ज्याक हर्सम्यान
१९७० को दशकमा युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जेलसका चर्चित प्राध्यापक रहेका ज्याक हर्सम्यान बामपन्थी झुकाव र युद्धविरोधी गतिविधिका कारण विश्वविद्यालयबाट निस्काष्ति भए । अर्नेष्ट हेमिंगवेले उनको बारेमा “अ लेटर टु अ योगं राइटर” लेखेपछि चर्चामा आएका हर्षम्यान अमेरिकाको सान फ्रान्सिस्कोको “पोएट लरिएट” पनि घोषित भएका थिए । पुँजीवादले निम्त्याएका समस्याहरूका बारेमा खरो आलोचना गर्ने उनी पछिल्लो समय वल्ड{ पोएट्री मुभमेन्टका अन्तराष्ट्रिय संयोजक पनि थिए । १३ डिसेम्बर १९३३ मा न्युयोर्कमा जन्मिएका हर्सम्यानको देहवसान २२ अगष्ट २०२१ मा भएको थियो ।
आत्माको एउटा खुसी, एउटा आनन्द
प्रत्येक मानिसभित्र जिउँदै पुरिएको
र विर्सिइएको छ ।
यो कुनै भट्टीपसलको मजाक
वा कोमल र घनिष्ठ हास्य
वा मैत्रिय सद्भाव
वा गहिरो र प्रष्ट श्लेशालंकार होइन ।
उनीहरू उत्तरजीवीहरू हुन्
जिउँदै पुरिएर
खुसीले चियाउन छाडेपछि जेजे भयो
त्यो समयका ।
उनीहरूले वर्तमानको आँखाले हेरेनन्
र हामीमध्ये कोही मर्दा पनि
त्यसलाई प्रदर्शित गरेनन्
सबैथोक छाडेर हामीहरू निस्कियौँ, एक्लै
हामीमा जेजति छाडिएको थियो
त्यसबाट मानिस हुन खोज्यौँ
मानवीय नभइकनै
त्यो खुसी बिनै ।
( अनुवादक सिग्देल मूलत: निबन्धकार र कवि हुन् )