कृष्ण बराल पान्थरको पौवा सारतापमा १९९६ साल श्रावणको २५ गते सरस्वती लावती र खड्गविक्रम नेम्वाङको काइँलो सन्तानको रुपमा जन्मिएको ओझाङ हाङ, जब अध्ययनको सिलसिलामा इलाम झरे, तब पद्मोदय आदर्श हाई स्कूलमा तिलविक्रम नेम्वाङको नामले दाखला भएर अध्ययन गर्न थाले । सातौं कक्षासम्म इलाममै पढेर उच्च अध्ययनका लागि छिमेकी मुलुक भारतको ‘पहाडकी रानी’ कहलिएको दार्जेलिङ शहर पुगे । नेपाली भाषा बोल्नेहरूको बाहुल्य भएको उक्त शहरमा त्यतिखेर नेपालबाट अध्ययन गर्न जाने चलन नै चलेको थियो । नेपालका अन्य स्थानबाट पनि पढ्न जानेको लर्कै थियो । झापाबाट गणेशबहादुर प्रसाईं, काठमाडौंबाट ईश्वर बल्लभ पनि त्यहीं पुगेका थिए । संगत उनीहरूसँगको भयो । पठनपाठनबाट उभ्रिएको फुर्सद रामायण पाठ प्रतियोगिता, कोठेगोष्ठी, साहित्यिक कार्यक्रमहरूमा खर्च हुनथाल्यो । उनले शुरु–शुरुमा छन्दमा कविता लेखेर साथीभाइ माझमा सुनाए । लिम्बु सँस्कार पहाडको ग्रामीण परिवेसमा हुर्किएको लिम्बु ठिटोमा कुरकुरे बैंस पनि पलाएकै थियो । प्रेमकविता लेख्नु त स्वभाबिक नै थियो । उनले प्रेम कविता पनि लेखे ।
‘औंलाहरू चुमेर औंलाभरि सलाम ।
मेरो हजुरलाई आँखाभरि सलाम ।’
……………………………..
‘मेरो माया मफलर भए
बाँधी हिंड्थें गलामा, कृष्ण बराल
कैले काहीं त मन नहुँदा
टाँगी हिंड्थें किलामा ।’ कृष्ण बराल
घरबाट टाढा दार्जिलिङको डेराको बसाइ आफूले आफूलाई जिम्मा लगाएर आफै अगाडि बढ्नु पर्ने चुनौतिसँगै उनलाई आफ्ना दौंतर छिमल भन्दा छुट्टै उभिएर देखिने चाहा पनि हुर्किएको थियो । प्रेम सम्बन्धि कविता र गीतहरू साथी सर्कलमा लोकप्रिय हुँदै थिए । यस्तोमा पे्रम चक्करमा पर्नु स्वभाविक पनि ठहर्ला, सायद यिनी पनि उम्कन सकेनन् नै होला । घरमा काइँला भनेर सबैले बोलाउने गरेकै थिए । उपनाम राख्ने चलन फेसनै जस्तो भएर हुर्किएको थियो । छद्म नामबाट इतर साहित्य लेख्नु बाध्यतै जस्तो पनि थियो । प्रेमानुभूति, लहडबाजी, रहर अथवा बाध्यताले उनले आफ्नो घरमा बोलाउने काइँला नामसँगै ‘बैरागी’थपे र ‘बैरागी काइँला’ उपनामले सिर्जना गर्न थाले । त्यसपछि तिलविक्रम नेम्वाङ औपचारिक, सरकारी कामकाजमा मात्र सीमित रह्यो । ओझाङ हाङ त पहिलै नेपथ्यमा थन्किसकेकै थियो । बैरागी काइँला नाम नै स्थापित भयो, प्रख्याति कमायो र ति चम्किला घाम जस्तै उज्याला भएर नेपाली साहित्यकासमा हाम्रा सामु छन् । कृष्ण बराल
२०१४ सालदेखि सुरु भएको काइँलाको काव्यिकयात्रामा उनको परिवारको राजनैतिक पृष्ठभूमिले पनि प्रभाव पारेको हुनुपर्छ । त्यसमा पनि गणेशबहादुर प्रसार्इं, ईश्वर बल्लभ जस्ता नयाँ नौलो सोच्ने र तर्कना गर्ने साथीसँगको संगतले उनमा नयाँ उर्जाहरू पनि थपिएर गयो । नयाँ सोच, नयाँ–नयाँ तर्कना र विचार–बहस आफ्नो मुलुक नेपालको राजनीतिक घटनाक्रम यावत् कुराहरूको प्रभावले उनलाई अछुतो रहन नै दिएन । फेरि नेपालबाट राजनीतिक कारणले मुलुकबाट विस्थापित हुनेहरू त्यतिखेर दार्जेलिङमै गएर सेल्टर लिने गर्थे । उनीहरू काइँलाकै परिवार मध्येका पनि हुन्थे । उनकै डेरामा गएर बस्थे पनि । उनीहरूको कुरा सुनेर काइँलामा विद्रोही चेत पनि हुर्किएकै हो । त्यसपछि त उनलाई औडाह झैं नौलो काम गर्नैपर्छ लागि नै रह्यो । त्यसैको फलस्वरुप ईश्वर बल्लभसँग मिलेर आफ्नै साइँला दाइले सुँगुर बेचेर दिएको खर्च लगानी गरेर २०१८ सालमा ‘फूल पात पत्कर’ भन्ने पत्रिका निकाल्न शुरु गरे । त्यही पत्रिकाका साहित्यिक लेख र विचारहरूले नयाँ खाले चेत र धारको प्रस्ताव गर्न थालिसकेको थियो । त्यही कालक्रममा २०१९ सालको श्रावण महिनाको एक दिन गणेशबहादुर प्रसाईंले काइँला र बल्लभलाई लिएर इन्द्रबहादुर राईसँग कृष्ण बराल उनको तुंगसुङ बस्तीको घरमा भेटघाट गराए । राई अर्के विलक्षण प्रतीभा र सोच भएका व्यक्ति थिए । उनीहरू बीचमा खरो, नौलो र चौतर्फी विषयमा विमर्श र बहस हुनथाल्यो । अब भने काइँलाको दिमाग झनै माझिएर आयो । दिमाग माझियो तर शरीर थलियो । सिकिस्त भएर उनी कागझेरा स्थित देशवन्धु चेष्ट क्लिनिकमा भर्ना भए । तर बिरामी भेट्न जाने र रुँगालो बस्ने त तिनै राई, बल्लभ र गणेशबहादुरहरू नै हुन्थे । बिरामीको हालचाल बुझे पश्चात् साहित्यिक गफहरू मात्रै हुन्थे । उनीहरूले झन् मिहिन पारामा साहित्यिक विमर्श गरे । ‘फूल पात पत्कर’कै पृष्ठभूमिमा एउटा नयाँपत्रिका निकाल्ने प्रस्ताव आयो । अस्पतालको विरामी शैंयाबाट काइँला बोले– ‘तेस्रो आयाम’ । पत्रिकाको न्वारान भयो । त्यो २०२० सालको कुरा थियो ।
२०१९ साल ताका काइँलाले ‘मातेको मान्छेको भाषण मध्य रातको सडकसित’ शीर्षकमा एउटा गद्य कविता लेखेका थिए । त्यो तेस्रो आयाम पत्रिकाको पहिले अंकमै छापियो । पाठक प्रतिकृया डर लाग्दो आयो । खक्पीहरू झेल्नु पर्यो, विरोधहरू झेल्नु पर्याे । भाषा भाँचेको, बिगारेको आरोपहरू आए । यो कविता कविता नै होइन जस्ता जिकिरहरू भए । जुन कविता अहिलेसम्म हामीहरू कोट्याइ–कोट्याइ दोहोर्याउँदै अर्थहरू खुट्याउने प्रयत्न गरिरहन्छौं ।
‘मातेको मान्छेले ढाँट्दैन’को विश्वासले मातेको अभिनय झिकेर आधा रातमा सुनसान सडकसित विद्रोह बोल्ने कविता । मातेको मान्छे– मुक्तिकामी जनताको प्रतीक उभ्याए, मध्यरात– निरङ्कुशताको चरम संकेतको रुपमा चित्रण, रक्सी–खानु, मात्नु, स्वतन्त्र चेतनाबोध अनि सडक–परिवर्तनको पर्खाइको व्यग्र समय र जीवनको मुक्तविम्वको रुपमा चित्रिण गरे ।
‘प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको’
………………………..
‘मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि कृष्ण बराल
आज ठूलो आँधी सरह भइसकेको छ ।’
२०१७ सालमा जन निर्वाचित संसद र सरकार भंग गरेर राजा महेन्द्रले निर्दलीय हुकुमी निरंकुश शासन लादिएको परिवेशको प्रभाव यस कवितामा भेटिन्छ । मानवले मुक्तिका लागि निरन्तर गरिरहने गतिविधि अथवा उन्मुक्तिको आन्दोलनको आशावादी भाव मूख्य रुपमा बोकेको यस कवितालाई आमपाठकले रुचाउनु र परम्परावादी लेखक तथा निरङ्कुश शासन व्यवस्थाका पृष्ठपोषकलाई अरुचिकर हुनु स्वभाविक थियो र अझै छ पनि ।
‘ए सडक हो
एउटा मानिस तिमीमाथि हिंड्दै छ
म अटाइनँ तिम्रो फैलावटमा ।’
अब यहाँसम्म पढी सिध्याएर भन्नु हुन्छ होला– यसले काइँलाको व्यक्तित्व र कविताको बखान या स्तुत्य फलाक्ने भयो । तर एउटा कुरा भन्नेले भन्नै पर्ने अनि सुन्नेले सुन्नै पर्ने नै हुन्छ । त्यसपछि त उनले लगातार त्यही विद्रोहचेतले अरु त्यस्तै कालजयी कविता लेखे । जस्तो कि– ‘हाट भर्ने मानिस’, ‘गंगा नीलो बग्छु’, ‘प्लान्चेटको टेबल’, ‘पर्वत’, ‘सावनको बैला उत्सव’ आदि अभूतपूर्व कविता नेपाली साहित्यमा थपे ।कृष्ण बराल
अब यहाँ कुरो उठिहाल्ला, उठ्नु स्वभाविक पनि होला । काइँलाले कत्तिन कविता लेखेका छन र ? साझाबाट प्रकाशित एउटा खिनौटे किताब न छ उनको । फेरि बुझिने कविता छन र त्यहाँ ?
संख्यामा जाने हो भने त पुस्तक छापेर बिस्कुन लाउने आफ्नै पुस्तकको ओच्छ्यालमाथि सुतेर आत्मासाल्घामा रमाउनेहरू पनि हामी मध्येमा नै छौं होला तर ती के काम ।
२०५८ सालको एउटा हिउँद महिनाको मध्य दिनमा म काइँलाको धुम्मराही स्थित काठमाडौंको घरमा गफिदै थिएँ ।ं गफिदागफिदै मैले सोधें– ‘आजकल के लेख्दै हो दाइ ?’ उनले पुरानो डायरी पल्टाएर चौध लाइन लेखेपछि कोर्दै–मेट्दै कोर्दै–मेट्दै गरेको कविता देखाएर भने– (सायद त्यो कविता ‘शरणार्थी विचार र मालीगाउँमा चितुवा’ शीर्षकमा शारदा पत्रिकामा २०६४ मा देखापर्यो ।)
‘हेरन हाव भाइ ! दुई बर्षदेखि यो कविता लेखिरहेको छु, कम्प्लेट गर्न सक्या होइन । अब त डर पो लाग्छ, पाठक कस्तो रुचाउँछन् फेरि । म त अहिले डेट एक्सपायर कवि पो भएँ ।’
यो स्वीकार्योक्ति, खँदिलो र गर्भिलो लेख्नुको त्यो कोर्दै मेट्दैको मेहनत । भाषा पहिचान आन्दोलनमा इन्द्रबहादुर राईलाई साथ दिंदाको सचेतता । उनले लिम्बु भाषा र अन्य मात्रीभाषामा गरेको कामलाई पनि सम्झनु मान्नु पर्ने नै लाग्दोरहेछ । यसो भनिरहँदा उनको विरोध गर्न नै हुँदैन त ? अथवा आलोचना गर्नु नै हुँदैन ? भन्ने प्रश्न पनि टड्कारै उभिएला । उनको विरोध नभएको हो र ?
तेस्रो आयाम चिन्तनलाई नेपाली साहित्यको मूलधारमा छिर्न दिनु हुँदैन भनेर शिरपाउको बल अढेसो लाएर घचेट्ने जमात हामी मध्येका नै हौं ।
आरिस छातीभरि गुम्स्याइ राख्ने अनि खोकिलामा सन्देह च्यापेर उनलाई चोरऔंला ठढ्याएर हिंड्ने केही स्वनामधारी विद्वान् पनि हामी नै हौं । बंगाली लेखक शीक्ति चटोपाध्यायको ‘रिटर्निङ एट मिडनाइट’ मात्र होइन, टीयस एलिअटको ‘रेप्सोडी अन अ विण्डिनाइट’ सर्लक्क कण्ठ पार्न सक्ने हामी बैरागीलाई नबुझेको आरोपसँगै अनुवाद गरेको हो भनी सांकेतिक भाषा चोर औंला पनि प्रयोग गर्न भ्याउँछौं । त्यति मात्र होइन आँस्कार हेमस्र्टिनको ‘ओल्ड म्यान रिभर’ र नरेन्द्र शर्माको ‘गंगा तुम बहती हो क्यूँ’लाई ‘गंगा नीलो बग्छुमा’ सर्लक्क भावानुवाद भयो भन्न सक्छौं । तर उस्तै परिस्थिति, परिवेश र समयकालमा हामी पनि त्यस्तै समानान्तर सोच्न सक्छौ र लेख्न सक्छौं भन्ने कुरा किन सोच्दैनौं । विचार किन पुर्याउँदैनौ– अच्चम लाग्छ ।
थर्ड डाइमन्सन अंगे्रजी शव्द हो, त्यसको अर्थ नेपाली भाषामा खोज्दा तृतीय घनत्व हुन्छ होला । त्रैआयामिक पनि होला तर तेस्रो आयामको अर्थ अंग्रेजी भाषामा खोज्यो भने त्यसको अर्थ पनि अंग्रेजीमा भेटिएला नै हो ।
उनीहरू तीनजनाले सामुहिक स्वर बोले– ‘अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नु पर्छ । मानिस आँखा मात्र, कान मात्र, मन मात्र होइन । ऊ जम्मै हृदय, मस्तिकको पुन्ज हो र अब प्रत्येक वाक्यले र पंक्तिले उसको सम्पूर्णतालाई समाउनु पर्छ, उचाल्नु पर्छ ।’
फेरि उनीहरूले कहाँ न स्वीकारेका चैं हुन् र, हात उठाएर नै भनेका थिएछन् त– तेस्रो आयामको सिद्धान्त सापेक्षतावाद, क्वान्टम थ्योरी, अस्तित्ववाद, बौद्ध शुन्यवाद र अध्यात्मको अढेसो अनि आफ्नै रितीरिवाज र नेपालीपनले साहित्य लेखौंको उद्देश्यले तेस्रो आयामको न्वारान गरिएको छ । चाहिंदो लिनु र नचाहिएको फ्याँक्दै जानुको, भेटिएको नयाँलाई थप्दै जानुको उद्देश्य छ । अब जर्मन सिद्धान्तकार म्याक्स वर्थिमर ,वल्फग्याँग कोहलर, कुर्थ कोफ्काहरूले प्रतिपादन गरेको सिद्धान्त ‘जेस्टाल्टवाद’ बुझ्नु तेस्रो आयामको ‘सम्पूर्णता’ र ‘वस्तुता’ नबुझ्नु अलिक विडम्वनापूर्ण लाग्छ नै । एलिअटको ‘होलो मेन’ खरर पढ्न सक्ने हामी बैरागी काइँलाको ‘हाट भर्ने मानिस’ पढ्न चैं किन ठँसठँसी कनिरहेछौं, बुझिदैन हौ । कृष्ण बराल
इन्द्रबहादुर राई र ईश्वरशबल्लभ रहेनन्, अब बयासी बर्षको उमेर नापेर बैरागी काइँला लामो समय हाम्रै सामु छन् । उनी पौवासारताप, पान्थरको पाखोबाट झरेर इलाम हुँदै दार्जेलिङ पुगेका हुन् । लिम्बु भाषी, लिम्बु सँस्कार र सँस्कृतिमा हुर्किएको त्यति बेलाको अल्लारे ठिटाले बंगालीभाषा, जर्मन या त अंग्रेजी भाषा नै खर्लप्प बुझेर यति बिघ्न राम्रो ट्रान्स्लेट गर्न सक्छ ? खै कमसेकम मैले चाहिं पत्याइनँ । बरु उनको सिर्जना पौवासारतापबाट उँभो फर्किएर पौवाभन्ज्याङतिर हेर्दा देखिने अक्करे भीर जस्तै हो, त्यसमा चड्दा कसैको गोडा गल्छ होला, स्वाँस्वाँ र फ्याँफ्याँ हुन्छ होला । नभए आफ्नै घरको कुखुरा खोरमा, खुङ्गीमा फट्फटाउने भालेको पखेटा विद्रोह विम्व, आफ्नै गाउँपाखमा उँधो–उँभो गर्ने लेप्चा दाजुभाइको लोककथा विम्व ‘चेक्ता’ जस्ता विषयलाई लिएर भएको मौलिक सिर्जना कसरी अर्काको हुन्छ– बुझ्न सकिएन । रक्सी खाएको लिम्बु झोंक मध्यराति कुर्लिने, बैला नै भएर बटारिदैं भौंतारिएर हिंड्ने, हाट भर्न गएका बेला निहुँ झिक्ने, पर्वतलाई तरबारले काट्ने जस्ता स्पेस कसले भेट्न सक्छ ? बग्दैबग्दै गएर शिलाखण्ड भएर ठिङ्ग को उभिन भ्याउँछ ?
धेरैले उनलाई कता–कता को–को पश्चिमा र नेपाली कवि लेखकसँग तुलना गर्छन् । म चाहिं त उनलाई कसैसँग तुलना गर्नै सक्दिनँ, हुनसक्छ मेरै कमजोरी होला । जातले लिम्बु भएकै कारण उनको कवितामा मुन्धुम सँस्कृति अलग्गै मुस्कुराउँछ, त्यो मुस्कानलाई कुन कविको मुस्कान र सँस्कृतिसँग तुलना गर्नु ? परम्परा र शास्त्रीयताबाट मुक्त उनको कवितामा बेग्लै टोन झल्किन्छ । त्यो टोन अरुहरूमा भेट्नै सकिंदैन । नदी जस्तै ढुङ्गा माटोसँगै ठोकिदै लामो र घुमाउरो बग्ने, पूर्वीय र पश्चिमेली आध्यविम्वहरू खेल्ने आफ्नै धरातलमा उभिएर आफ्नो उचाइको छुटै टाकुरो निर्माण गर्ने धुरन्धर कविलाई कसरी अरुसँग तुलना गर्ने ? सकिएन । कृष्ण बराल
इन्द्रबहादुरको देहान्त हुँदा हामीसँगै दार्जेलिङ पुग्यौं । उनी ‘एक्लै भएँ’ भनेर सारै विरक्तिए । गलामा बेरेको मफलर फुकालेर राई दाजुको पार्थिव शरीरमा चडाइ दिएर साह्रै भावविह्वल बने । देख्नेले पनि आँशु नै झारे । पुन राईको स्मृति विम्व विमोचनमा हामी दार्जेलिङ पुग्यौं । त्यतिखेर उनले आफ्नो लेखन यात्राको, राई दाजु र ईश्वर बल्लभको साथको लामो कुरा सुनाए । यो लेख तयार गर्न तिनै कुराले.सहयोग पायो ।कृष्ण बराल
काठमाडौंबाट धुलाबारी घर आउँदा फोन गर्छन्– ‘म तल धुलाबारी छु है’को संकेत दिन्छन । हामी त्यहाँ पुग्छौं । उनी मुनाराज शेर्माका कविताका फेन हुन्, भन्छन्– ‘हैन हाव सुब्बा साप ! के लेख्दै छौ ?’ हाँस्छन् र सौहार्द जिस्कन्छन्– ‘नाम पनि केटीको जस्तो छ,, थर बाहुनको झैं, म त सुब्बा भन्छु है ।’ कविता, लेखक, साहित्यकार र साहित्यकै बारेमा लामा कुराहरू हुन्छन् । उनी भन्छन्–‘ आईवी दाजुले चपाउनै नसक्ने गरी चाम्रो न चाम्रो लेखिदिए । बल्लभ र मैले पर–पर उँभो कता–कताको बारेमा लेख्यौंं । तर लेख्न पर्ने त आफ्नै सँस्कृतिका कुरा, आफ्नै पहिचानका कुरा नै रहेछ है ।’
बैरागीका हरेक कविताले क्रान्तिकारी चेत र समाज परिवर्तन सम्वाहकको विगुल फुकेकै छ । कवितामा अलिक निस्कृय देखिएपछि अर्थात् २०३६ सालको बहुदल–निर्दल जनमत संग्रहको अभियानदेखि २०४६ साल हुँदै २०६२/०६३ को जनआन्दोलनसम्म उनलाई हामीले बौद्धिक योद्धाको रुपमा सडकमै भेट्यौं/देख्यौं । नेपाली प्रजातन्त्रिक आन्दोलनको इतिहासमा प्रत्येक पृष्ठले उनको व्यक्तित्वलाई निःसर्त उभिएको एउटा बौद्धिक योद्धा भनेर प्रशंसा गर्ने नै छ । भाषा सँस्कृतिको खोज अनुसन्धानमा उनले पुर्याएको योगदान अतुलनीय छ । अनेकौं जातजाति भाषाभाषीले भरिपूर्ण यो देशमा एउटा भाषाले मात्र सरकारी संरक्षण पाउनु हुँदैन । हरेक मातृभाषाले कुण्ठित बनिरहनु हुँदैन भन्ने आवाज उठाइरहने उदार चेतनाका धनी, उनकै प्रयास स्वरुप २०६२ सालपछि नेपाली मानसिकताले संघीयताको धरातल बुझ्न सक्ने अवस्थामा पुग्यो भन्दा अतिसयोक्ति नहोला ।कृष्ण बराल
अब उनले प्रज्ञा प्रतिष्ठानमा सदस्य हुँदाका अथवा प्रज्ञा प्रतिष्ठानमा जनता मध्येबाट भएका प्रथम कुलपति हुँदाका कुरा गर्दै गर्दिनँ म, है । के गरौं? त्यो चाहिं उनको विरोधीलाई छोड्दिउँ ? त्यसो गरिनँ भने मलाई उनकै हनुमान सम्झिनु हुनेछ । म उनको हनुमान हुँदै होइन । पृय मात्र हुँ ।
ल सुन्नुहोस्, उनले प्रज्ञा प्रतिष्ठानमा हुँदा केही काम नै गरेनन् । कमसेकम तपाईँको त गर्दै गरेनन् । हो ? होइन भने भन्नुहोस् है । सदियौंदेखि पहिचानबाट गुमराह पारिएका उत्पीडित वर्ग, जाति, समुदाय वा क्षेत्रका मानिसहरूको पक्षमा उभिने व्यक्तिले कसरी तपाईंको काम गर्न सक्छ ? स्वतन्त्रता, समानता समावेशिताका पक्षपाति भएर राज्यको हेपाह प्रवृत्ति विरुद्ध अटल उभिनेले हो नि, मेरो व्यक्तिगत चाहना त पूरा गर्दै गर्दैन, होइन त ? हो, उनी मुन्धुमलाई पृय ठान्छन्, माया गर्छन्, त्यो भन्दा बड्ता सत्यलाई मायाले अङ्गालो हाल्छन । लिम्बु–नेपालीभाषा साहित्यलाई प्राज्ञिक उर्चा दिने काम उनीबाटै भएको हो । लिम्बु–नेपाली–अंग्रेजी शब्दकोश प्रकाशन गरिदिएर के नाप्यो भनेर कोही बटारिन्छ भने के को टाउको दुखाइ ?
इन्द्रबहादुर राईको स्मृति विम्व विमोचन पश्चात् झापा झर्दै गर्दा पत्रकार भाइ पर्वत पोर्तेलले प्रस्ताव झिके– ‘काइँला बालाई मन्धुम सम्बन्धमा बक्तव्य गर्न लगाउन हौ कृष्ण दाइ ।’ मुनाराज र म धुलाबारी पुग्यौं, त्यही प्रस्ताव काइँलादाइ अगाडि तेर्सायौं । उनले आनाकानी नगरी मानिदिए । हामी धेरैले दुई–तीन घण्टा लामो मुन्धुम बारेको गहन सम्भाषण सुन्यौं र लाभान्वित भयौं ।
पाँच–सात बर्ष अगाडि महानन्द पुरस्कार वितरण कार्यक्रममा हामी फिदिम उक्लंदै थियौं । उनको परिवार, मुनाराज र म एउटै गाडीमा थियौं । मुनाराजले– ‘शब्दहरूको याक्सा’ बाहेक अर्को पुस्तक निकाल्न सकेको छैन बाजे ।’ भनेर कुरा निकाल्यो । उनले थपिदिए– ‘निकाल्ने हतार नगर्नु, बरु कवितालाई खंदिलो, विचारयुक्त र बौद्धिक बनाउनेतिर लाग्नु । एउटा मात्र कबिता बुलन्द लेख्यौ भने पुग्छ, । पुस्तकको संख्यामा जान थाल्यौ भने कुरा बिग्रन्छ । हेर न अरु छाडिदिंदा पनि ‘काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन’ कविताले बल (कृष्णभूषण) त बाँच्यो त । अब श्रवणले लेख्दै नलेखे पनि ‘बिसे नगर्चिको बयान’ले श्रवण मुकारुङलाई त बचाउँछ । कृष्ण बराकृष्ण बरालल
इन्द्रबहादुर राईको स्मिृति विम्व निकाल्ने सोच हुँदा म र मुनाराज काइँला दाइसँगै थियौं । उनले भने– ‘लु निकाल, थोर बहुत त म आर्थिक सहयोग पनि गर्छु ।’ धराबासी र रत्नमणि अमेरीकामा थिए । कुरा उनीहरूसम्म पनि पुग्यो, उनीहरू पनि खुसी भएर तम्सिए । पछि संकलन गर्ने र प्रकाशन गर्ने सम्पूर्णको बिंडो रत्नमणिको भागमा पर्यो । त्यही संकलन र प्रकाशनको काम थाल्दै गर्दा धराबासीले भने– ‘राई सरको र बल्लभको त जिउँदो हुँदा सकिएन, काँल्दाइको चैं उनी हुँदै स्मृतिग्रन्थ निकालौं र अभिनन्दन पनि गरौं ।’
प्रस्ताव नराम्ररो थिएन । पुनः उनले दार्जेलिङ पुगेका बेला त्यही कुरा हुट्हुटी गरेर सबै सामु निकाले । लौ, धराबासी सर ! यति नै जीवन्त आदरणीय काइँला दाइमा अर्पण गरें ।
‘……………………………
यी–यसरी गुण्डिएर आएको थिएँ ’
………………………………..
‘अरु क भनौं………….
सबै बिर्सिएँ जे जे भनौ भनेर आएको थिए ।’ कृष्ण बराल
लेखक परिचय
कष्ण बराल अहिलेको समयका शक्तिशाली लेखक हुन् । साहित्यका विभिन्न विधामा कलम चलाउने बराल करिब दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय छन् ।