-सित पनि भेट गराइदिऊँला भन्ने वचन दिनुभएको थियो । वचन पूरा गर्न ‘छन्द’-का सूत्रहरू सिकी कविता लेख्न सिकाइने पुस्तक ‘छन्दोहार‘-सित पनि भेट गराइदिनुभयो । जाँगरिलो जी. छिरीङ भाइले कथा, लेख, कविताहरू लेख्दै सम्पादक महोदयबाट उचित संशोधन गराई भारती नेपाली मासिक पत्रिकाको निम्ति श्रद्धासुमन चढ़ाउँथे–यी श्रद्धा-सुमन भारती-लाई ग्राह्य हुन्थे । यसरी भारती नेपाली मासिक पत्रिकामा जी० छिरीङ भाइका कमसेकम अठतीस रचनाहरू कथा, लेख, कविता, लोककथा, जीवनी आदि प्रकाशित भए। भारती-का अरू केही लेखकहरूलाई सरह ‘पारसमणि परिवार’-का तीन भाषिक संस्थान मणि प्रिन्टिङ प्रेस, भारती कार्यालय अनि पी० एम० प्रधान एण्ड सन्सले ‘जी. छिरीग’-लाई पनि उचित प्रोत्साहन दिन कथा-भारती (जेठो भाग)-मा उनका कथाहरू अनि सानीमा एकाङ्की नाटक निःशुल्क छापी प्रकाशमा ल्याइदिए ।“

मुर्धन्य समालोचक गुमानसिंह चामलिङ “दार्जिलिङ नेपाली साहित्यको पहिलो डेढ-दशक”– मा लेख्छन्,” जी. छिरीङका यी जम्मै कथा मूलतः समस्याप्रधान हुन् । व्यंग्यात्मकताले गर्दा “सिन्दुर“ बाहेक सबै कथा रोचक भएका छन् । “चुंडेल“-मा उनी टिप्पणी दिन्छन्- प्रस्तुत कहानी साना नानी सुताउनलाई होइन, तर पाठक-पाठिकालाई दुई मिनेट मनोरञ्जन दिलाउनलाई पेश गरिएको मात्र हो’ । नभन्दै उनका यी कथाहरू मनोरञ्जनात्मक नै भएका छन् । “पर्दापछि“-मा प्रेमिकाको नाठा खेलाउने बानी बसिसकेको तथ्योद्घाटन, ‘किन ?’-मा धनी-गरीब, जात-पातको बिहेमा प्रश्नप्रति व्यंग्य ‘सानीमा‘-मा सौतेली आमाको संकुचितताप्रति प्रहार, ‘कविताको भूत‘-मा कवि बन्न खोज्ने प्रकाशको बौहट्टीपनमाथि व्यंग्य र ‘सिन्दूर‘-मा प्रेमिकाको बिहे प्रेमी- सित नभई अर्कैसित हुने बाध्यता छन् ।”

सन् १९८०-मा नेपाली अकादमी दार्जीलिङले छापेको उहाँको पुस्तक ‘विश्व प्रसिद्ध केही यात्रीहरू‘ बाल साहित्यमा लेखिएको एक उच्चकोटिको कृति भएकोले बाल साहित्य योजनाअन्तर्गत साहित्य अकादमीले भारतका जम्मै भाषामा अनुवाद भएको छ । भारतका सबै भाषामा अनुवाद हुने यो नै पहिलो नेपाली भाषाको पुस्तक हुन गएकोमा दावी गर्नु हुन्छ के बी नेपाली ।

सन् १९६१-मा तेस्रो आयाम दार्जिलिङमा एउटा कार्यक्रम गरेर शुरु हुन्छ । कार्यक्रमको निम्तो पत्रमा कवि इश्वर वल्लभले लेखेका थिए- “बुद्धि भएका र कविता बुझ्ने मात्र आउनू कविगोष्ठीमा । नबुझ्ने नआए हुन्छ । हामीलाई बुझ्ने श्रोता चाहिन्छ, भीड होइन । भीडतन्त्रको विरोधी हामी हौँ ।  त्यहि प्रसंङ्गलाई जोडेर वैरागी काँइला नेपाल पत्रिकमा लेख्छन् एउटा लेख “वल्लभको निम्तोले लफडा” । यो लेखमा उनले जी छिरीङको प्रतिरोधको सुन्दर तिरकाले वर्णन गरेका छन् । उनी लेख्छन्, “तोकिएकै दिन गोष्ठीस्थल गोर्खा दु:ख निवारक भवनमा जम्मा भयौँ । आमन्त्रित सहभागी पर्खेर धेरै बेर बस्यौँ । अन्त्यमा एकएक गरेर तीन जना आए । अहिले म सबैको नाम सम्झन सक्दिनँ । एक जना थिए, त्यतिबेलाका नाम चलेका लेखक, कथाकार जी छिरीङ । मञ्चमा हामी जम्मा पाँच जना थियौँ । कोठगोष्ठी साहित्य–प्रतिष्ठानका सबै पदाधिकारी पनि थिएनन् । इन्द्रबहादुर राई, ईश्वरवल्लभ, एक जना पञ्जाबी फोटो पत्रकार/कवि मदहोश, वीरविक्रम गुरुङ र म । दर्शकदीर्घाबाट क–कसले के–के भने कुन्नि ! जी छिरीङले भनेको चाहिँ अलिअलि सम्झन्छु । उनले भने, “यो बुद्धि हुनेले मात्र सुन्ने कविगोष्ठी रे, होइन ? बुद्धि नहुने हामीलाई किन बोलाइयो त ? कविता बुझ्नेले मात्र आउनू भनेर निम्तो छापे तर कविता नबुझ्ने हामीलाई किन निम्तोपत्र पठाएको त ? कसले सुन्छ नबुझिने कविता तिमीहरूको ? को हौ आफैँ मात्र जान्ने र बुझ्ने भन्नेहरू ? भीड नचाहिने रहेछ, किन बोलाएको त मानिसहरू ?”

यी शब्द जी छिरीङको नभएर भाव मात्र हो । उनको कड्केको भनाइबाट ढुंगाले हान्लान् वा कुहेको अन्डाले हान्लान् जस्तो पनि लागेको थियो । तर, त्यसो भने भएन । अन्त्यमा, लगभग पाँच–दस मिनेट त्यसरी कराएपछि बुद्धि भएका जान्नेहरूले मात्र बुझ्ने, कविता नबुझ्ने बुद्धि नहुनेहरूले गोष्ठीमा बस्नुको कुनै औचित्य छैन भनेर बहिष्कार गर्छौ भन्दै ती तीनैजना सँगै बाहिर निस्के ।”

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित नेपाली कथाको इतिहासमा डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारी लेख्छन्, “सन् १९४०को दशकदेखि नै काथलेखनमा लागेका जी छिरीङको ‘कलाकार’ (सन् १९६७) शीर्षको कथासंग्रह प्रकाशित छ । प्रवृतिगत दृष्टिले उनी पनि भारतीय आधुनिक नेपाली कथा पूर्वार्द्धकै समयका प्रवृत्ति अँगाल्ने कथाकार हुन् ।”

भारती पत्रिकामा प्रत्यक्ष रूपमा आबद्धताको कारणले पनि उनको कथाहरू भारती-मा नै धेरै छापिएको पाइन्छ । यस विषयलाई कवि एंव समालोचक डा. जीवन नामदुङले सूक्ष्मदृष्टिले विवेचना गरेको छन् । डा. नामदुङले भारती-मा सन् १९५१ देखि सन् १९५६ सम्म प्रकाशित १८ वाट कथाहरूको शल्यक्रिया गरेका छन् आफ्नो लेख “जी छिरीङका कथागत् प्रवृति” मा । डा. नामदुङको सन् २००६ मा प्रकाशित समीक्षात्मक लेखसङ्ग्रह ‘उल्लेख’-मा त्यो लेख पनि समाहित भएको छ । उक्त लेखमा डा. नामदुङ लेख्छन्, “कथाकार जी० छिरीङका यी उन्नाइस कथामा पाइने गुण अवगुण,प्रभाव, परम्परा र प्रवृत्तिलाई टिप्पणीको रूपमै भए पनि यहाँ परिचयसम्म दिइएको छ ।  उनका समकालीन कथाकार को को थिए चिन्न पनि सजिलो भएको छ । उनका कथा प्रवृत्तिको पहिचान गराउन पनि उनकै उन्नाइस कथाले आधार प्रदान गरेका छन् । मूलरूपमा उनका कथागत प्रवृत्ति यस प्रकार छन्:

१. सामाजिक कथा प्रवृत्ति: सानीमा, शंका समाधान, किन, बहिनीला चिट्ठी, म भोकै थिएँ, सिन्दूर, टाइफोन, भुइँचालो, कलाकार, ४ नम्बर, तिनी फर्किलिन्, डायरीको एक पृष्ठ प्रभृति

२. ऐतिहासिक कथा प्रवृत्तिः प्रबुद्धको गृहत्याग, बुद्धत्व प्राप्ति

३. लोक कथात्मकता: परेवा

४. व्यंग्य कथात्मक प्रवृत्ति: छुड़ेल, पर्दा पछि र कविताको भुत

जी० छिरीङका कथागत प्रवृत्ति केलाउने क्रममा फेला पारिएका यिनको प्रवृत्तिहरूका प्रवृत्तिमूलक विकास र अन्तर्विकासप्रक्रियाले उनको कथाकार व्यक्तित्वलाई स्पष्ट रूपमा चिनाएको छ ।”

बैंशालु–को जी छिरीङ विशेषाङ्कमा सम्पादक कृष्ण खड्गा लेख्छन्, “उनी कवि, कथाकार, निबन्धकार, समालोचक, उपन्यासकार, कोशकार एवं शोधक थिए । उनको जन्म २७ अप्रेल १९२४ मा ह्रासा भिल्ला दार्जीलिङमा भएको थियो । शिक्षा- प्राप्तिको समयपछि, जीवनका संघर्षको पहिलो पाइला एम० ई० एस० कार्यालयबाट शुरू गर्नुभयो । त्यहाँबाट अवकाश लिएपछि आफ्ना जीवनका रहल एकतीस वर्ष उहाँले स्व० पारसमणि प्रधानको ‘मणि प्रिन्टिङ प्रेस’-मा बिताउनुभयो । यसै एकतीस वर्षको समयमा उहाँले नेपाली साहित्यलाई धेरै योगदान पु-याउनुभयो । उहाँले निराशावादी मात्र नभएर विश्वासी र आशावादी बनी कलम चलाएको कुरो उहाँका धेरै लेखहरूबाट जान्न सकिन्छ । यसैले जीवन दुःखपूर्ण रहे तापनि कलम चलाइमा सुख र शान्ति देखिन्छ । स्व० छिरीङका उपन्यास तथा लेखहरूले कहीँ देशप्रतिको कर्तव्य र भावनालाई बुझाउँदै देशप्रति हाम्रो भावना जागृत गरेका छन् । सोझा, साधारण, गम्भीर व्यक्तित्व, कम तर सटीक बोल्ने जी० छिरीङ आफ्नैपनमा बाँच्न रुचाउनुहुन्थ्यो । नयाँ कलम, उत्साही युवाहरूलाई प्रेरणा र प्रोत्साहन दिन उहाँ सधैँ अघि आउनुहुन्थ्यो । यसै प्रसंगमा बैंशालु-ले पूर्णांक १९ को ‘स्तरीय कथा-अंक’-मा उहाँको “धर्मग्रन्थ“ शीर्षक कथा छाप्ने सुयोग प्राप्त गरेथ्यो । कथाहरूको लहरमा हामी यस कथालाई उहाँको श्रेष्ठ कथा मान्न सक्छौँ । स्व० जी० छिरीङले जीवनको अन्तकालसम्म पनि लेखि नै रहनुभयो । २९ सितम्बर १९८० सोमवारको दिन दार्जीलिङको अस्पताल- मा ५४ वर्षको उमेरमा उहाँको निधन भयो । उहाँ जस्ता कर्मयोगी साहित्यकारलाई आजका युवा-पिढ़ीले पनि चिन्न र जान्न सकून् भन्ने उद्देश्यमा यो अंक ‘स्मृति विशेषांक’-को रूपमा श्रद्धासहित श्रद्धाञ्जलि चढ़ाउँदै प्रकाशित गरिरहेछौँ ।”

उनका प्रकाशित कृतिहरू यसप्रकारका छन्:

१. स्वामी प्रबुद्धानन्द महाराज (१९५४)

२. सानीमा (एकांकी नाटक) (१९६२)

३. रक्त-सिन्दूर (एकांकी नाटक) (१९६४)

४. युद्ध र शान्ति (उपन्यास) (१९६४)

५. नौ साहित्यकार (१९६४)

६. वीर-पूजा ( संक्षिप्त जीवनी)

७. प्रेम-पूर्णिमा (खण्डकाव्य)

८. लाप्चे जातिको संक्षिप्त परिचय (१९७१)

९. हिन्दी-लाप्चे शब्दकोश (१९७८)

१०. विश्वप्रसिद्ध केही यात्रीहरू (१९८०)

११. कलाकार (कथासंग्रह) (१९६६)

१२. यात्राको परिधिभित्र (उपन्यास) १९८३

१३. सतरञ्ज  (कवितासंग्रह) (१९८९)

जी छिरीङको कथाले न जीवन नामदुंगद्वारा सम्पादित तथा नेसनल बुक ट्रष्टले प्रकाशित स्वन्त्रोत्तरकालमा नेपाली कथाहरूमा स्थान पाए न दयाराम श्रेष्ठद्वारा सम्पादित तथा नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित भारतीय नेपाली कथाहरूमा नै । थोरैले मात्रै उनको कृतिहरूको समीक्षा गरे । उनको मृत्यपछि  कृष्ण खड्गाद्वारा सम्पादित बैंशालु-ले  जी० छिरीङ स्मृति विशेषाङ्क (वर्ष २२ अंक २ पूर्णाङ्क ६७ सितम्बर १९९६) प्रकाशित गरे । बैंशालुले उनले दिएको योगदानको कदर मात्र गरेनन्, उनलाई अमरत्व प्रदान गर्ने कार्य पनि गरे । विमातृभाषी भएर पनि नेपाल साहित्यलाई ठुलो योगदान दिने जी छिरिङ्गको उचित मूल्याङ्कन हुन जरुरी छ ।  सन २०१० मा साहित्य अकादमीले सचिन राई लिखित उनको जीवनी प्रकाशित गरेका थिए ।

बैशालुमा प्रकाशित यो सूचनामूलक जानकारीले उनलाई बुझ्न मद्दत गर्ने विश्वास लिएको छुः

“स्व०जी० छिरीङले आफ्नो हस्ताक्षरमा लेख्नुभएको आफ्नो परिचय-

नामः ग्ये छिरीङ (जी. छिरीङ)

ठेकानाः दार्जीलिङ

जन्म मिति: अप्रिल, १९२४

जन्मस्थानः ह्रासा भिल्ला, दार्जीलिङ

पहिलो रचनाः स्मरण रहोस ( लेख)

पहिलो प्रकाशितः “रचना स्मरण रहोस्” –खोजी पत्रिकामा

आफ्नो सबैभन्दा उत्तम रचना:-

कथा- शोभा

कविता- प्रणय-संगीत

लेख-नाटक- सानीमा

रचना लेख्ने कारण- साहित्यको सेवा

प्रेरणा- बहिनी सुर्यदेवी सुब्वा र एकजना सुहृदया।

[यहाँ स्व. जी. छिरीङले आफ्नो जन्म वर्ष १९२४ लेख्नुभए तापनि धेरै पत्रिकालाई आफ्नो छोटो परिचय दिँदा भने जन्मवर्ष १९२६ नै लेख्नुहन्थ्यो । यसैले यस स्मृति विशेषांकमा समावेश लेखहरूमा उहाँको जन्म-वर्ष १९२६ मानिएको छ । यो परिचय-पत्र त उहाँकै हस्ताक्षरमा भेटिएको हुँदा जस्ताको तस्तै प्रकाशित गराएका मात्र हौँ । सम्पादक ] “

यस लेखलाई पूर्णता दिनका निम्ति बैंशालुको सम्पादक आदरणीय दाजु कृष्ण खडगाले दिनुभएको सहयोगका निम्ति आभार प्रकट गर्दछु ।

लेखक परिचय

शरद प्रधान
वेबसाईट | + पोस्टहरु

पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।

  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    तारानाथ शर्मा
    चैत्र ६, २०७७
    तारानाथ शर्मा : प्रखर समालोचकदेखि सरल लेखकको यात्रा
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    धरणीधर कोइराला
    चैत्र १४, २०७७
    धरणीधर कोइराला : नेपाल-भारतको साहित्यिक सेतु
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    हरिभक्त कटुवाल
    चैत्र २७, २०७७
    हरिभक्त कटुवाल : सन्दिग्ध कालको जरासन्ध (सँस्मरण)
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    दिव्य खालिङः
    बैशाख ११, २०७८
    दिव्य खालिङ : संगीतकारको छविले ओझेलमा पारेको उम्दा गीतकार
Share44Tweet27Share8Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

कमला सांकृतायायन

कमला सांकृत्यायन: साधारण जीवन, असाधारण विदुषी

साउन २९, २०७८
लू शुन

क्रान्ति र जागरणका सर्जक: लू शुन – ईश्वर बुढाथोकी

साउन १०, २०७८
देउमान आङदेम्बे

देउमान आङदेम्बे: पहिलो लिम्बू मन्त्री – मधुराज केरुङ

साउन २, २०७८
देउमान आङदेम्बे

 देउमान आङदेम्बे: पहिलो लिम्बू मन्त्री -­ मधुराज केरुङ

साउन २, २०७८
अगमसिंह तामाङ

अगमसिंह तामाङ ‘अपतन’: सिक्किमे नेपाली साहित्यको सशक्त हस्ताक्षर -शरद प्रधान

असार २५, २०७८
मेलवादेवी

गीतसंगीतकी सगरमाथा थिइन् मेलवादेवी गुरुङ – सिरेन वान्तावा

जेष्ठ ३, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?