मानधोज इस्बो मानधोज इस्बो मानधोज इस्बो
भयबाट धेरै कुराको सिर्जना, अाविस्कार हुने विद्वानहरू तर्क गर्छन्। ब्रम्हाण्डसमेत रह¬स्यभित्र पैदा हुने भयबाट निर्मित थोक हो। रहस्यको गर्भभित्र शून्यबाहेक केही थिएन भन्ने “मुन्धुम” लगायत अन्य धारणाहरूले पनि बताउँछ । शून्य हुनु नै सुरू हुनु थियो र शून्य छ र नै अन्त्य पनि छ । शून्यभित्र खालीपनाको डर, शून्यता नै प्रतिक्रियारहित, सारहिन विलुप्तिको डरले सन्नाटा बीच हलचल पैदा भयो ।
“रहस्यको गर्भ”मा भयको प्रतिक्रियास्वरूप ब्रम्हाण्ड र अन्तरि¬क्षको जन्म दिन सफल भएको अनुमान गरौँ । रहस्य गर्भबाट उछिटिएको सानो अंश, अपार शून्य¬ता हुँदै शून्यतातिर विकेन्द्रित, बिच्छेदि¬त, विलिन हुँदै वेग मा¬र्दै अघि बढेको अनुमान गरौँ । त्यही क्रममा “अन्तरिक्ष”असंख्य समय अगाबै निर्माण हुन गएको तर्क गरौँ । पदार्थको रूपमा प्रकृत सेनस्मा व्यक्त गरिरहेको शून्यताले र त्यो घटनाबीच शून्यतामा तत्वहरूबीच संघर्षमा समेत त्रासदी व्याप्त थियो । दिशाहिनता, क्रिडाहिनता त्यहाँ समेत पाउन सकिन्छ। ब्रह्माण¬डको सिर्जना त्यो त्रासले जन्माएको, भन्न सकिन्छ । Stephen p. हकिङ्गले Big Bang Theory मार्फत ब्रम्हाण्ड निर्माण भयो भनेका छन् । जुन भय सम्बन्धि महान विचार समेत हो । ‘अन्तरिक्ष’ कणहरूको सं¬योगले निर्मित पनि भन्छन । हामी जसको स्रोतको भयको प्रश्न गर्छौं¬ । पुर्खाहरू यहाँ ईश्वर भेट्छन, अाध्यात्म भयको सामान्यिकरण हो, विश्वास पद्धति र प्रचलन भयको सिर्जना हुँन् । यहाँ विज्ञान समेत अनभिज्ञ छ, पृथ्वीको अायु, विस्फोटको त्रासमा छ । अनुमान गर्न सकिन्छ जुन “मेग्गेतेन ( Vergin Matter)” हो ।
मानिसहरूको विश्वास पद्धतिमा प्रचिन अचेतन अवस्था
पशु र पाषाण युगीन समयमा बाँच्न चाहिने थोक प्राप्ति र पहिचानको भय थियोे । त्यो बेला भोक, प्यास, निद्राको अनुभूतीका अाधारमा Living Organ हरू अनेकन तरिकाबाट बाँचेका थिए । Genetic विकास(सन्तान प्राप्ति)तथा शरिरको भित्र र बाहिरको अावश्यक्ता(भोजन, गाँस, बासम्म) र जसको पुर्तिका निम्ति उपयु¬क्त वातावरणको खोजी छँदै थियो । यही क्रमले Homo Erectus(विज्ञानको भाषामा) , Homo Sapiens या अादि मानव वा अशिक्षित मान्छेहरू प्राणी जगत्मा परिवर्तनलाई मान्ने, चिजहरू चिन्न सक्ने निश्चय पनि थिए । बाँच्नुपर्ने मात्रै होइन सचेत भएर बाँच्नुपर्ने कारण के थियो त ? खाना नपाउँदा भोकले र भोजन नचि¬न्दा फुड पोइजनिङ भएर मरे । यसले सिर्जिन फि¬क्रीले एक विश्वास पद्धतिको विकास त्यही समय भयो । त्यस्ता फलफूल¬को बोट, गुडेर अाउने ढुङ्गा , पहिरो, डढेलो, बा¬ढी, हुरिबतास जस्ता प्रकृतिजन्य विपदाका का¬रण तिनको मृत्यु र घाउ चोटका कारण उक्त दृश्य र घटनासँग ती डराउँथे
जसले जानेर नजानेर वातावरणका अनेकौँ चिजहरूलाई शक्तिशाली ठान्दथे । एक अनौठो विश्वास तिनमा सिर्जना भएरै ढुङ्गालाई, डाँडाकाँडा, खोलानाला, घाम, जूनलाई देउता बनाउने, खुसी बनाउने विश्वास पद्धति बसेको, भन्न सकिन्छ । ठूला रूखको फेद, अोडार, खाइरहेका फलफूल र बो¬टबिरूवा उनिहरूले बस्ने बास खानेकुरा समित पहिचान गर्न थाले । सभ्यताको अनेकौँ चरण पार गरेर यहासम्म अाइपुग्दा कस्तो भोगे ? के के कारण डराए र त्यस वापत कस्तो जीवनयापन रोज्दै गए ? जस्ता प्¬रक्रियाहरू सामेल भए । यस सम्बन्धि लम्केतान वर्णन गर्न सकिन्छ, यहाँ भन्न खोजिएको कुरा उक्त अचेतन अवस्थामै विश्वास पद्धतिको प्रारम्भ भएको हो । जुन समयमा अनेकन भय व्याप्त थियो, त्यतिमात्र होइन गुफा, खोला, जङ्गल¬मा पाइने अन्य जीवसँग¬को सङ्घर्ष समेतले रहस्यमय ईश्वर सम्बन्धि विश्वास अन्जानमै विविधता कहाँ छ त सम्मको जिज्ञासा र भयको अारम्भ भयो ।
चेतनशील र सभ्य मानव समाजको सङ्घर्ष ।
परिवार, समाज, राज्यको व्यवस्थित जीवन प्रणाली विकास भएपछि सबैलाई ठिक छ त ? अरबौँ वर्षपछि सबै मानिसले समान चेत र उस्तै बौद्धिक, शैक्षिक क्षमता राख्छन त ? यो अवस्थामा हा¬मी छैनौँ । संसार अाफूलाई बोल्न, पढ्न, लेख्न जान्नेभइसकेको छैन । सा¬क्षरता छैन, समाज । सामान्य शिक्षासमेत नयाँ पुस्ताले मात्रै जान¬कारी राख्छ। इतिहास, कला, विज्ञान, साहित्य सबैले जान्दैन । जीवन र जगत्लाई हेर्ने सवालमा अनेकता छ, तथापि असमान छ । समग्र दर्शन बुझ्¬ने सवालमा प्रश्नहरू छरपस्ट छन् । जगत् सम्बन्धि निरक्षरताले धेरै भयहरू सिर्जना भएका छन् । एक कक्षा कोठामा सबै विद्यार्थी साक्षर हन सक्छन् तर सबै अाफ्नो साक्षरता अभिव्यक्त गर्न सक्दैनन् । सबै मान्छे धर्तिमा छौँ भन्ने विश्वास गर्दछन् तर सबै मान्छे हामी को हौँ ? भन्नेमा जानकार छैनन् । मूख्यत: विश्वास पद्धति अाफूलाई सक्षम, समुन्नत बनाउँने तरिका( अाशा, अपेक्षा) वा प्रतिज्ञा हो । सबै मान्छे समान ढङ्गले अनेक विश्वासहरूलाई थाहा पाउनु, महसुस गर्नु विश्वास पद्धतिमा साक्षरता हो । यहाँ मासिने र मसाउनेहरूबीचको सामाजिक विकृतिले सामाजिक असुरक्षा सिर्जना¬ गर्दछ । अथवा दार्शनिक सवालमा साक्षरता बढेन भने समाज भयग्रस्त रहन्छ । यथार्थ ब्रम¬हाण्डको जालोसम्म मानिसको कल्पना अाजसम्म पुगेको छैन, अाज पनि विश्वास पद्धति समृद्ध र उन्नत हुन सकेन । बृहत्तर सामाजिक चेतना फैलिन बाँकी छ । कक्षा ४ को विद्यार्थी, कक्षा १० मा बसेर के नै बुझोस् !? शिक्षकले दिएको गृहकार्य बुझ्न सक्दैन । सामाजिक चेतना त्यो अवस्थामा छ । विद्यार्थी र टिचर कसको गल्ती हो ? ४ कक्षाको बिद्यार्थिले १० कक्षा परीक्षा फेल गर्छ, फेल हुन्छ ? विद्यार्थीलाई वा शिक्षकलाई गाली गरेर के हुन्छ !¬? विद्यार्थीलाई तिमी गलत ठाउँमा छौ भन्छ शि¬क्षकले, तर विद्यार्थीलाई कसैले उकासेको, कि तिमिले टिचरलाई टेम¬्परमा ल्याउनुपर्छ, त्यहीँ बस भनेर । सरसँगको अरू नै Ego का कारण विद्यार्थीले बदमासी गर्छ, कलिलो विद्यार्थीको कारण माहोल नै बि¬ग्रन्छ स्कुल तनावग्रस्त हुन्छ । अाज समाज उक्त विद्यार्थीको अवस्थामा । सामाजिक चिन्तन¬हरूमा समग्रताको विषयमा ज्ञान हासिल गर्ने शिक्षक अभाव छ, मध्यस्थताको अभाव छ । संसारमा अलग अलग समुहबीचको स्वार्थले ध्रुवीकरण अस्वस्था र फगत् रूपमा समय सारहीन बनिरहेको छ । छुट्टाछुट्टै तथा झिनामसिना मत भिन्नताले गर्दा मानव समाज अनावश्यक र घृणित प्र-तिस्पर्धा र जसले उत्¬पादन गर्ने भयबाट संक¬टग्रस्त बाटोमा जान खोजीरहेको छ । वास्तवमा सबैलाई स्थापित गर्न केही विस्थापित हुने प्रक्रिया वा संघर्ष¬ले मान्छेलाई दिग्भ्र¬मित तुल्याएको छ । साझा¬पन महसुस गराउने बाटो¬लाई अबरोध गर्ने देखिन्छ, जुन निरपेक्ष समा¬जको सापेक्षता बिरूद्ध छ । मानिसका सामाजिक अवयबहरू :- संघ, संस्था, मठ, मन्दिर, राज्य र सरकारहरू प्रति वितृष्णा र अविश्वास छ । कारण जहाँ उन्नत विश्वास पद्धति र सुशासनको अभाव छ, विभिन्न समुहमा अविश्वास छ । त्यहाँ सामाजिक समस्या तथा असुरक्षा छ । पुर्खाहरूलाई पढ्छौँ तर हामीले भोगेको होइन । जहाँ निस्पक्षताको अभाव छअथवा सतात्मक सोंच हावी हुँदछ, जसले इतिहासको वास्तविक्ता लोप भएर, काल्पनिक कथा बन्दछ । इतिहास पढेर अतितको कोरा जानकारी मात्रै पाइन्छ । सिमित लेखकहरूले लेखेको इतिहासहरू अधिकांश त विदेश तथा शहर केन्द्रित छन् । जुन इतिहास कसले, कहिले, कहाँ¬, किन लेखेको ? जसले फरक पार्दछ । इतिहासको तुलनात्मक अध्ययन गर्ने वर्तमान प्रयासहरू गलत छैनन, तर जसले एक पुरातन चिन्तनलाई धेरै सताउँदछ । उसले सबै गुमाएको महसुस गर्दछ, यसबीचमा समाजमा सङ्घर्ष पैदा भएर फगत् भंगालोमा समाज फस्न जान्छ । यसले एउटा विचारलाई जन्म दिन्छ, जसप्रति ध्यान जान सकेन भने खासै अाशा लाग्दो सफलता यो युगको मानव समाज¬ले प्राप्त गर्न सक्दैन ।
विभिन्न विद्वान, इतिहासकार, मानवशास्त्रिहरूको अनेकन धारणाहरू इतिहासमा पढ्न पाइन्छन् । महाभारत खण्ड, किरात इतिहासलाई तुलनात्मक अध्ययन गर्दा पाण्डव¬हरूलाई किरात राजाहरूले युद्धमा सघाएको भेटिन्छ । कालान्तरमा नेपालमा जसको सम्मिलन भेटिँदैन बरू महाभारत खण्डले अाफ्ना पात्रहरू¬लाई बढाईचढाई गरेको र समग्र नेपाललाई हिन्दुकरण गरेको पाइन्छ । तत्पर्य के हो, भने सत्ता निर्माण गर्ने कर्ममा छलछाम भएको प्रष्ट विश्लेषण गर्न सकि-न्छ । नेपाल साम्राज्यवादको चंगुलमा फसेको, सांस्कृतिक अतिक्रमणमा परेको प्रष्ट छ । हिन्द सागरदेखि माथि हिमा¬लय सम्मको उक्त इतिहा¬सले अहिले एउटा सामाजिक विश्वास संस्थागत गर्न खोजिरहेकै भेटि¬न्छ । जुन असन्तुलित , अ¬व्यवहारिक, अवैज्ञानिक, अवास्तविक समेत हुन जान्छ, जसको समिक्षा गर्न अावश्यक छ । प्रजातान्त्रिक, गणतान्त्रिक मूल्य, मान्यता अनुसार भारत र नेपाल दुवै मूलुक निरपेक्ष समाज¬मा विश्वास गर्ने मुल¬क हुन् । तत्कालीन सन्द¬र्भ अहिले इतिहास मात्रै हो, यहाँ राजनीतिक रूपमा बहुल संस्कृति¬को स्वतन्त्रतालाई का¬गजमा मात्रै सिमित गर्नु उपनिवेशकै एक रूप हो ।
किरातकालिन नेपालको भूभाग भारत, पाकिस्तान, बंगलादेश, भूटान इत्यादि देशसम्म फैलिएको थियो भनेर सुन्न, पढ्न पाइन्छ । संसारमा अंग्ररेज साम्राज्यवादपछि भारतवर्ष समेत उपनि¬वेशमा सामेल हुन गएको, इतिहास छन् । किरातकालिन भूभागपछि गुमेको सत्ताबाहिरका पूर्व शासकहरूको ठम्याई हो । किरात शासनमा अनेकौँ गणराज्यहरू थिए, विभिन्न गढहरू किरातकालिन हुन्। महाभारत युद्धपछि, विभिन्न ढङ्गले संस्कारहरू विकास भए, दशैँ मान्ने प्रचलन बस्यो । नेपालमा शासकहरूले दशैं अनिवार्य मान्नु¬पर्ने उर्दी दिएका थिए । किरात अवशेष स्वरूप माघे संक्रान्ति, चैते दशैं, उभौली, उधौली मनाउने चलन छ । ती सामाजिक सत्ताहरूले बसाएका विभिन्न रितिथिती मनाउने चलन हुन् । महाभारत युद्धबखत नै शिद्वार्थ गौतमले बुद्धत्व प्राप्त गरे । महाभा¬रत युद्धमा वीरता भन्दा बढी साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेको पाइन्छ । जसले वर्णव्यवस्था समेत निर्माण गर्यो । किरातहरू धनुर्धारी सिकार खेल्ने , कृषि , पशुपालन गरेर खाने थिए, भन्ने छ । ¬इतिहासले अहिलेको दक्षिण एसियाली समाजलाई धानिरहेको छ । जुन जुन पृष्ठभूमि भन्न रूचाउ¬ने यहाँका मानिसहरूले कुनकुन कुराको निरन्तरता वा इतिहासिकरण गर्न चाहान्छन् ? यो अहिलेको मुख्य प्रश्न हो । युद्धले विजयी र पराजयीबीच वैमनस्य रा¬खेको हुन्छ, यसको समीक्षा गर्ने क्रमले केही नयाँ मान्यताहरू रा¬ख्दछन् । हिन्दुहरूमा धे¬रै देवीदेवता मान्ने चलन छ, जुन सनातनमा भएको सङ्घर्षको कारण हो । किरातहरूको धेरै देउता हुँदैनन् । उनिहरू प्¬रकृतिसँग ज्यादा घलमिल गरेको वृतान्त छ । किरात इतिहासमा जङ्गली जीवजन्तूसँग जोगिन प्रकृतिको पुजा भएको हुनसक्छ । तिनले वर्तमान¬लाई निर्देशित गरिरहे¬का छन् । संसारमा कुनै समय अाफ्नो शक्ति गुम्ने डरको पृष्ठभूमिबाट अंग्रेजहरूले साम्राज्य विस्तार गरेका हुन् । राज्य र सत्ताको ऐतिहासिक संघर्ष र सत्ता प्रतिस्थाप¬नको क्रम नै राजनीतिक वंशवृक्ष हो । वर्तमान भारतिय भूभाग अंग्रेज साम्राज्यवादको देन हो । अहिलेको सामाजिक सम्बन्ध इतिहासको सा¬मरिक अादानप्रदान, घटना परिघटनाको उपज हुन, भन्न सकिन्छ ।
संसारमा साम्राज्यवादको अवशेषहरू छन । प्रजातान्त्रिक, लोकतान्त्रिक, गणता¬न्त्रिक प्रणालीमा समेत साम्राज्यवादी सोच छिपेर बसेको छ । यहाँ इतिहासको रक्षाको नाममा होस वा सामाजिक रू¬पान्तरणको नाममा, सहअस्तित्वलाई स्विकार गर¬्न सकिरहेका छैनन । सुदृढ, प्रगतिशील समाजको बिरूद्ध पछौटेपन हावी छ । यसको तात्पर्य सा¬म्यवादले प्रजातन्त्र र प्रजातन्त्रले साम्यवाद खोजिरहेका छन । द¬र्शनले Fusion खोजिरहेको छ । यो पुष्टि हुँदै जाँदा संसारमा नयाँ उपलब्धि हासिल हुन्छन् । अगाडि बढ्न खोज्ने र उछिन्न नदिने बिचको संघर्ष नै अहिलेको मुख्य चुनौती हो । यसमा निरपेक्ष सामाजिक चिन्तन र सापेक्ष सामाजिक चिन्तनबीचको सङ्घर्षले जात र धर्ममा बखे¬डा निकाल्दछ, अलमलिनुको मूख्य कारण नै अलमलाउने तत्व हुन्छ भन्ने हो । अलमलाउनेको एउटै त्रास भनेको अाफ्नो सत्ता र शासनको निरन्तरता हो । अलमलिनेहरू चैँ सत्ता शक्तिबाट विमुखहरू, किसान, श्रमिक, मजदुर, कट्टरपन्थ, धर्मपन्थजस्ता सामाजिक समुहहरू नै हुन् । मेरो अनुरोध केमा छ भने, सत्ता र शक्तिको जनतामा चासो छँदैछैन भन्ने हैन । छ । तर जनताको चासो हुनु भनेको चामल, नुन, तेल चाहिन्छ ? भन्ने प्रश्नसँग मात्रै होइन । उनिहरूलाई सामाजिक स्वतन्त्रता उत्तिकै खाँचो छ, प्रशासनिक, राजनीतिक अवसर उत्तिकै खाँचो, नीतिगत सहभागी¬ता उत्तिकै खोज्दछन भन्ने हो । यस विचारले तथागत र प्राबिधिक प्रश्न मात्रै होइन शासनसत्ताको नीतिगत सवालमा जनताको नेतृत्व खोज्दछ । जुन विचार नीजि लिगेसि, पार्टी लिगेसिमा चलिरहेको बिचारको निम्ति चुनौती हो । यसबाट शिक्षा लिन नसके राजनीति भंगालोमा जाकिन्छ । सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने र हामीलाई पछ्याउ भन्नेहरू बीच सङ्घर्ष छ । सामाजिक तत्वहरूबीच मध्यस्थता खोज्ने चिन्तन नै जनताको नीतिगत नेतृत्व हो । धर्म, जातमा अल्मलिने राष्ट्रले खासै परिवर्तन गर्न सक्दैन । समग्रतालाई संस्थागत गर्ने मुलुक नयाँ सभ्यता र उपलब्धितिर प्रवेश गर्दछ । सामाजिक समुहहरूबीच अन्तरक्रिया, संवाद, आदानप्रदान हुन नसक्दा शंदेह, द्वेष र द्वन्द्वहरू पैदा हुन्छन् । जसले नेतालाई असफल र प्रतिस्थापन गर्दछ । समाजमा जुनसुकै समय युद्धको डर रहन्छ । यसले नयाँ गन्तव्य तय गर्दछ ।
अाफ्नो सत्ता, धर्म, सम्पत्ति, अनुयायी, जाती, विरासत, व्यवसाय, पन्थ, वाद, जागिर ईत्यादी जोगाउने हिसाबले सामाजिक भय सि¬र्जना गर्दछ । समग्रमा समाजमा भय व्याप्त छ । यसले नयाँ युग खोजिरहेको छ । अथवा नयाँ विचार खोजेको छ । राज्य र सत्तालाई वास्तविक दुनियाँमा अवतरण गर्न अाग्रह गर्दै छ । प्रतेक कुराहरूको विषयमा उपयुक्त शिक्षा अावश्यक छ । अहिले चाहिने शिक्षा त्यो हो । तमोर, खोरङवा, गण्डकी सबैलाई गंगा भनिदैन बरू सबै नदी हुन, त्यस्तो सत्तात्मक चिन्तन अबको अावश्यक्ता हो । एकापसमा श्रेष्ठताको दाबी गर्न त सकिन्छ तर त्यो समाधान होइन, त्यो मुठभेड हो । समाधान भनेको जे छ त्यसलाई बोल्नु, लेख्नु, पढ्नु हो । निरपेक्षताहरूको सापेक्ष दुनियाँलाई पढाउँनसक्नु नै अबको सफलता हो ।
मानधोज इस्बो मानधोज इस्बो मानधोज इस्बो मानधोज इस्बो
लेखक परिचय
पूर्व याक्थुङ युवामञ्चको उपाध्यक्ष मानधोज इस्बो लेखक पनि हुन् ।