• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान सँस्मरण

विनीता सिंहः कवितामै बाँचेकी कवि – शरद प्रधान

■ शरद प्रधान
असार १२, २०७८
178 2
A A
विनीता सिंह
109
SHARES
546
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

 

नेपाली साहित्यमा महिला हस्ताक्षर पुरूषको तुलनामा निकै कम छ । वर्तमान स्थिति आशा लाग्दो देखिए पनि उनीहरूले अनेकन चुनौती र विभेदहरू भोग्नु परिरहेका छन् । यसको ज्वलन्त दृष्टान्त नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ वर्षको इतिहास नै हो । ६ दशकभन्दा लामो समयमा पनि महिला कुलपति वा उपकुलपतिमा नियुक्ति नहुनुले नै प्रष्ट पार्छ । अरु प्राज्ञिक थलोमा पनि महिलाहरू उपेक्षित नै छन् । महिलाहरूले क्षमता नभएर नियुक्ति नपाएका होइन उनीहरूलाई सत्ता र पहोचवाला साहित्यकारहरूले नै अपहेलित गरेको हो  । नेपाली महिला साहित्यकारहरूको यो स्थिति नेपालको भूगोलमा मात्रै सिमित छैन। तर शिक्षाको सहज पहुँचले भारतका नेपाली महिला साहित्यकारहरूले नेपालमा जस्तो ठुलो विभेद भोग्न बाध्य हुन परेन । सन् चालीस र पचासको दशकमा नेपालभित्र शिक्षा र साहित्यमा पहुँच पुरुषहरूको पनि केहि  जाति र वर्गमा मात्रै सिमित भएको समयमा महिलाहरू साहित्यमा अगाडी आउँनु निकै कठिन थियो । तर भारतमा शिक्षाको समान अवसर पाएकोले होला त्यहि समयावधिमा नेपाली साहित्यमा विभिन्न जाति र वर्गको प्रतिनिधित्व गर्दै धेरै पुरुष र महिलाहरू साहित्यमा आए । यसको सुन्दर उदाहरण हो दार्जिलिङको साहित्यमा देखिएको अनेकतामा एकता । रुपनारायण सिंह, शिवकुमार राई, लैनसिंह बाङदेल, इन्द्र सुन्दास, निलम प्रधान, अगमसिंह गिरी, जी छिरिङ आदिले यो पुष्टि गर्छ । यसैगरि सन् पचास र साठीको दशकमा दार्जिलिङमा देखिएको महिला साहित्यकारहरू पनि कालान्तरमा नेपाली साहित्यको सशक्त हस्ताक्षर भएर ठुलो योगदान दिएको छ ।

सन् पचास र साठीको दशकमा दार्जिलिङमा देखिएको प्रमुख महिला साहित्यकारहरूमा लक्खीदेवी सुन्दास, देवकुमारी सिंहा, रुद्रकुमारी प्रधान, सानुमति राई, नोरा गुरूङ, सावित्रि सुन्दास, सानुमति राई, प्रभावति रोका, चन्द्रकान्ता दरनाल, तारा प्रधान, रत्न शाक्य, सुभद्रा सुब्बा, पार्वती मुखिया, राधिका राया, वानिरा गिरी, विनीता सिंह आदि प्रमुख थिए । तर कवितामा भने सानुमति राई, सावित्रि सुन्दास, विनीता सिंह, वानिरा गिरीले निरन्तरता दिएको पाउँछौ । महिलाहरूले घर-परिवार-व्यवहारसँगसँगै लिएर जानु पर्ने बाध्यताले पनि साहित्यमा उनीहरू टिकिरहनु निकै गाह्रो छ । विनीता सिंहको आफ्नो आमा-बुवाको पूर्ण सहयोगले आ.ए. सम्म अध्ययन गरीन्, जागीर खाइन् ।  बिहेपछि पनि  साहित्यमा समर्पण भइन् तर विहे अगाडिभन्दा सहज रहेन । पतिसँग एक दर्जनभन्दा बढी वर्षसम्म विदेश बस्दा साहित्य कर्मबाट बन्चित हुनुपर्यो । घर-व्यवहारमा आएको  व्यवधानलाई एक कुनामा थन्काएर आमा बुवासँग आफ्नै संसारमा रमाउन आइन् पारपाचुके गरेर ।

सन् १९४९-मा १३ वर्षको उमेरमा ‘एउटी युवती’ कविता लेखेर साहित्या पर्दापर्न गरेकी विनीताले सन् १९५५-मा ‘म गीत उसकै गाँउछु’ कविता लेखेबापत दार्जिलिङको पहिलो साहित्य गोष्ठीमा पुरस्कृत भएकी थिइन् । विनीता सिंहको काव्यात्मक यात्राको बारेमा लेख्छन् समालोचक रुद्रराज मास्के ‘नारी हस्ताक्षरमा कवियित्री विनीता सिंहको योगदान’ नामक लेखमा,” ‘म गीत उसकै गाउँछु’-मा सन् १९५५ सालमा सर्वप्रथम दार्जीलिङमा राखिइएको साहित्यिक गोष्ठीमा पुरस्कृत भएकी थिइन् । ‘बुद्धसिंह पुस्तकालय’-द्वारा आयोजित ‘साहित्यिक गोष्ठी प्रतियोगिता’ सन् १९५९ सालमा ‘उषाकाल’ कवितामा प्रथम पुरस्कारले विभूषित भइन् । चानमारीमा आयोजित साहित्यिक गोष्ठी प्रतियोगिता’ सन् १९५९ मा ‘व्यग्र चरी’ कवितामा दोस्रो पुरस्कारले विभूषित र सन् १९६० मा ‘चाहन्न’ कवितामा दोस्रो पुरस्कारद्वारा विभूषित भएकी थिइन् । यीबाहेक आकाशवाणी खरसानबाट प्रायः नियमित कविता पाठ गर्ने कवि-कवयित्रीहरूमध्ये विनीता सिंह एक थिइन् ।

विनीता सिंह
कवयित्री विनीता सिंह

सन् १९६३ सालभरिमा प्रसारित भएका कविताहरूमा-‘सत्य प्रिये’, ‘यस्तो प्यार’, ‘आत्मघात’, ‘जीवन गाढ़ा’, ‘बीरलाई’, ‘जाग नारी’, ‘श्रद्धाञ्जली’, ‘चित्र पल्टाइदेऊ’ इत्यादि हुन् । यी सबै कविताहरू उनका ‘दीपक पुनः जलिरहेछ ।’-भित्र संकलित छन् । यी मात्र होइनन्, तर मृत्युको केही महिनाअघिसम्म विभिन्न स्थानहरूमा आयोजित भएका ‘साहित्यिक गोष्ठीहरूमा सभानेत्री, प्रमुख अतिथि आदिका भार पनि प्राप्त गरेकी थिइन् । तीमध्ये १३ मई १९९० मा साहित्य अकादमी, दिल्लीद्वारा आयोजित ‘गोर्खा रङ्गमञ्च’-मा भएको “राष्ट्रिय कवि सम्मेलन’-मा पनि उनले अंश ग्रहण गरेकी थिइन्, जो दूरदर्शन-दिल्लीबाट प्रसारित भएको थियो ।“

तपाईंलाई यो पनि मन पर्न सक्छ

भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
पारिजात

मीतज्यू नाइट पहिलो साँझ – पारिजात

असार १०, २०७८

पूर्वको जङ्गली फूल – थाम्सुहाङ पुष्प सुब्बा

असार ५, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८

सन् पचास र साठीमा दार्जिलिङमा लेखिएको अधिकांश कविताहरू जाति जागरण, दीन हीनलाई हेला, पीर, वेदनामा सिमित भएको पाउँछौ अपुतु कवि वीरेन्द्र, इश्वर वल्लभ, वैरागी काइँला, गुमानसिंह चामलिङ्ग, ओकिउयामा ग्वाईन जस्ता केही कविहरूमा बौद्धिक उँचाई नाप्न पाउछौ । विनीता सिंहले पनि त्यहि समय चलेको रुझानलाई नै पैल्याइन् । उनका कवितामा गरीबको पक्षधर, धर्मभीरुता, आध्यत्मिकता, मनको वेदना आदिको बाहुल्य पाउँछौ । पछिल्लो समय विदेशबाट फर्के पछि उनी धर्म-कर्म र आध्यात्मिक चिन्तनमा तल्लिन भएको पनि। देखिन्छ अनि यही विचार र भावना पनि कवितामा प्रतिविम्बित हुनु स्वाभाविक हो । सन् सत्तरको दशकमा दार्जिलिङमा देखिएको धर्म जागरणको प्रभाव तत्कालिन कवि र लेखकहरूमा प्रष्ट देखिन्छ । यो कवि सिंहमा पनि देखिनु अस्वभाविक होइन । कविहरू पनि समाजको अंग भएकोले समाजमा आएको विभिन्र तरणहरूले उनीहरूलाई पनि छुने गर्छ चाहे त्यो जाति जागरण होस् या भाषा आन्दोलन । कवि विनीतामा पनि त्यो युगीन चेतना देखिन्छ । मानवता नातामा कवि सिंहले समाजमा हराउँदै गएको मानवतालाई कवितामा यसरी व्यक्त गर्छिन् :

यहाँ नैसर्गिक सुख छ

सागरको शान्त जल छ

वैभव छ, उल्लास छ

तर, मानवताको नाता छैन ।

कृत्रिमताको अपनत्व छ

क्षणिक मीठासको अनुभव छ

मर्ने मर्दो छ रुने रुंदो छ

अट्टहास भरेर हाँस्नेहरू हाँसेकै छन्

तर, स्वयं रोएर जगत् हँसाएको छैन ।

 समकालिन महिला कविहरू लक्खीदेवी सुन्दास, सानुमति राई, सावित्रि सुन्दासमा जस्तै विनीता सिंहमा पनि करुणरस र वीररसको बहुल्य पाउछौ । सानुमति राईको ‘त्यो माग्ने’ होस या लक्खीदेवी सुन्दासको ‘उत्सर्ग’ यो भावनाले व्याप्त छ । विनीता सिंहको ‘म गीत उसकै गाउँछू’ कविता गान्धीबादी भावनाले ओतप्रोत छः

जसले स्वतन्त्रताको वेदीमा 

हाँसी हाँसी प्राण दिन्छ

जो दरिद्रजनको पूजा गर्छ

जसको नशा-नशामा देश सेवाको

तातो रगत विद्यमान छ

जो सबको दुःखमा स्वयं दु:खी बन्दछ

जो सबको उन्नति गीत गाउँछ

उसको प्रेरणा मेरो प्राण

म जीत उसकै मान्छु

म गीत उसकै गाउँछ ।

 

उमेरमा झन्डै विनीता सिंहका समकालिन हुन जगत् छेत्री । उनले विस्मृतमा परेका साहित्यकारहरूको जीवनी र कृतित्वहरूको समीक्षा गरेको छन् । विनीता सिंहको कवित्वको बृहत्तर सिंहालोकन गर्दै ‘कवयित्री विनीता सिंहको कविता-यात्राः एक अध्ययन’-मा लेख्छन्,” कवयित्री विनीता सिंहका कविताहरू छन्दबद्ध छैनन् । स्वतन्त्र र बन्धन-मुक्त भई उनले कवि-धर्मको पालन गरेकी छिन् तर अनुप्रासिक र लयात्मक उनका कविताहरू पढ्दा भने कवि अगमसिंह गिरीबाट उनी धेरै प्रभावित भएकी बुझिन्छ । छन्दको ज्ञान हासिल गर्ने जंजालमा नपरेर यसरी बन्धन-मुक्त कविता रचना गर्ने आफ्नो धृष्टतामा उनलाई मनभित्र केही संकोच थियो । त्यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटाको दार्जीलिङ आगमनको समय उनी आशिर्वाद लिने आशयले भेट्न गइन् ।

डराई-डराई उनले भनिन्- “कविवर म त छन्द-शास्त्र केही जान्दिनँ तै पनि कविता लेख्ने रहर छ ।” महाकविले मुसुक्क हाँसेर भन्नु भयो- ‘छन्द त बन्धन हो, कविहरू स्वतन्त्र हुन्छन्, ‘निरंकुशा कवयः’ । मैले पनि धेरै कविता यस्तै बिना छन्दको लेखिसकेको छु । तपाईँ पनि लेख्दै जानोस्; शैली वेश छ ।”( ‘दीपक पुनः जलिरहेछ’-मा तुलसी अपतनज्यूको भूमिकाबाट उद्धृत ) । महाकविबाट यसरी प्रेरणा पाएर उनले ठूलो आनन्द र सन्तोष अनुभव गरिन् औ श्रद्धाले उनको शिर निहुरियो, मनमनै काव्यमै समर्पित भएर लेख्ने उनले  संकल्प गरिन् । उनले जीवनभरि लेखिन् औ लेखिन् अन्तिम क्षणसम्मै ।“  

 

कविता लेखनमा विनीता सिंह छन्दमुक्त छन्, उनलाई छन्दमा बाधिएर विचार र भावनालाई कैद गर्न चाहदिनन् । सन् १९९०-मा ५४ वर्षको उमेरमा निधन भएको  तीन वर्ष पछि सन् १९९३मा उनको ‘स्मृति-सुमन’ प्रकाशित हुन्छ । यस पुस्तकको प्रस्तावनामा समालोचक लक्खीदेवी सुन्दास लेख्छन्,” ‘स्मृति-मन’ मा सन् १९५८ देखि १९९० सम्मका अर्थात उनको निधनको अधिसम्मका कविता छन् । अलपरकता, भावुकता, संवेदनशीलता, पलायन, प्रकृति, प्रणय, राष्ट्रियभाव, मानवतावाद यहाँ लक्षित छन् । विनीता सिंहका प्रारम्भिक रचनाकालदेखि नै यिनै तत्व रहेका र त्यसको निर्वाह नै अन्त्यसम्मका कवितामा देखाइएकोले त्यही उनको कविताको आफ्नो चिनारी रहेको छ । यस्तो चिनारी स्वच्छन्दता- वादी धाराका कवि-कवयित्रीहरूको रहेको देखिन्छ । उनको कवितामा नारी-परक कोमल भावना र मृदु स्वर रहेका छन् । …… भाषाशैली सरल छन्, कतै वर्णनात्मक, कतै आत्मीय संलाप जस्तो। उनका वेदनाका पीड़ाप्रद भावहरू ध्वनित छन् । आत्मीय संलापलाई अनुप्रासिक लयले गीतिमय सौन्दर्य प्रदान गरेको छ । ”

 विनीता सिंह कलिलो उमेरमा नै साहित्यमा होमिनुको पछाडि दार्जिलिङको प्राकृतिक सौन्दर्य, साहित्यिक वातावरणले ठूलो भूमिका खेलेको उनले नै लेखेकी ‘मैले कविता किन लेखे?’ बाट थाहा पाउन सकिन्छ । उनलाई चाँप, गुराँसको सौन्दर्यले मोहित पारे भने समाजमा विद्यमान अन्याय र अत्यचारले आहत बनाए । यो कुराहरूले उनको मनमा गहिरो छाप पार्यो जसले गर्दा उनमा कविता लेख्ने जोश र जाँगर आयो । त्यसबेला दार्जिलिङमा  सरस्वती पूजाको अवसरमा साहित्यिक गोष्ठी हुन्थे र यसमा विनीता सिंहले भाग लिन्थिन् । यसले कविता लेख्न सधैँ प्रेरित गरे । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिको प्रेरणा, अगमसिंह गिरी, अच्छा राई ‘रसिक’, जी छिरिङ, हरिमदन गुरुङको सानिध्य र तुलसीबहादुर छेत्रीको मार्गदर्शनले विनीता सिंहलाई आत्म-सन्तुष्टीभन्दा पनि साहित्य सेवा गर्ने चाहनालाई अठोटतामा बदलिदियो ।

 जगत् छेत्रीले  विनीता सिंहबारे लेखेको यो लेखले उनको प्रेरणाको स्रोत र कविता प्रवृतिलाई  प्रष्ट परिदिएको छ । जगत् सर लेख्छन्,” कवि अगमसिंह गिरीसित उनको नजिकको सम्पर्क थियो तथा कविजीलाई उनले आफ्नो प्रेरणा स्रोत मानेकी थिइन् । त्यसैले गिरीज्यूले एकपल्ट उनलाई

भनेका थिए-  “विनीता तिमी हाम्रो साहित्यको महादेवी वर्मा बनिनूपर्छ । कविता क्षेत्रमा तिमीबाट हामीले आशा राखेका छौं …..।” (‘दिपक जलिरहेछ’ लेखमा दलसिंह अकेला)

त्यसरी नै रामकृष्ण शर्मा, भवानी भिक्षु तथा सर्वश्री लैनसिंह बाङ्गदेल, तुलसी अपतन, केदारमान व्यथित, नरबहादुर दाहाल, गुमानसिंह चामलिङ्ग आदिसित पनि उनको पत्राचार थियो । साँच्चै उनी ठूला आशा र आकांक्षा राख्थिन्, केही गर्छू, केही लेख्छु भन्थिन् । कवयित्री विनीता सिंहका भाषा र लेखनशैली सरल र आकर्षक छन् । कैयौं स्थानमा उनले बोलचालकै भाषा पनि प्रयोग गरेकी छन् । उनका कवितामा बौद्धिकता नखोजी हार्दिकता भने हृदयभरि लिएर पाठकहरूले आनन्द मान्नुपर्छ । यसरी दार्जीलिङको कविताको उल्लेख गर्नुपर्दा कवयित्री विनीता सिंहको नाम र उनका कविताहरूको चर्चा निश्चय नै हुन्छ ।

लेखक परिचय

शरद प्रधान
वेबसाईट | + पोस्टहरु

पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।

  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    तारानाथ शर्मा
    चैत्र ६, २०७७
    तारानाथ शर्मा : प्रखर समालोचकदेखि सरल लेखकको यात्रा
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    धरणीधर कोइराला
    चैत्र १४, २०७७
    धरणीधर कोइराला : नेपाल-भारतको साहित्यिक सेतु
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    हरिभक्त कटुवाल
    चैत्र २७, २०७७
    हरिभक्त कटुवाल : सन्दिग्ध कालको जरासन्ध (सँस्मरण)
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    दिव्य खालिङः
    बैशाख ११, २०७८
    दिव्य खालिङ : संगीतकारको छविले ओझेलमा पारेको उम्दा गीतकार
Share44Tweet27Share8Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
पारिजात

मीतज्यू नाइट पहिलो साँझ – पारिजात

असार १०, २०७८

पूर्वको जङ्गली फूल – थाम्सुहाङ पुष्प सुब्बा

असार ५, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८

एक साँझको हिँडाइ

जेष्ठ २६, २०७८
इन्द्रबहादुर

पहिलो भेट: इन्द्रबहादुर राईसँग – कणाद महर्षि

जेष्ठ २२, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?