• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान सँस्मरण

पूर्वको जङ्गली फूल – थाम्सुहाङ पुष्प सुब्बा

■ मधुराज केरुङ
असार ५, २०७८
300 3
A A
184
SHARES
918
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

सुम्हा?लुङ डाँडाबाट पूर्वतिर हेर्दा भालेको शिरजस्तो पहाड देखिन्छ । उता दाहिनेपट्टिदेखि पकन्दी खेल्दै नागबेली बग्छ हेंवा खोला । यता देब्रेपट्टिबाट चुपचाप मौनता साँद्दै झर्छ खुङखोला । कतै साना¬साना आँठाआँठीदेखि ठूला¬ठूला टारबारीसम्म छन् । कतै चउर, नागी, भीरपहरा, चिहानघारी र अग्ला¬अग्ला देउरालीढुङगाहरू उभिएका छन् । चारैतिर असरल्ल छरिएर बसेका छन् थुप्रै गाउँघरहरू । जुन ठाउँलाई याङ्नाम भनिन्छ । ‘मुन्धुम’ अनुसार पहिले युमा ? (लिम्बुहरूको आराध्यदेवी) ले पैसाको भारी विसाएको ठाउँ हो, त्यसैले यसको नाम याङनाम भएको बताउँछन् रैथाने बुढापाकाहरू । “याङ” भनेको लिम्बू भाषामा पैसा र “नाःम्मा” भनेको विसाउनु हो अर्थात् युमा?ले पैसाको भारी विसाएको ठाउँ भन्ने अर्थ लाग्छ । खलंगा बजारदेखि सिधै तल तेर्पेतेर्पे परेको ठाउँमा जमुनाको झुप्पाजस्तो लिम्बू बस्ति छ, त्यसलाई लुङचथ?बा भनिन्छ । त्यही लुङचथ?बाको पवित्र छाँतीमा सर्वप्रथम जूनतारा देखेका थिए महाकवि थाम्सुहाङ पुष्प सुब्बाले । उनको काव्य¬यात्रा लुङचथ?बा गाउँघरबाटै थालनी भएर चम्जमलुङ झै अगम बनेको हो । आज थाम्सुहाङ पुष्प सुब्बाको सुनाम सुन्ने वित्तिकै जो कसैको पनि श्र्रद्वाले शिर झुक्छ र गर्वले छाँती फक्ताङलुङ झै चौडा हुन्छ ।

कवि पुष्प थाम्सुहाङ सुब्बा
कवि पुष्प थाम्सुहाङ सुब्बा

महाकवि थाम्सुहाङ पुष्प सुब्बा, बाबु भक्तशेर थाम्सुहाङ र आमा पम्फावती जबेगुको कोखबाट वि.सं. २००४ साल माघ सात गते जन्मिएका हुन् । उनी जन्मिदा १०५ वर्षे बुढो राणा शासनको कालो बादल फाट्नै लागेको थियो । अँध्यारो व्यवस्थाको सगरविटमाथि प्रजातन्त्रको उज्यालो घाम उदाउन लागेको बेला थियो । सुब्बा, बालक छँदै जिज्ञासु र गम्भीर प्रकृतिका थिए । उनले जतिसम्म जीवन बाँचे गह्रुङ्गो र अर्थपूर्ण जीवन बाँचे । हरेक कालखण्डमा राज्य व्यवस्थासँग असन्तुष्ट भएर घोर-घोर सङ्घर्ष गरे । साहित्यको माध्यमबाट आफ्नो बागी विचार प्रकट गरिरहे । यहाँको व्यवस्था फेरिए पनि सत्ताको बागडोर सम्हाल्नेहरूको मानसिकता परिवर्तित हुन सकेन भनेर शब्द¬बम पड्काइ बसे । उनी साँघुरो पञ्चायती व्यवस्थामा निर्वासित हुन पुगे । लामो समयसम्म भारतको सुखिममा बसेर लिम्बू भाषा साहित्यको प्रचार प्रसार गरे । उतिबेला मेरो बुबा ऐतराज केरुङ सुँगुरपाठा व्यापारी र गोरुवाले काम गर्नुहुन्थ्यो रे । माथि स्यालधोती, भुसपाते र बिखे डाँडाको बाटो हुँदै गोरु खेदेर सुखिम पुर्‍याउनुहुन्थ्यो रे । उताबाट थाम्सुहाङ पुष्प सुब्बाले सिरिजङ्गा पत्रिका गोप्य रुपमा बुबाको हातम पठाउँथे रे । बुबाले चलाखी साथ कालो बोराले बेरेर खागीको झोलामा नेपालको ग्राहकहरूलाई ल्याइदिनुहुन्थ्यो रे । यो कुरा पञ्चहरूले थाहा पाउँदा सिधै ठिङर्‍याउने डर । बुबा छिट्टै घर आइपुग्ने परे पनि माथि स्यालधोती तिर एक निन्द्रा सुतेर रात परेपछि मात्र घर आउनुहुन्थ्यो रे । राती हत्तपत्त पत्रिका लुकाएर फेरी राती¬राती नै ग्राहकहरूको घर¬घर लगिदिनुहुन्थ्यो रे । तर, यो घटनाहरू धेरैपछि मात्र मलाई ज्ञात भयो । अहिले पनि ध्वाँसो लागेका केही थान पत्रिकाहरू सुरक्षित छन् हाम्रो घरमा । उनले ईन्द्रकिलको एक तारा वि.सं. (२०२८), जीवनी, अदृश्य व्यथा, वि.सं. (२०३०), उपन्यास, लिम्बू छन्दहरू, (सहलेखन) वि.सं. (२०४८), इत्निम्हा, वि.सं. (२०६०) लिम्बू खण्डकाव्य, लिम्बू भाषा स्रस्टा र दृष्टिकोण, वि.सं. (२०६०), समालोचना, कुल्चिएको अस्तित्व, सन् (२००४), उपन्यास, याक्थुङ हुप्पान, वि.सं. (२०६६), लिम्बू व्याकरण, विरासतको कायाकल्प वि.सं. (२०६६), कविता संग्रह, कथान्तर, वि.सं. (२०६७), कथा संग्रह, मख्खिवा फूङ, वि.सं. (२०६७), महाकाव्य, सेन्दी पेसाप, वि.सं. (२०६७), आधि?, विं.सं (२०६८), निबन्ध संग्रह, पाङवाहा, (२०६८), बाल कविता संग्रह, थाम्सुहाङ वंशावली, वि.सं. (२०६८), याक्थुङ साप्सक्रेन…वि.सं. (२०६८), सेप्माङबा फूङ (सपनाको फूल), वि.सं. (२०६९), लिम्बू¬नेपाली कविता संग्रहहरू प्रकाशित छन् । उनले एक कोरीभन्दा बढी कृतिहरू साहित्यको देउरालीमाथि अर्पण गरेका छन् । अझै कति फुटकर कविता, लेख, नियात्रा र समालोचनाहरू कता¬कता लापत्ता छन् संकलन भएका छैनन् । उनका सबै कृतिरत्नहरू उच्चतम् बौद्विक कोटीका छन् । स्व¬अस्तित्वबादी विसङ्गतिबादी विचारधारा पक्रेका सुब्बाले यौन मनोविश्लेषलाई पनि आख्यानमा मज्जाले खेलाएका छन् । स्वजातीय मिथक र विम्बहरूको प्रयुक्तिले साहित्यमा नूतन स्वाद चखाएका छन् । अद्योपान्त उनका काव्यहरू पढ्दा कतै¬कतै शून्यबादतिर लहसिन खोजेको प्रतीत हुन्छ । पुष्प प्रणीत कृतिरत्नहरू साधारण भावकहरूको लागि भालुको कन्पट लाग्छन् । डा. देवी क्षेत्री दुलालले उनको ‘कथान्तर’ कथा सङ्ग्रहका कथाहरूलाई ‘ओखरे कथा’ मानेका छन् । फुटाउनै नसकिने फुटाएर चाखेपछि फेरी छाड्नै नसकिने । उनको मख्खिवाफूङ महाकाव्य त अद्वितीय महाकाव्य नै हो । विश्वको प्रसिद्व महाकाव्यहरूका हाराहारीमा राख्न लायकको छ । थाम्सुहाङ वंशावली जम्मा ५० वर्ष लगाएर लेखे जसमा अत्यन्तै गहनतम कुराहरू समाबिष्ट भएको पाइन्छ । उनमा विशिष्ट बहुप्रतिभा र आँशु लेखन थियो । कवि भवानी तावा भन्छन् “बाबैलाई किताबहरूको पेज नम्बर समेत सबै थाहा हुन्थ्यो । लिम्बू भाषा साहित्य स्रस्टा र दृष्टिकोण पुस्तक दुईदिन मै मेरो कोठामा घुँडामारी बसेर सबै लेखि सके” । उनले लिम्बू भाषाको ऐतिहासिक पत्रिका सिरिजङ्गा (२०२९), र थाङसाङजस्ता महत्वपूर्ण पत्रिकाहरूको पनि सम्पादन गरेका छन् । साहित्यको अलावा एक दशक लामो शिक्षण पेशाको पनि अनुभव संगालेका छन् । देश¬देशान्तरका नामी¬नामी पुरस्कार गुठिहरूद्वारा पुरस्कृत भएका छन् । विशेष गरेर भारतको सिक्किमबाट स्रस्टा पुरस्कार र नेपालबाट राष्ट्रिय प्रतिभा पुरस्कार, महानन्द सापकोटा पुरस्कार, नौलो साहित्य विहान प्रतिष्ठान साहित्यिक पुरस्कार, इमानसिंह चेम्जोङ पुरस्कार लगायत दर्जनभन्दा बढी पुरस्कारहरूबाट पुरस्कृत हुनुका साथै तीन चार दर्जन बढी संघ संस्थाबाट तथा अभिनन्दित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यका रुपमा समेत एक कार्यकाल विताएका थिए ।

वास्तवमै थाम्सुहाङ पुष्प सुब्बा ठूला चिन्तक पनि थिए । उनले विश्व साहित्य चपाएका मात्र थिएनन् निलेका पनि थिए । उनीसँग उठबस गर्ने स्रस्टा राज माङलाक भन्छन् “उतिबेला हामी अलिक ठिटौले उमेरका थियौं बुढाको कुरै नबुझिन, कहिले अल्वर्ट कामु, फ्रान्सिस काफ्का, शेक्सपियर, दाँते र सार्त्रका कृतिहरूको सार्विक व्याख्या गर्नुहुन्थ्यो । कहिले सावा येहाङ, मुजिङना खेयङना, सुसुवेङ लालावेङ र तङसिङ तक्मा मुन्धुमभित्रको ‘एस्थेटिक’ सुनाउँथे” । यो पङक्तिकारले पनि उत्तरार्ध समयमा आएर छोटो समय संगत गर्न भ्याए तर उनको सामुन्ने वाक् फुटे पो ! धेरै कवि साथीहरू डरले थुरथुर हुन्थे । कवि पुष्पहाङ लोवा त झन् गड्युलको छेउमा सर्प नै भइहाल्थ्यो । हामीलाई सधैँ अर्ति उपदेश दिइरहन्थे “केटा हौ पहिले आफूलाई लेख, आफूले टेकेको धर्ती लेख, त्यसपछि तिमीहरूको अगाडि सिङगै ब्रह्माण्ड उपस्थित हुन्छ, त्यहाँभित्रबाट आफूलाई केलाउन सक्छौ” भन्थे । पान्थरका साहित्यिक समारोहहरूमा प्रायजसो उनी नै प्रमुख अतिथि बन्थे । हामीले लिम्बूभाषामा कविता सुनाउँदा औधि खुसी भएर मुक्तकण्ठले प्रशंसा गर्थे । झन्  लिम्बु भाषामा गफगाफ गरेको सुन्दा त खुसीले फुरुङ्ग नै हुन्थे । आफ्नो मातृभाषाप्रति अगाध प्रेम थियो उनमा । साहित्यमा पिछाडिएका समुदायको आवाज र गरिव दुःखीको कविता लेख्न्नुपर्ने धारणा राख्थे । धेरै ठूला¬ठूला कवि साहित्यकारहरू पनि उनीसँग नतमस्तक हुन्थे । हामीलाई पनि थाम्सुहाङ पुष्प सुब्बा भनेपछि साक्षात थेबा साम्माङ जस्तै लाग्थ्यो ।

भनिन्छ, धेरै कविहरू युगले जन्माएका हुन्छन् तर थोरै कविहरूले मात्र युग जन्माएर जान्छन् । जस्तैः वाल्ट व्यिट म्यान, वर्डस्वर्थ, देवकोटा र मोहन कोइरालाहरूले सिङगै एउटा साहित्य¬युग जन्माए र त्यसको नेतृत्व गरे । यता थाम्सुहाङ पुष्प सुब्बाले पनि लिम्बू भाषा¬वाङमयको खम्बा भएर थामे र त्यसको पुरै नेतृत्व समेत सम्हाले । कुनै समय उनी लिम्बू साहित्यकासमा एक्लो बृहस्पतीको रुपमा देखिन्थे । पहिलेदेखि नै संघीयता, पहिचान र लिम्बुवान स्वायत्त राज्यको दरोखरो वकालत गरेर लेख्थे । धेरैले काठमाडौँ नै बस्नु भनेर सुझाएका पनि थिए तर उनी बन्दै मानेनन् । “हामीले सबैभन्दा बढी आफ्नो माटो र भाषालाई प्रेम गर्नुपर्छ । म मरिगए पनि काठमाडौ जान्न यतै बसेर विकेन्द्रिकरणको आन्दोलन गर्नुपर्छ” भन्थे । राज्यको एकात्मक संरचना र सोचले नै बहुसंख्यक समुदायहरू उत्पीडन र बहिष्करणमा पारिएको उनको तर्कहरू थियो । आज यहीँ विचारहरू बोकेर धेरै आन्दोलनहरू भइरहेका छन् मुलुकमा । उनले लामो समयको साहित्यिक साधनापछि अन्तत् : आफै मौलिक आन्दोलनको प्रवर्तन गर्ने सोच बनाए र जन्माए उत्तरवर्ती सोच साहित्यिक आन्दोलन ।  “सार्वभौमसत्ता सम्पन्न तर सिमान्तकृत जात जातिको स्वअस्तित्वबोधताका सोचहरू अगाडि आएकाले उत्तरवर्ती सोचको आँट प्रारम्भ भयो” भनेर ‘मेनिफेस्टोमा’ लेखेका छन् । उनको नेतृत्वमा २०६० कार्तिक २१ गतेका दिन राजधानीमुखी साहित्यले मुलुकका मोफसलहरूको ‘जीवन’ लेख्न नसक्ने जिकिर गर्दे पान्थरबाट पनि उत्तरवर्ती सोच नामक साहित्यिक आन्दोलनको घोषणा गरे । उतिबेला उत्तरवर्ती सोचले विशेष गरेर लिम्बुवान आन्दोलनको बैचारिकी पाटोमा ठूलो सपोट गरेको थियो । तर त्यहीं अभियन्ताहरू कोही लिम्बुवान स्वायत्त राज्यको बर्खिलापमा पनि थिएछन् । हामीलाई त त्यो कुरा धेरैपछि मात्र ज्ञात भयो । आन्दोलन थाम्सुहाङ पुष्प सुब्बाको अगुवाइमा भवानी तावा, राज माङलाक, सगुन सुसारा र यलम्बर थाम्सुहाङको टिम बन्यो । उनीहरूले ‘चक्रव्यूह’ नामक पत्रिकाबाट आन्दोलनका मुद्दाहरू अघि सारे । यो आन्दोलन करिब एक दशकसम्म राम्रै तरिकाले चलेको थियो । ति मुद्दाहरू :  १. तथाकथित भूमण्डलिकरणको अस्वीकार २. समग्रताबादी सर्वभौम सत्यको अस्वीकार ३. सक्ताशत्ति निर्मित इतिहासको अस्वीकार ५. स्व–स्वायत्तता र आत्मनिर्णयको दाबि ४. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दाबि ६. बहुलबादी नेपाली साहित्यमा नयाँ अस्तित्वको दाबि र उत्तरआधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको खोज आदि बुँदाहरू थियो । उतरवर्ती सोच साहित्यिक आन्दोलनले पूर्वको मोफसलमा मात्र तहल्का मच्चायो तर कथित काठमाडौंलाई भने धक्का दिन सकेन । यस सन्दर्भमा हाङयुग अज्ञातले टिप्पणी गरेका छन् “उत्तरवर्ती साहित्यिक आन्दोलनको मुद्दाहरू धेरै राम्रो भए पनि आन्दोलन राम्ररी सफल भएन । यसको प्रमुख दुईवटा कारण छन् १. आन्दोलनसंग आबद्व स्रस्टाहरू मोफसलमा मात्र रहनु २. आन्दोलन भनेपछि बल चाहिन्छ र त्यो बल भनेको तर्क हो । लेखेर मात्र हुँदैन आफूले लेखेर त्यसमाथि बोल्नु पनि पर्छ, कवितामा बुट्टा भरेर मात्र हुँदैन । किन बुट्टा भरेको त्यसको चित्तबुझदो तर्क पनि गर्नुपर्छ” । उत्तरवर्ती आन्दोलनको बारेमा विभिन्न विद्वानहरूले टिक्का टिप्पणीहरू लेखेका छन् । कवि इश्वरवल्लभले “थाम्सुहाङ पुष्प सुब्बा र भवानी तावाहरूले योगीवाद भन्दा अझै तिब्रतर रुपमा काठमाडौको मोफसलभन्दा पर सुदूरपूर्वमा विचार हुर्काए¬प्रकारान्तरले” भनेका छन्, प्रा.डा. गोविन्दराज भट्टराईले मज्जाले उचालेका छन् । प्रा.डा.सञ्जिव उप्रेतीले डेरिडा लिम्बू बनेको टिप्पणी गरेका छन् । प्रा.डा.टंक प्रसाद न्यौपानेले कोर्रा हानेका छन् । तर, सुब्बा यो कुराको स्वीकार गर्देनथे । उनी उत्तरवर्ती आन्दोलन कुनै पूर्ववर्ती आन्दोलनको प्रकारान्तरले होइन विचारान्तरले नै फरक हो भनेर खण्डन गर्थे । यद्यपि उत्तरवर्ती साहित्यिक आन्दोलनको बारेमा उठेका सवालहरूमाथि सुम्हा?लुङ् पत्रिकाको विभिन्न अंकहरूमा घतलाग्दो जवाफ लेखेका छन् । “मोफसलमा मात्र केन्द्रित आन्दोलन भए पनि उत्तरवर्ती आन्दोलनले छिमेकी देश भारतको दार्जिलिङसम्म यसले प्रभाव पार्‍यो । कवि मनप्रसाद सुब्बा र रेमीका थापाहरूले चलाएको आन्दोलन ‘किनाराका आवाजहरू’ पनि उत्तरवर्ती सोचको प्रभावले जन्मिएको हो” भनेर उल्लेख गरेका छन् तर यस बारे कवि मन प्रसाद सुब्बाको प्रतिक्रिया अहिलेसम्म सुनिएको छैन ।

थाम्सुहाङ पुष्प सुब्बाले जत्ति गरे देश र समाजको लागि साहित्यको क्षेत्रबाट गरे । उनले नानाथरीका आरोपहरू पनि खेप्नुपर्‍यो । कहिले ‘कार्बन कपि’को आरोप त कहिले ‘जातिबादी’ जस्ता अनेकानेक लाञ्छनाहरू आइलाग्यो जीवनमा । तर असलमा थाम्सहाङ पुष्प सुब्बा शोषित दमितहरूको आवाज लेख्ने ‘डेमोक्रेटिक’ कवि थिए ।

आफ्नो सम्पूर्ण जीवन नै भाषा वाङमयमा समर्पित गर्ने महान प्रतिभा थिए । उनी कहिल्यै पनि सत्ताको गुलियोमा लोभिएनन् । बरु सुदूर गाउँमै स्वाभिमानपूर्वक बसेर निरन्तर साहित्य साधनामा डटिरहे । “सबैभन्दा पिछडिएका गाउँमा पनि हामी विश्वको गहनतम जीवन दर्शनको अध्ययन गर्न सक्छौ” भन्ने दार्शनिक उक्तिलाई सिद्व गरे । फेदेन बजारमा कार्यक्रम हुँदा याङनामबाट पैदल हिंडेरै आउँथे, गााडि चढ्न उति मनपर्देनथ्यो उनलाई । समयक्रमा शब्दहरूको भयानक युद्व लड्दा¬लड्दै एक्कासि रोगिन थाले । कति फेदाङमा र साम्बाहरूले निको पार्ने भरमग्दुर प्रयत्न गरे तर सकेनन् । अस्पताल लाँदा अस्पतालले पनि फिर्ता गर्‍यो । उमेरको अर्सठी बर्ष उकालो दगुर्दा¬दगुर्दे रोगले सत्ताएर शिथिल भए । अन्तत : उनले २०७२ मंसिर १४ गते घाम खस्ने बेलामा सधैको लागि आँखा चिम्ले । नेपाली साहित्यकासबाट एउटा नक्षत्र सदा¬सदाको लागि अस्तायो । उनले आफ्नो सपनाको फूल कविता संग्रहमा लेखेका छन् :

तपाईंलाई यो पनि मन पर्न सक्छ

भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
विनीता सिंह

विनीता सिंहः कवितामै बाँचेकी कवि – शरद प्रधान

असार १२, २०७८
पारिजात

मीतज्यू नाइट पहिलो साँझ – पारिजात

असार १०, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८

जिन्दगी¬धर्तीको पाहुना हो माटोको मेजमान खानैपर्छ

जिन्दगी¬डाँडाको घामछाँया हो अँध्यारोमा लुकेर जानैपर्छ । 

उनको निधनले देश विदेशका स्रस्टा र शुभेच्छुकहरू शोकसन्तप्त भए । धेरैले नेपाली¬लिम्बू साहित्यमा अपूरणीय क्षति पुगेको बताए । आखिर थाम्सुहाङ पुष्प सुब्बा मुलुककै साझा पुँजी थियो । ज्यानको बाजी राखेर साँघुरो व्यवस्था विरुद्व आजीवन लडे । कठोर साहित्य साधना गरेर धेरै¬धेरै दिइराखे हामीलाई । उनको जत्ति प्रशंसा गरे पनि थोरै नै हुन्छ इतिहासमा । तर राज्यले भने उचित सम्मान गर्न सकेन । अब उनको लागि हामीले विभिन्न कामहरू गर्नु आवश्यक छ । जस्तै : थाम्सुहाङ पुष्प सुब्बा स्मृतिग्रन्थ प्रकाशन गर्न सकिन्छ, थाम्सुहाङ पुष्प सुब्बा स्मृति प्रतिष्ठान बनाउन सकिन्छ । थाम्सुहाङ पुष्प सुब्बा संग्राहालयल बनाउन सकिन्छ । कुनै ठाउँमा उनको प्रतिमा खडा गर्न सकिन्छ, थाम्सुहाङ पुष्प सुब्बा स्मृति काव्य पुरस्कार राख्न सकिन्छ । उनको सम्झना र सम्मानको लागि गर्न सकिने धेरै¬धेरै ठाउँहरू छन् । आजलाई यति भन्दै मेरो कुराको धुरी मार्छु ।

महान काव्य साधक, पूर्वको जङ्गली फूल थाम्सुहाङ पुष्प सुब्बालाई मेरो हार्दिक सेवारो ।

पुष्प थाम्सुहाङ सुब्बा पुष्प थामस्हाङ सुब्बा  

लेखक परिचय

मधुराज केरुङ
+ पोस्टहरु

मधुराज केरुङ अहिलेको समयका शक्तिशाली लेखक हुन् । उनका फक्ताङलुङको फेदिबाट गजल संग्रह २०६७, साम्याङफुङ लिम्बू भाषाको गजल संग्रह २०७२, मारोतिका थुँगाहरु संयुक्त कविता संग्रह (संकलन÷सम्पादन–२०७७), सम्पादनः कोशिश, पाँचथर साप्ताहिक, पस्तकेलुङ, शब्द शाँघु जस्ता कृतिहरु प्रकाशित छन् । औपचारिक शिक्षा–एम.एड.(नेपाली) त्रिभूवन विश्वविद्यालय र एम.फिल.नेपाल खुला विश्वविद्यालयबाट गरेका उनी हाल पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।

  • मधुराज केरुङ
    https://shabdasopan.com/author/madhuk/
    फाल्गुन २६, २०७७
    तमोर खोलाका मिथकहरू
  • मधुराज केरुङ
    https://shabdasopan.com/author/madhuk/
    लिम्बू लोकसाहित्य
    बैशाख ११, २०७८
    लिम्बू लोकपद्यमा केसामको अध्ययन - मधुराज केरुङ ‘केवाफुङ’
  • मधुराज केरुङ
    https://shabdasopan.com/author/madhuk/
    छेलो
    जेष्ठ ९, २०७८
    लिम्बू जातिको लोक खेल ‘पक्लुङ’को मुन्धुमी आख्यान र यसको महत्ता - मधुराज केरुङ ‘केवाफुङ’
  • मधुराज केरुङ
    https://shabdasopan.com/author/madhuk/
    देउमान आङदेम्बे
    साउन २, २०७८
     देउमान आङदेम्बे: पहिलो लिम्बू मन्त्री -­ मधुराज केरुङ
Share74Tweet46Share13Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
विनीता सिंह

विनीता सिंहः कवितामै बाँचेकी कवि – शरद प्रधान

असार १२, २०७८
पारिजात

मीतज्यू नाइट पहिलो साँझ – पारिजात

असार १०, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८

एक साँझको हिँडाइ

जेष्ठ २६, २०७८
इन्द्रबहादुर

पहिलो भेट: इन्द्रबहादुर राईसँग – कणाद महर्षि

जेष्ठ २२, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?